Showing posts with label EBL. Show all posts
Showing posts with label EBL. Show all posts

Saturday, November 19, 2016

डेढ अर्बको सेयर कारोबार हुँदा किन ४० अंकले घट्यो नेप्से ? एभरेस्टको मात्रै ५१ करोडको व्यापार ।

काठमाडौं : सेयर बजार बिहीबार बेस्सरी तल झरेको छ ।

बजार नाप्ने नेप्से परिसूचक ४०.८२ अंकले घटेर १६५८.०८ विन्दुमा आइपुगेको छ । समग्रमा बजार २.४० प्रतिशतले तल झरेको हो । बजार ४०.८२ अंकले घट्दा पनि कारोबार भने एक अर्ब ५० करोड रूपैयाँ नाघेको छ ।



Source: arthatantra

आधा अर्बको कारोबारले नथेगेको एभरेष्ट बैंक ‘पुर्णिमा पछिको औंशी’ !

बिहीवार एभरेष्ट बैंकको एकै दिन ५१ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भयो । खुद्रा (ब्लक बाहेकको) कारोबारबाट एकै दिन एउटा कम्पनीको यत्रो रकमको शेयर किनबेच भएको सम्भवतः इतिहासमा नै पहिलो पल्ट हो ।

बैंकको ७० प्रतिशत बोनस र ३० प्रतिशत हकप्रद शेयरको घोषणाले उच्च परिणाममा कारोबार भएको प्रष्टै छ । तरपनि यस बैंकको कारोबारमा मुल्य बढ्न नसकेकोमा भने धेरैले अचम्म मानेका छन् । यत्रो घोषणापछि पनि बैंकको मुल्य घट्यो भन्ने प्रश्न धेरैले गरेका छन् ।


दिपक शाक्य, शेयर लगानीकर्ता
Source: aarthiknews

Tuesday, October 11, 2016

ब्लु चिप कम्पनी मानिने एभरेष्ट बैंकका के छन् सबल र दुर्बल पक्ष ? हेरौं कम्पनी विश्लेषण ।

भारतको पञ्जाब नेशनल बैंकसँगको सहकार्यमा सन् १९९४ मा स्थापना भएको एभरेष्ट बैंक (Everest Bamk/EBL) राष्ट्रिय स्तरको ’क’ वर्गको इजाजत पत्र प्राप्त बैंक हो । एभरेष्ट बैंकले मुलुकको कृषि विकास, उद्योग तथा कर्पोरेट जगतको विकासमा निरन्तर सहयोग पुर्याईरहेको बैंकको दाबी छ । हालै मात्र भारतको पञ्जाब नेशनल बैंकले “IDRBT Banking Technology Excellence Award” प्राप्त गरेको छ । त्यसै गरि बैंकले “Golden Peacock Business Excellence Award 2013” पनि प्राप्त गरेको छ । पञ्जाब नेशनल बैंकले माथिल्लो व्यवस्थापनमा सहकार्य गरेका कारण एभरेष्ट बैंकलाई प्राविधिक रुपमा ग्राहक सेवामा थप बल पुग्ने देखिन्छ । यस बैंकमा २० प्रतिशत शेयर पञ्जाब नेशनल बैंक, ५० प्रतिशत नेपाली प्रोमोटर तथा ३० प्रतिशत सर्वसाधारण लगानीकर्ताहरुको लगानी रहेको छ ।



Source: aarthiknews

AddToAny