Tuesday, May 23, 2017

कहीं तपाईंले सिद्धार्थ डेभलपमेण्ट बैंकको हकप्रद शेयर भर्न बिर्सिनु त भएन ? ६०% हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

सिद्धार्थ डेभलपमेण्ट बैंक (Siddhartha Develipment Bank Limited, SDBL)को ६०% हकप्रद सेयर भर्ने बुधबार (आज) अन्तिम दिन हो । यसआधारमा बैंकका सेयरधनीले बुधबार बैंकिङ समयसम्म मात्र यो हकप्रदमा आवेदन दिन पाउनेछन् । बैंकले बैशाख ७ गतेदेखि १०ः६ (१० बराबर थप ६ नयाँ कित्ता) अनुपातमा ८५ लाख १५ हजार ५.६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । राष्ट्र बैंकले तोकेको चुक्त पुँजी पुर्याउनको लागि सिद्धार्थ डेभलपमेण्ट बैंकले पनि ६०% हकप्रदको बाटो रोजेको हो । बैंकको यो हकप्रदमा आवेदन दिन २०७३ फाल्गुन ७ गते सम्म कायम रहेका सेयरधनीले मात्र सक्नेछन् ।  बैंकले जनता बैंकमा विलय हुने सम्झौता गरेर सेयर कारोबार रोक्का रहेको बैंकको हकप्रद सेयरमा सो अवधिसम्म सेयर किनेका सबै लगानीकर्ताले आवेदन गर्न पाउछन्।

सिद्धार्थ डेभलपमेण्ट बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेड रहेको छ । नबिल इन्भेष्टको नक्सालस्थित कार्यालय तथा सिद्धार्थ डेभलपमेण्ट बैंकका सबै शाखा कार्यालयबाट हकप्रदमा आवेदन गर्न सकिन्छ ।

हकप्रद सेयर निष्कासन सम्बन्धी व्यवस्था तथा विवरणहरु कसरी थाहा पाउने ? 
बैंकको हकप्रदको हकप्रद सेयर निष्कासन सम्बन्धी व्यवस्था तथा विवरणहरु थाहा पाउन यस लिंक्समा क्लिक गर्नुहोस् ।हकप्रद सेयरको निष्कासन तथा बिक्री खुल्ला बारेको सूचना थाहा पाउन यस लिंक्समा क्लिक गर्नुहोस् । हकप्रद सेयर निष्कासन सम्बन्धी सूचना थाहा पाउन यस लिंक्समा क्लिक गर्नुहोस् ।

को कसले हकप्रद किन्न पाउँछ ?
बैंकको हकप्रद सेयर मिति २०७३ साल चैत्र २८ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लि. मा कारोबार भई कायम साविक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।

कहिलेदेखि कहिलेसम्म आवेदन भरी सक्नु पर्ने ?
२०७४ साल बैशाख ७ गते बिहिबार देखि जेठ १० गते बुधबारसम्म

६०% हकप्रद कति सम्म भर्ने कसरी थाहा पाउने ?
बैंकको कति हकप्रद भर्नु पर्ने विवरण जाँच गर्न यस लिंक्समा क्लिक गर्नुहोस् ।

हकप्रद सेयर खरिद दरखास्त फाराम कहाँ बाट कसरी प्राप्त गर्ने ?
हकप्रद सेयर खरिद दरखास्त फाराम डाउनलोड गर्न यस लिंक्समा क्लिक गर्नुहोस् ।

कहाँ कुन ठाउँबाट आवेदन दिने ?
सिद्धार्थ डेभलपमेण्ट बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेड रहेको छ । नबिल इन्भेष्टको नक्सालस्थित कार्यालय तथा सिद्धार्थ डेभलपमेण्ट बैंकका सबै शाखा कार्यालयबाट हकप्रदमा आवेदन गर्न सकिन्छ ।

कहीं तपाईंले नेपाल बंगलादेश बैंकको हकप्रद शेयर भर्न बिर्सिनु त भएन ? ८०% हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

नेपाल बंगलादेश बैंक (Nepal Bangladesh Bank, NBB)को ८०% हकप्रद सेयर भर्ने बुधबार (आज) अन्तिम दिन हो । यसआधारमा बैंकका सेयरधनीले बुधबार बैंकिङ समयसम्म मात्र यो हकप्रदमा आवेदन दिन पाउनेछन् । बैंकले बैशाख ७ गतेदेखि १०ः८ (१० बराबर थप ८ नयाँ कित्ता) अनुपातमा ३ करोड २० लाख ९४ हजार ६८.८० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । यसअघि बैंकले ३२ प्रतिशत बोनस सेयर दिइसकेको छ । राष्ट्र बैंकले तोकेको चुक्त पुँजी पुर्याउनको लागि नेपाल बंगलादेशले पनि ८०% हकप्रदको बाटो रोजेको हो । बैंकको यो हकप्रदमा आवेदन दिन चैत १६ गते सम्म कायम रहेका सेयरधनीले मात्र सक्नेछन् ।

ग्लोबल आइएमई क्यपिटल लिमिटेड राष्ट्रिय नाचघर जमल काठमाडौंबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, बंगलादेश बैंकको केन्द्रीय कार्यालय कमलादी काठमाडौंलगायत बैंकका देशभरका अधिकांश शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । यो हकप्रदमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेड गरेको छ । हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ५१ करोड ४० लाख ७९ हजार रुपैयाँ छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८२ करोड ७६ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ( बार्षिक) र प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ छ ।

हकप्रद सेयर निष्कासन सम्बन्धी व्यवस्था तथा विवरणहरु कसरी थाहा पाउने ? 
बैंकको हकप्रदको हकप्रद सेयर निष्कासन सम्बन्धी व्यवस्था तथा विवरणहरु थाहा पाउन यस लिंक्समा क्लिक गर्नुहोस् ।हकप्रद सेयरको निष्कासन तथा बिक्री खुल्ला बारेको सूचना थाहा पाउन यस लिंक्समा क्लिक गर्नुहोस् । हकप्रद सेयर निष्कासन सम्बन्धी सूचना थाहा पाउन यस लिंक्समा क्लिक गर्नुहोस् ।

को कसले हकप्रद किन्न पाउँछ ?
बैंकको हकप्रद सेयर मिति २०७३ साल चैत्र २८ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लि. मा कारोबार भई कायम साविक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।

कहिलेदेखि कहिलेसम्म आवेदन भरी सक्नु पर्ने ?
२०७४ साल बैशाख ७ गते बिहिबार देखि जेठ १० गते बुधबारसम्म

८०% हकप्रद कति सम्म भर्ने कसरी थाहा पाउने ?
बैंकको कति हकप्रद भर्नु पर्ने विवरण जाँच गर्न यस लिंक्समा क्लिक गर्नुहोस् ।

हकप्रद सेयर खरिद दरखास्त फाराम कहाँ बाट कसरी प्राप्त गर्ने ?
हकप्रद सेयर खरिद दरखास्त फाराम डाउनलोड गर्न यस लिंक्समा क्लिक गर्नुहोस् ।

कहाँ कुन ठाउँबाट आवेदन दिने ?
ग्लोबल आइएमई क्यपिटल लिमिटेड राष्ट्रिय नाचघर जमल काठमाडौंबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, बंगलादेश बैंकको केन्द्रीय कार्यालय कमलादी काठमाडौंलगायत बैंकका देशभरका अधिकांश शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

कहीं तपाईंले नेपाल बैंकको हकप्रद शेयर भर्न बिर्सिनु त भएन ? २३.७४% हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

नेपाल बैंक लिमिटेड (Nepal Bank Ltd.) को १० बराबर २ दशमलव ३७ अर्थात १०० कित्ता शेयर बराबर २३ दशमलव ७४ कित्ता हकप्रद शेयर सुरक्षित गर्ने आज जेठ १० गते बुधबार अन्तिम दिन हो । बैंकको उक्त हकप्रदमा चैत २८ गतेसम्मका शेयरधनीले आवेदन दिन सक्नेछन् ।

नेपाल बैंक लिमिटेड (NBL) ले प्रतिशेयर १०० रुपैयाँको दरले १ करोड ५४ लाख ३१ हजार ८ सय ४० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने हकप्रद शेयर निष्काशन पश्चात बैंकको कूल चुक्ता पूँजी ८ अर्ब ४ करोड रुपैयाँ हुनेछ । हाल चुक्ता पूँजीको ६२.२१ प्रतिशत शेयर स्वामित्व नेपाल सरकारको रहेको छ भने बाँकी बैंक कर्मचारी तथा सर्वसाधारणको रहेको छ ।

यसअघि नै बैंकले हकप्रद शेयर निष्काशनको लागि सिभिल क्यापिटल मार्केट लिमिटेडलाई हकप्रद शेयर निष्काशन बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

हकप्रद सेयर निष्कासन सम्बन्धी व्यवस्था तथा विवरणहरु कसरी थाहा पाउने ? 
बैंकको हकप्रदको हकप्रद सेयर निष्कासन सम्बन्धी व्यवस्था तथा विवरणहरु थाहा पाउन यस लिंक्समा क्लिक गर्नुहोस् ।हकप्रद सेयरको निष्कासन तथा बिक्री खुल्ला बारेको सूचना थाहा पाउन यस लिंक्समा क्लिक गर्नुहोस् । हकप्रद सेयर निष्कासन सम्बन्धी सूचना थाहा पाउन यस लिंक्समा क्लिक गर्नुहोस् ।
को कसले हकप्रद किन्न पाउँछ ?
बैंकको हकप्रद सेयर मिति २०७३ साल चैत्र २८ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लि. मा कारोबार भई कायम साविक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।

कहिलेदेखि कहिलेसम्म आवेदन भरी सक्नु पर्ने ?
२०७४ साल बैशाख ७ गते बिहिबार देखि जेठ १० गते बुधबारसम्म

२३.७४% हकप्रद कति सम्म भर्ने कसरी थाहा पाउने ?
बैंकको कति हकप्रद भर्नु पर्ने विवरण जाँच गर्न यस लिंक्समा क्लिक गर्नुहोस् ।

हकप्रद सेयर खरिद दरखास्त फाराम कहाँ बाट कसरी प्राप्त गर्ने ?
हकप्रद सेयर खरिद दरखास्त फाराम डाउनलोड गर्न यस लिंक्समा क्लिक गर्नुहोस् ।

कहाँ कुन ठाउँबाट आवेदन दिने ?
बैंकले निष्काशन गर्न लागेको हकप्रद शेयरमा सिभिल क्यापिटल मार्केट लिमिटेड सिटिसी महल सुन्धारा र बैंकको शाखा कार्यालयहरुबाट दिन सकिने बैंकले जनाएको छ ।
नेपाल बैंक लिमिटेड नेपालको पहिलो तथा ऐतिहासिक बैंक हो । हाल यस बैंकले बैकिङ्ग प्रणालीलाई पूर्णरुपले आधुनिक प्रविधिमा रुपान्तरित गरी १ सय ३० वटा शाखा मार्फत आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । साथै व्यावसायीक सम्भाव्यताको आधारमा विगतमा विस्थापित शाखाहरु पुनःस्थापना गर्ने कार्य पनि क्रमिक रुपमा भैरहेको बैंकले जनाएको छ ।

Sunday, May 21, 2017

तपाईलाई स्वदेशी लघुवित्तको सेयर पर्यो कि परेन ? नतिजा हेर्नुहोस्

स्वदेशी लघुवित्त वित्तीय संस्थाले आइतबार बाँडफाँड गरेको साधारण सेयरको नतिजा मेरोलगानी डटकममा प्रकाशित भएको छ । तीन लाख कित्ता सेयरका लागि ९२ हजार जनाले आवेदन दिएका थिए । जसमा २५ हजार ३० जनालाई मात्र सेयर बाँडफाँड गरिएको छ । तपाईलाई सेयर पर्यो कि परेन यसरी हेर्नुहोस् । नतिजा हेर्न तल लिंक्समा क्लिक गर्नु होस ।

मेरोलगानीको शिर्ष स्थानमा रहेको IPO मा गई IPO Result मा क्लिक गरेर Swadeshi Laghubitta छान्नु होस् । मागिएको विबरण भरेर सेयर परे नपरेको थाहा पाउनु होस् । यस पटकबाट हितग्राही खाता नम्बरका आधारमा नतिजा प्रकाशन गरिएको छ । आवेदन नम्बरका आधारमा नतिजा हेर्न नसकिने व्यहोरा प्रष्ट पारिन्छ ।

पहिलो बक्समा हितग्राही खाता नम्बर मात्र उल्लेख गरेर पनि सेयर परे् नपरेको थाहा पाउन सकिन्छ ।

स्वदेशीको आईपीओमा ५० कित्तादेखि ११ सय २० कित्तासम्म आवेदन दिनेलाई गोलाप्रथाबाट १० कित्ता सेयर बाँडफाँड गरिएको छ । ११ सय ३० कित्तादेखि १२ सय ८० सम्मका आवेदकले अनिवार्य रुपमा १० कित्ता सेयर पाएका छन । त्यसभन्दा माथि १२ सय ९० कित्ता देखि १३ सय ९० कित्तासम्म आवेदन गर्नेले ११ कित्ताका दरले सेयर पाएका छन भने सबैभन्दा बढी १५ सय कित्तासम्म आवेदन गर्नेले १२ कित्ताका दरले सेयर पाएका छन ।

कम्पनीको आइपीओमा कुल ९२ हजार २२ जनाले आवेदन परेकोमा १२ सय ६ जनाको आवेदन रद्द भएको छ । 
स्वदेशीले चैत २५ देखि २९ गतेसम्म एक सय रुपैयाँ दरको ३ लाख कित्ता आइपीओ बिक्री गरेको थियो । जसमध्ये १२ हजार कित्ता सेयर कर्मचारीलाई र १५ हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो ।

तीन करोड रुपैयाँको आईपीओ जारी गरेपछि स्वदेशी लघुवित्तको चुक्ता पूँजी १० करोड रुपैयाँ पुगेको छ । आईपीओ बिक्रीपछि कम्पनीको संस्थापक सेयर धनीको ७० तथा साधारण सेयरधनीको सेयर अनुपात ३० प्रतिशत कायम भएको छ ।

Source: merolagani

IPO Result Published- Swadeshi Laghubitta Bittiya Sanstha Limited

NMB Capital Limited, the issue manager for the IPO of Swadeshi Laghubitta Bittiya Sanstha Limited has concluded allotment of 3 lakh units IPO shares of the microfinance company today at NMB Capital Limited, Nagpokhari, Kathmandu at 8:30 AM.


Allotment for investors who had applied from Rs 5,000 (or 50 units) to Rs 1,12,000(or 1,120 units) were decided through lottery and those who got the shares through lottery were allotted 10 shares each. Remaining investors who had applied from Rs 1,13,000 (1,130 units) to Rs 1,50,000 (or 1,500 units) were allotted 0.835% on pro-rata basis. Applicants who had applied for 1,500 units got 12 units on pro-rata basis.

Out of the total 90,816 valid applicants, only 25,030 got the shares. A total of 2,73,000 unit shares were allotted to the general public. Staffs were allotted 12,000 units shares and the mutual funds were allotted 15,000 units shares.

There were 1,206 invalid applicants.

Check your IPO Results now at this link below:

Saturday, May 20, 2017

हेर्नुहोस है यी १२ कम्पनीको हकप्रद कहिलेसम्म भर्नुपर्छ ?

राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन अहिले १२ कम्पनीले हकप्रद सेयर निष्काशन गरिरहेका छन् । जसमध्ये चार वाणिज्य बैंक, पाँच विकास बैंक, एक फाइनान्सएउटा इन्स्योरेन्स रहेका छन ।


लक्ष्मी बैंक (LBL) को शतप्रतिशत हकप्रद आज जेठ ७ गते आईतबारसम्म भर्ने समय अब समाप्त भएको छ । बैंकले तीन करोड १५ लाख ९० हजार ३०३ कित्ता हकप्रद जारी गरेको थियो । 

नेपाल बंगालादेश बैंक (NBB), सिद्धार्थ डेभलपमेन्ट बैंक (SDBL)नेपाल बैंक (NBL)को हकप्रद भर्ने म्याद यही जेठ १० गते बुधबारसम्म रहेको छ । नेपाल बंगलादेश बैंकले ८० प्रतिशत बराबरको ३ करोड २० लाख ९४ हजार ६८ दशमलब ८० कित्ता हकप्रद बिक्री गरेको हो ।

