Showing posts with label Small Investors. Show all posts
Showing posts with label Small Investors. Show all posts

Saturday, December 3, 2016

सेयर बजारको वास्तविकता, फस्दै साना लगानीकर्ता ।

सेयर बजारमा झण्डै ३ दशक अघिबाट शुरु भएको नेपालको सेयर बजार अहिले पनि करिब करिब उस्तै अवस्थामा छ । यसलाई नेपाल धितोपत्र बोर्डलगायतका सरोकारवाला निकायले समयसापेक्ष परिवर्तन गर्न सकेका छैनन् । पछिल्लो समय सुधारको नाममा बोर्डले १÷२ वटा काम मात्र अघि बढाएको देखिन्छ । ४ वर्ष अघि दैनिक ५÷१० करोड रुपैयाँको कारोवार हुने नेपालको सेयर बजारको आकार बढेर अहिले १ अर्ब रुपैयाँभन्दा बढी हुन थालेको छ । तर, कारोवार रकम बढिरहँदा धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अझै पनि पुरानै प्रविधिमा अघि बढिरहेका छन् । नयाँ प्रविधि भित्र्याउने तयारीमा नियामक निकायले त्यति चासो लिएको देखिँदैन । तसर्थ नेपालको सेयर बजार अझै ५÷१० वर्ष पछिसम्म पनि यहि हालतमा चल्ने निश्चित छ ।


लगानीकर्ता दुर्गाप्रसाद काफ्ले
Source: bizkhabar

Saturday, November 5, 2016

यसरी भयो १ अर्ब २५ करोडको सामुहिक लगानी कोष 'नबिल इक्विटी फन्ड'को बाँडफाँट ।

साना लगानीकर्तालाइ ४८.२८% र ठुलालाइ ११.२७ % भाग, 'नो लट्री' ।

नबिल बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको नबिल इन्भेष्टमेन्ट बैंकिङले निष्काशन गरेको दोस्रो योजना 'नबिल इक्विटी फन्ड'को ईकाई बाडफाँड भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा शुक्रबार एक कार्यक्रमबीच 'नबिल इक्विटी फन्ड'को इकाई बाँडफाँड गरिएको हो।



Source: bizpati

AddToAny