Showing posts with label Nepali Time. Show all posts
Showing posts with label Nepali Time. Show all posts

Monday, October 24, 2016

कमोडिटी बजारका कारोबारीहरुले यो साता ध्यान दिनु पर्ने महत्वपूर्ण घटनाहरु ।

यस हप्ता विश्व अर्थतन्त्र सम्बन्धि सार्वजनिक हुन गईरहेका महत्वपूर्ण जानकारीहरु निम्न रहेका छन् :

मंगलबारः आइएफओ इन्स्टिच्यूट फर इकोनोमिक रिसर्चले नेपाली समय अनुसार पौन दुई बजे जर्मन आइएफओ बिज्नेश क्लाईमेटको तथ्याङ्क प्रकाशित गर्ने छ । अघिल्लो महिनाको रिपोर्टमा जर्मन आइएफओे बिज्नेश क्लाईमेट १०९ दशमलव ५ कायम थियो, सो जुन २०१५ यताकै अधिक हो । कन्फरेन्स बोर्ड ईन्कर्पोरेशनले साँझ पौने आठमा सिबि कन्जुमर कंफिडेन्स को तथ्याङ्क प्रकाशित गर्ने छ । सोहि दिन बर्लिनको जर्मन इन्स्टिच्यूट फर ईकोनोमिक रिसर्चमा यूरोपेली केन्द्रिय बैंकका अध्यक्ष मारियो द्राघिको मन्तव्य कार्यक्रम आयोजना गरिने छ ।



Source: aarthiknews

AddToAny