सिद्धार्थ डेभलपमेन्ट बैंकले पनि ६० प्रतिशतले हुने ८५ लाख १५ हजार पाँच दशमलव छ कित्ता हकप्रद बिक्री गरिरहेको छ ।

नेपाल बैंकले २३.७४ प्रतिशतले हुने एक करोड ५४ लाख ३१ हजार ८४० कित्ता हकप्रद जारी गरिरहेको छ ।

उता गरिमा विकास बैंक (GBBL) ले जारी गरिरहेको ७० प्रतिशत अर्थात ९० लाख ७६ हजार दुई सय ९६ कित्ता हकप्रदमा जेठ १७ गतेभित्र आवेदन गर्नुपर्ने हुन्छ ।

सानिमा बैंक (SANIMA) को ३० प्रतिशतले हुने एक करोड ५९ लाख १७ हजार छ सय १७ कित्ता हकप्रद यही जेठ २१ गतेदेखि निश्कान बन्द हुँदैछ ।

त्यसै गरि तिनाउ विकास बैंक (TNBL) ले खुला गरेको ३५ प्रतिशत बराबरको ११ लाख ९४ हजार सात सय ९६ कित्ता हकप्रदमा आवेदन गर्ने समय यही जेठ २२ गतेसम्म मात्र रहेको छ ।

सिद्धाथ इन्स्योरेन्स (SIL), ज्योति विकास बैंक (JBBL)फस्र्ट माईक्रोफाइनान्स (FMDBL)को हकप्रद भर्ने म्याद जेठ ३१ गतेसम्म रहेको छ ।

सिद्धाथ इन्स्योरेन्स (SIL)ले १९.२३ प्रतिशत बरारबरको ८ लाख ६२ हजार १ सय २५ कित्ता, ज्योति विकास बैंक (JBBL)ले शतप्रतिशत अर्थात एक करोड १० लाख ४३ हजार एक सय ७१ कित्ता र फस्र्ट माईक्रोफाईनान्स (FMDBL)ले ५० प्रतिशतले हुने १३ लाख २२ हजार पाँच सय कित्ता हकप्रद जारी गरिरहेका छन ।

त्यस्तै सहयोगि विकास बैंक (SBBLJ)गोर्खाज फाईनान्स (GUFL) को हकप्रद भर्ने समय असार ५ गतेसम्म रहको छ । सहयोगि विकास बैंक (SBBLJ)ले ३१ लाख ४६ हजार एक सय एक कित्ता हकप्रद जारी गरेको हो भने गोर्खाज फाईनान्स (GUFL)ले २८ लाख ९३ हजार तीन सय १३ कित्ता हकप्रद जारी गरिरहेको छ ।

बुक क्लोज भन्दा अघिल्लो दिनसम्म सेयर किनेका लगानीकर्ताले सम्बन्धित कम्पनी र कम्पनीको बिक्री प्रबन्धकहरु मार्फत तोकिएको समयभित्र मात्र हकप्रद भर्न पाउँछन् । समय सकिएपछि हकप्रद भर्ने अवसर नपाउने हुनाले तपाइँसग उल्लेखित कम्पनीको सेयर छ कि छैन पक्का गर्नु होस ।

हेर्नुहोस् कुन कम्पनीको हकप्रद कहाँ के कति कहिलेसम्म सेयर किनेका लगानीकर्ताले भर्न पाउँछन् ? जानकारीको लागि तल लिंक्समा क्लिक गर्नु होस ।

लक्ष्मी बैंकको १००% हकप्रद भर्ने समय आज जेठ ७ गते आइतबार अब  समाप्त  दिन त्र बाँकी
(सूचनाफाराम र हकप्रद जाँच लिंक्स सहित)

नेपाल बंगलादेश बैंकको ८०% भर्ने समय अब यही जेठ १० गते बुधबारसम्म  दिन मात्र बाँकी
(सूचनाफाराम र हकप्रद जाँच लिंक्स सहित)

