नेपाल इन्भेष्टमेन्ट बैंक लि. (Nepal Investment Bank Ltd., NIB) चुक्तापूँजी, निक्षेप तथा कर्जा परिचालनमा निजी क्षेत्रको सबैभन्दा ठूलो बैंकले गत आर्थिक बर्षमा तीन अर्ब १६ करोड खुद नाफा कमाएको छ । हाल सम्म वित्तीय विवरण प्रकाशित गर्ने वाणिज्य बैंकमा इन्भेष्टमेन्ट बैंक खुद नाफाको आधारमा तेस्रो ठूलो वाणिज्य बैंक बनेको छ ।
ShareUpdateNepal |
बैंकको नाफा अघिल्लो आर्थिक बर्षको तुलनामा झण्डै २४ प्रतिशले बढी हो । अघिल्लो आर्थिक बर्षको यहि अवधिमा बैंकले २ अर्ब ५५ करोड खुद नाफा कमाएकोमा यो वर्ष ५० करोड बृद्धि भएको हो । इन्भेष्टमेन्ट बैंकको नाफा मेरो लगानीले आँकलन गरेको भन्दा चार करोड कम हो ।
नेपाल इन्भेष्टमेन्ट बैंक नेपालको सबैभन्दा बलियो बैंक हो । ०७४ असारसम्म एक खर्ब २५ अर्ब निक्षेप संकलन गरेर बैंकले एक खर्ब ६ अर्ब कर्जा तथा लगानी गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक नेपालको सबैभन्दा बलियो बैंक हो । ०७४ असारसम्म एक खर्ब २५ अर्ब निक्षेप संकलन गरेर बैंकले एक खर्ब ६ अर्ब कर्जा तथा लगानी गरेको छ ।
३ अर्ब १६ करोड खुद नाफा कमाएको बैंकले प्रतिसेयर आम्दानी ३४ रुपैयाँ २० पैसा कायम गरेको छ । अघिल्लो बर्ष बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ३० पैसा थियो ।
एस डेभलपमेन्ट बैंकलाई एक्वायर गरेर ९ अर्ब २४ करोड चुक्तापूँजी पुर्याएको इन्भेष्टमेन्ट बैंक पूँजीको आधारमा निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक हो । बैंकको जगेडाकोषमा मात्रै ११ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । बैंकले एक बर्षको अवधिमा चार अर्ब भन्दा बढीले आफ्नो जगेडाकोष बढाएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक नेपालको सबैभन्दा बलियो बैंक हो । ०७४ असारसम्म एक खर्ब २५ अर्ब निक्षेप संकलन गरेर बैंकले एक खर्ब ६ अर्ब कर्जा तथा लगानी गरेको छ । निक्षेप र कर्जाको आधारमा पनि बैंक सबैभन्दा अग्रणि स्थानमा देखिएको छ ।
ब्याज आम्दानी, संचालन मुनाफा तथा वैदेशिक मुद्राको कारोबारको बृद्धि नै उसको खुद नाफामा बढोत्तरीको मुख्य कारण देखिएको छ । बैंकको खराब कर्जा अघिल्लो बर्षको तुलनामा सामान्य बढेपनि एक प्रतिशत भन्दा कम नै रहेको छ । यसअवधिमा बैंकको खराब कर्जा ०.८३ प्रतिशत रहेको छ ।
ShareUpdateNepal |
यस बैंकको चौथो त्रैमास आर्थिक विवरणहरु हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !