Sunday, November 20, 2016

BUBBLES - THE STOCK MARKET

This video animation explains how the stock market bubbles.

Source: Peter j. Cascone




Source: Peter j. Cascone

PP Waterballs: Must Watch Bubble Share Market

his video clip is a heart touching must watch comedy base on how pp waterballs over price and bubble share market.



Source: Bhavik

राष्ट्रिय स्तरका बैंकमा खाता छ? अब सेयर हाल्न लाइन बस्न पर्दैन, घरैबाट अनलाइन आवेदन दिनुस्।

काठमाडौं । राष्ट्रिय स्तरका बाणिज्य र विकास बैंकमा खाता हुनेले अब सेयरको प्राथिमक निस्कासनमा आवेदन दिन लाइन बसि रहनु नपर्ने भएको छ। आवेदन गर्ने बराबरको रकम आफ्नो खातामा रोक्का राखि घरै बसि बसि अनलाइनबाट आवेदन दिन पाइनेछ।

विकसित देशमा प्रचलनमा आइ सकेको एप्लिकेसन सपोर्टेड बाइ ब्लक्ड एमाउन्ट (आश्वा) प्रविधी कार्यान्वयनमा ल्याइ धितोपत्र बोर्डले यो सुविधा दिन लागेको हो। बोर्डले कार्यान्वयनमा जानु अघिनै आश्वाको सुरुमा भनिएको मोडालिटी समेत थप सहज बनाउने भएको छ।



Source: bizmandu

Saturday, November 19, 2016

डेढ अर्बको सेयर कारोबार हुँदा किन ४० अंकले घट्यो नेप्से ? एभरेस्टको मात्रै ५१ करोडको व्यापार ।

काठमाडौं : सेयर बजार बिहीबार बेस्सरी तल झरेको छ ।

बजार नाप्ने नेप्से परिसूचक ४०.८२ अंकले घटेर १६५८.०८ विन्दुमा आइपुगेको छ । समग्रमा बजार २.४० प्रतिशतले तल झरेको हो । बजार ४०.८२ अंकले घट्दा पनि कारोबार भने एक अर्ब ५० करोड रूपैयाँ नाघेको छ ।



Source: arthatantra

आफ्नो सेयर आफैंलाई बिक्री गरी मूल्य घटाएर सेयर किन्नेहरु प्रति सचेत बन्नुहोस् !

तपाईले वाससेल भन्ने सुन्नुभएको छ । सुन्नुभएको छ वा छैन । यदि सुन्नुभएको छैन भने पनि ध्यान दिनुहोस् । वाससेलले आफूसँग भएको सेयर आफ्नो परिवार, नातेदार वा साथीभाईको नाममा बिक्री गर्छ ।

यसो भनिरहँदा यो कुनै बिक्री पनि होईन । तर यो कारोबार भनेको आफुसँग भएको सेयर आफैंलाई बिक्री गर्नु बराबरको कारोबार हो । अब बुझ्नुस्, वाससेलमा कुनैपनि लगानीकर्ताले एकै दिनमा एउटै कम्पनीको सेयर एकै मूल्यमा वा फरक मूल्यमा बराबर संख्यामा किनबेच गर्ने गर्दछ ।



Source: arthatantra

सेयर सूचक झरिरहेको बेला विकास बैंकको हकप्रद किन्ने कि नकिन्ने ?

काठमाण्डौं । सेवा विकास बैंकले मंसिर २३ गतेबाट १२० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। पुस २७ गतेसम्म भर्न पाइने बैंकको सेयर असोज १९ गतेसम्म कायम सेयरधनीले पाउने छन्।



Source: arthatantra

आधा अर्बको कारोबारले नथेगेको एभरेष्ट बैंक ‘पुर्णिमा पछिको औंशी’ !

बिहीवार एभरेष्ट बैंकको एकै दिन ५१ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भयो । खुद्रा (ब्लक बाहेकको) कारोबारबाट एकै दिन एउटा कम्पनीको यत्रो रकमको शेयर किनबेच भएको सम्भवतः इतिहासमा नै पहिलो पल्ट हो ।

बैंकको ७० प्रतिशत बोनस र ३० प्रतिशत हकप्रद शेयरको घोषणाले उच्च परिणाममा कारोबार भएको प्रष्टै छ । तरपनि यस बैंकको कारोबारमा मुल्य बढ्न नसकेकोमा भने धेरैले अचम्म मानेका छन् । यत्रो घोषणापछि पनि बैंकको मुल्य घट्यो भन्ने प्रश्न धेरैले गरेका छन् ।


दिपक शाक्य, शेयर लगानीकर्ता
Source: aarthiknews

AddToAny