नेपाल बैंकको झण्डै २३.७४% भर्ने समय पनि अब यही जेठ १० गते बुधबारसम्म  दिन मात्र बाँकी 
सूचनाफाराम र हकप्रद जाँच लिंक्स सहित)

सिद्धार्थ डेभलपमेन्ट बैंकको ६०% भर्ने समय पनि अब यही जेठ १० गते बुधबारसम्म  दिन मात्र बाँकी 
सूचनाफाराम र हकप्रद जाँच लिंक्स सहित)

गरिमाको ७०% भर्ने समय जेष्ठ १७ गते बुधबारसम्म अब  दिन मात्र बाँकी 
सूचनाफाराम र हकप्रद जाँच लिंक्स सहित)

सानिमा बैंकको ३०% भर्ने समय जेष्ठ २१ गते आइतबारसम्म अब  दिन मात्र बाँकी 
सूचनाफाराम र हकप्रद जाँच लिंक्स सहित)

तिनाउ विकास बैंकको ३५% भर्ने समय जेष्ठ २२ गते सोमबारसम्म अझै १ दिन बाँकी 
सूचनाफाराम र हकप्रद जाँच लिंक्स सहित)

ज्योति बिकास बैंकको १००% भर्ने समय जेष्ठ ३१ गते बुधबारसम्म अझै २ दिन बाँकी 
सूचनाफाराम र हकप्रद जाँच लिंक्स सहित)

फस्ट माईक्रोको ५०% भर्ने समय जेष्ठ ३१ गते बुधबारसम्म अझै  दिन बाँकी 
सूचनाफाराम र हकप्रद जाँच लिंक्स सहित)

सिद्धार्थ इन्स्योरेन्सको २०% भर्ने समय जेष्ठ ३१ गते बुधबारसम्म अझै २ दिन बाँकी 
सूचना, फाराम र हकप्रद जाँच लिंक्स सहित)

सहयोगीको ३५% भर्ने समय असार ५ गते सोमबारसम्म पूरै  दिन बाँकी 
सूचनाफाराम र हकप्रद जाँच लिंक्स सहित)

गोर्खाजको ५०% भर्ने समय असार ५ गते सोमबारसम्म पूरै  दिन बाँकी 
सूचनाफाराम र हकप्रद जाँच लिंक्स सहित)


Source: merolagani, sharesandar

गरिमा बिकास बैंक लिमिटेड (GBBL) को ७०% हकप्रद सेयर भर्ने होइन त? कहिलेसम्म, कहाँ, कति र कसरी भर्ने, बिस्तृत लिंक्स सहित !

गरिमा बिकास बैंक लि. (Garima Bikas Bank Ltd., GBBL) ले २०७४ साल बैशाख १४ गते बिहीबार देखि सत्तरी प्रतिशत अर्थात ७०% हकप्रद (Right) सेयर निष्कासन खुला गरी सकेको छ । बैंकको १० कित्ता साधारण सेयर बराबर नयाँ ७ कित्ता साधारण सेयर (१०ः७) को अनुपातमा १०० रुपैयाँ अंकित दरका ९० करोड ७६ लाख २९ हजार ६ सय ६६ रुपैयाँ बराबरको ९० लाख ७६ हजार २ सय ९६ दशमलब ६६ कित्ता हकप्रद सेयर मिति २०७३ साल चैत्र २९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लि. मा कारोबार भई कायम साविक शेयरधनीहरुको लागि बिक्री खुला गरिसकेको छ । यसरी बैंकको यस हकप्रद सेयरमा २०७३ साल चैत्र २९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । गरिमा बिकास बैंकको यो हकप्रद सेयर जेष्ठ १७ गतेसम्म भरी सक्नु पर्ने छ । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन बैंकले ७०% हकप्रद सेयर बिक्री खुला गरेको हो । यो हकप्रद बिक्रीबाट बैंकको चुक्तापुँजी थप ७०% बृद्धि हुनेछ । बैंकले केही समयअघि मात्र बागमती डेभलपमेन्ट बैंकलाई गाभेर एकीकृत कारोबार पनि सुरु गरिसकेको छ । यस हकप्रद सेयर निष्कासन बाँडफाँट गरे पश्चात बैंकको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँपुग्ने अनुमान छ ।

