Showing posts with label Office of Department of Transportation Management. Show all posts
Showing posts with label Office of Department of Transportation Management. Show all posts

Tuesday, October 18, 2016

मंसिरदेखि देशभर ‘स्मार्ट कार्ड प्रणाली’ लागू हुने ।

काठमाण्डौ । यातायात व्यवस्था विभाग कार्यालयले आगामी मङ्सिरदेखि देशभर ‘स्मार्ट कार्ड प्रणाली’ लागू गर्ने भएको छ।
गत मङ्सिरदेखि परीक्षणका रुपमा बागमती अञ्चलमा मात्र सुरु भएको सो प्रणाली एक वर्षभित्र बाँकी १३ वटै अञ्चलमा विस्तार गर्न लागिएको विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए। एसियाली विकास बैङ्क (एडिबी)को आर्थिक सहयोगमा सुरु भएको सो प्रणालीलाई एक वर्षभित्र सबै अञ्चल कार्यालयमा विस्तार गर्ने समझदारी भएकाले गृहकार्य भइरहेको उनले बताए।


File Photo
Source: bizshala

AddToAny