Showing posts with label Sellers. Show all posts
Showing posts with label Sellers. Show all posts

Monday, November 28, 2016

के अब चाँही सेयर किन्ने बेला आएकै हो ?

सेयर बजारमा तीब्र गिरावट आएर राम्रा कम्पनीको सेयर मूल्य धेरै तल आएपछि केही लगानीकर्ताहरु अब सेयर किन्ने सोचमा पुगेको देखिएको छ । सेयर दलालको कार्यालयहरुमा बुझ्दा अब बिस्तारे सेयर किन्नेहरु बढ्न थालेका र केही सामुहिक लगानी कोषहरुले पनि किन्ने संकेत दिएका बुझिन् आएको छ । सेयर किन्ने क्रम बढ्न थालेपछि कतिपय कम्पनीका सेयर बिक्रेताहरु मार्केट डेप्थबाट गायब भएको अबस्था छ ।



Source: merolagani

नेप्सेले अकस्मात उल्टो चक्र घुम्न थाल्दा यसरी पछारिए आँंत्तिने लगानीकर्ता, के सिक्यौं पाठ ?

सेयर बजारमा अत्यासलाग्दो अबस्था आई दुई पटक सर्किट ब्रेक लागेपछि कारोबार खुलेकोमा झण्डै पाँच प्रतिशतले समग्र बजार घट्नै लाग्दा सोमबार अकस्मात उल्टो चक्र घुम्न थाल्यो । केही क्षण अघिसम्म सबै कम्पनीका सेयरहरु बेच्ने मात्रै लगानीकर्ता देखिएकोमा अब बेच्नेहरु एकाएक बिलाए र किन्नेहरु मात्रै देखिए । कतिपय कम्पनीको मार्केट डेप्थको भित्तोमा बेच्नेतर्फ कुनै सेयर नभएको अबस्था देखियो । अनि मात्र धेरैले थाहा पाए, सेयर बजारमा किन्ने मौका त गईसकेछ ।



Source: merolagani

Saturday, November 19, 2016

इन्साइडर ट्रेडिङको प्रभाव, पूँजीबजारमा पहिरो ।

नियामक चूप बस्दा ठूला लगानीकर्ता मालामाल, सानाको बेहाल ।

काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेड र नेशनल लाइफ इन्स्योरेन्सले संचालन गरेका इन्साइडर टेडिंगको धन्दाले साताको अन्तिम कारोबार दिन बजारमा ठूलै पहिरो गएको छ । 

खरीद गर्ने भन्दा बिक्री गर्नेको चाप बजारमा पर्दा र विशेष गरी एभरेष्ट बैंकको चलखेलले बजारमा ठूलो पहिरो गएको हो ।


Market Down
Source: bizshala

AddToAny