Monday, November 28, 2016

सेयर शिक्षा : के हो सर्किट ब्रेकर ? कतिबेला लगाइन्छ ?

काठमाण्डौ । पूँजीबजारमा पछिल्लो समय दैनिकजसो ठूलो पहिरो गइरहेको छ । बजार घट्दो क्रममा रहेकोले अघिल्लो सातादेखि ‘सर्किट ब्रेकर’ शब्दावली निकै चर्चामा छ । नयाँ लगानीकर्तामध्ये धेरैले सर्किट ब्रेकर र यसलाई कुन अवस्थामा सक्रिय पार्ने भन्ने बिषय बुुझेका छैनन् ।


circuit breaker

Source: bizshala

के अब चाँही सेयर किन्ने बेला आएकै हो ?

सेयर बजारमा तीब्र गिरावट आएर राम्रा कम्पनीको सेयर मूल्य धेरै तल आएपछि केही लगानीकर्ताहरु अब सेयर किन्ने सोचमा पुगेको देखिएको छ । सेयर दलालको कार्यालयहरुमा बुझ्दा अब बिस्तारे सेयर किन्नेहरु बढ्न थालेका र केही सामुहिक लगानी कोषहरुले पनि किन्ने संकेत दिएका बुझिन् आएको छ । सेयर किन्ने क्रम बढ्न थालेपछि कतिपय कम्पनीका सेयर बिक्रेताहरु मार्केट डेप्थबाट गायब भएको अबस्था छ ।



Source: merolagani

The Way To Success - Does this apply to you in your share market!

"A Winner Never Quits !
      A Quiter Never Wins !!"




Source: success

नेप्सेले अकस्मात उल्टो चक्र घुम्न थाल्दा यसरी पछारिए आँंत्तिने लगानीकर्ता, के सिक्यौं पाठ ?

सेयर बजारमा अत्यासलाग्दो अबस्था आई दुई पटक सर्किट ब्रेक लागेपछि कारोबार खुलेकोमा झण्डै पाँच प्रतिशतले समग्र बजार घट्नै लाग्दा सोमबार अकस्मात उल्टो चक्र घुम्न थाल्यो । केही क्षण अघिसम्म सबै कम्पनीका सेयरहरु बेच्ने मात्रै लगानीकर्ता देखिएकोमा अब बेच्नेहरु एकाएक बिलाए र किन्नेहरु मात्रै देखिए । कतिपय कम्पनीको मार्केट डेप्थको भित्तोमा बेच्नेतर्फ कुनै सेयर नभएको अबस्था देखियो । अनि मात्र धेरैले थाहा पाए, सेयर बजारमा किन्ने मौका त गईसकेछ ।



Source: merolagani

सेयर बजार अत्याँसलाग्दो घटाईबाट उच्च बृद्धितर्फ जाँदा के के भयो ?

नेपाल स्टक एक्सचेन्जमा सोमबार भएको उथल पुथलपूर्ण कारोबारका क्रममा नौला घटनाहरु भएका छन् । हदैसम्म घटेर कसैले किन्न नचाहने अबस्थामा पुगेका सेयरहरु अन्त्यमा सुन जस्तै सबैको खोसाखोसमा बदलिएको दृश्य निकै रोचक थियो ।



Source: merolagani

कता हराए म्युचुअल फन्ड ? नेप्से निरन्तर झर्दा सेयर किनेर बजार सन्तुलित पार्नु पर्ने होइन ?

काठमाडौं : सेयर बजार अत्याश लाग्ने गरी तल झरिरहँदा बजार निर्माताको भूमिका निर्वाह गर्नुपर्ने म्युचुअल फन्ड कम्पनीहरू भने गुमनाम भएका छन् । 

सेयर बजार घट्दा बजारबाट उठाएर स्थायित्व दिंदैनन् भने यिनीहरूको अरु बेला त्यति धेरै महत्व नरहने यतिबेला आमलगानीकर्ताले गुनासो गरिरहेका छन् । 

हामीकहाँ अहिलेसम्म बजार निर्माता छैन । बजार निर्माता नभएकाले एक हिसाबले म्युचुअल फन्ड कम्पनीले नै बजार निर्माताको भूमिका निर्वाह गर्नुपर्ने अवस्था हो । तर अहिले म्युचुअल फन्ड कम्पनीले सेयर किनेका छैनन् ।



Source: nepalipaisa

अत्यन्तै ठूलो झट्का लगाएर ‘यु टर्न’ भयो बजार, अब के होला ?

काठमाडौं : अत्यन्तै ठूलो झट्कापछि सेयर बजार बाउन्स ब्याक भएको छ । 

धेरै लगानीकर्ताको मुटु झस्क्याउने गरी गिरावट आएको बजार कारोबारको मध्यान्तरतिरबाट एकाएक माथि लाग्न थालेको हो । सोमबार दुईपटकसम्म सर्किट ब्रेकर लागेर बजार रोकिएको थियो । 

सुरुमा तीन प्रतिशत घट्दा १५ मिनेट र त्यसपछि फेरि चार प्रतिशत गिर्दा आधा घन्टा कारोबार रोकिएको हो । दोस्रोपटक खुलेको बजार पाँच प्रतिशतले घट्नै लाग्दा एकाएक यु टर्न हुन सुरु गरेको हो ।


Source: nepalipaisa

AddToAny