हकप्रदका सेयरका लागि बैकले मिति २०७३ साल चैत्र ३० गतेदेखि सेयरधनी दर्ता किताब बन्द गरी सकेको छ । एस क्यापिटल लिमिटेड, लाल दरबार, काठमान्डू र एस डेभलपमेन्ट बैंक, गरिमा बिकास बैंक, महालक्ष्मी बिकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आबेदन फारम प्राप्त गरि हकप्रद भर्न सक्ने छन।

गरिमाको यस हकप्रद तथा निष्कासन बिक्री प्रबन्धक एस क्यापिटल लिमिटेड रहेको छ । हाल गरिमाको चुक्ता १ अर्ब २९ करोड रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गरिमाले झन्डै दुइ गुणाले बढोत्तरी गरि बिगतदेखिको 'गरिमा' लाई यथावत राखेको छ । गत आर्थिक बर्षको यस अवधिमा १४ करोड ६६ लाख कमाई गरेको बैंकले यस अवधिमा २४ करोड ८५ लाख खुद मुनाफा आर्जन गरेको छ।

यस अवधिमा बैंकको प्रति सेयर आम्दानि २५ रुपैयाँ ५६ पैसा, मूल्य आम्दानीको अनुपात १३ दशमलब ७३ गुणा, कर्जा निक्षेप अनुपात ७६ दशमलब ७६ दशमलब ०२ प्रतिशत, प्रति सेयर नेटवर्थ १३६ रुपैयाँ १७ पैसा, पुंजीकोष लागत १७ दशमलब १८ प्रतिशत, तरलता अनुपात २२ दशमलब ३६ प्रतिशत रहेको छ ।

हकप्रद सेयर निष्कासन सम्बन्धी व्यवस्था तथा विवरणहरु कसरी थाहा पाउने ? 
बैंकको हकप्रदको हकप्रद सेयर निष्कासन सम्बन्धी व्यवस्था तथा विवरणहरु थाहा पाउन यस लिंक्समा क्लिक गर्नुहोस् ।हकप्रद सेयरको निष्कासन तथा बिक्री खुल्ला बारेको सूचना थाहा पाउन यस लिंक्समा क्लिक गर्नुहोस् । हकप्रद सेयर निष्कासन सम्बन्धी सूचना थाहा पाउन यस लिंक्समा क्लिक गर्नुहोस् ।

को कसले हकप्रद किन्न पाउँछ ?
बैंकको हकप्रद सेयर मिति २०७३ साल चैत्र २९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लि. मा कारोबार भई कायम साविक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।

कहिलेदेखि कहिलेसम्म आवेदन भरी सक्नु पर्ने ?
२०७४ साल बैशाख १४ गते बिहीबार देखि जेष्ठ १७ गते बुधबारसम्म ।

७०% हकप्रद कति सम्म भर्ने कसरी थाहा पाउने ?
बैंकको कति हकप्रद भर्नु पर्ने विवरण जाँच गर्न मिल्ने लिंक्स क्लिक भने हाल उपलब्ध छैन। बरु सत्तरी प्रतिशत अर्थात ७०% हकप्रद सेयर निष्कासन भन्नाले बैंकको १० कित्ता साधारण सेयर बराबर नयाँ ७ कित्ता साधारण सेयर (१०ः७) को अनुपात बुझिन्छ र गरिमा बिकास बैंक वा गरिमाको यस हकप्रद तथा निष्कासन बिक्री प्रबन्धक एस क्यापिटल लिमिटेडमा सोझै सम्पर्क गरी थाहा पाउन सकिन्छ ।

हकप्रद सेयर खरिद दरखास्त फाराम कहाँ बाट कसरी प्राप्त गर्ने ?
हकप्रद सेयर खरिद दरखास्त फाराम डाउनलोड गर्न यस लिंक्समा क्लिक गर्नुहोस् ।

कहाँ  कुन ठाउँबाट आवेदन दिने  ?
एस क्यापिटल लिमिटेड, लाल दरबार, काठमान्डू र एस डेभलपमेन्ट बैंक, गरिमा बिकास बैंक, महालक्ष्मी बिकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आबेदन फारम प्राप्त गरि हकप्रद भर्न सक्ने छन।
लिंक्स

AddToAny