हेर्नुस उदाहरण सहित कहाँबाट कसरी भर्दा फाइदा हुन्छ ?
नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशनमा धितोपत्र खरिदका लागि माघ महिना देखि (बैंक खातामा सेयर लगानीकर्ताको पैसा रोकेर राख्ने प्रणाली) आस्वा लागु गरेको छ। यद्दपी यस प्रणालीलाई अनिबार्य भने गरिएको छैन।
माघ ९ गतेदेखि साधारण सेयर निष्कासन गरेको फरवार्ड कम्यूनिटी माइक्रोफाइनान्सको सेयर आवेदनमा यो सेवाको प्रभावकारी प्रयोग भएको छ। आइपीओ भर्नका लागि अहिलेपनि अधिकांश लगानीकर्ताले संकलन केन्द्रमा पुगी लाईन लागेर फर्म बुझाउदै आएका छन। यद्दपी केहि लगानीकर्ता भने प्रविधिको सहजतालाई आत्मसाथ गर्दै आस्वा प्रणाली मार्फत नै आइपीओ भर्दै आएका छन।
पछिल्लो समय आस्वा प्रणालीको प्रयोगबाट लाग्ने आबेदन शुल्क चर्को भयो भन्दै आवाज उठिरहेको अवस्थामा केहि बैंक तथा वित्तीय संस्थाले ५० रुपैयाँमा पनि यो सुविधा उपलब्ध गराएका छन। एक बैंक त यस सेवालाई निशुल्क प्रदान गर्न पनि तयार देखिएको थियो तर बोर्डको आदेशसंगै यस सेवालाई निशुल्क भने गर्न नमिल्ने भएको छ । अर्को तिर यहि समयमा बजारमा तरलता अभाब भएसंगै बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप मुद्दतीमा दिने ब्याजदरमा तिब्र प्रतिस्पर्धा गरे । तर केहि बैंकहरुले मात्रै मुद्दती निक्षेपसंग संगै बचत खाताको ब्याजदर समेत बढाएका छन।
यस प्रतिस्पर्धामा कमर्शियल बैंकहरुलाई उछिन्दै विकास बैंक तथा फाइनान्स कम्पनीहरुले बचत खातामा राम्रै ब्याजदर दिदै आएका छन। औशतमा बैंकहरुले बचत खातामा दिने ब्याजदर ३ प्रतिशत, विकास बैंकले दिने ब्याजदर ६ प्रतिशत तथा फाइनान्सहरुले दिने ब्याजदर ८ प्रतिशत रहेको छ। यस्तो अवस्थामा लगानीकर्ताले थोरै मात्रै पनि चलाखी गर्ने हो भने आस्वा प्रणाली प्रयोग गरि आइपीओ तथा एफपीओ भर्दा लाग्ने लागत घटाउन सक्ने छन।
हेरौं एक उदाहरण
सामान्यतया ५० हजार रुपैयाँसम्मको आबेदन दिनेलाई साना तथा यस माथिको रकमको आबेदन दिनेलाई ठुला लगानीकर्ता भन्ने बुझाई रहेको छ। यस उदाहरणमा स्ट्यान्डर्ड चार्टडको एफपीओ साना लगानीकर्तालाई ३३ दशमलब ३३ प्रतिशत र ठुलालाई १२ प्रतिशतका दरले पर्ने अनुमान गरिएको छ ।
साथै बचतमा दिने औषत ब्याजदर बैंकहरुको २ प्रतिशत र फाइनान्सको ८ प्रतिशत रहेको मानिएको छ। त्यस्तै बैंकहरुले कर्जामा लिने कर्जादरलाई १३ प्रतिशत मानिएको छ। त्यस्तै एफपीओ बाँडफाँडमा लाग्ने समयअवधि ५० दिन मानिएको छ।
प्रस्तुत उदाहरणमा बैंकहरुबाट आस्वा मार्फत स्ट्यान्डर्ड चार्टडको ३० कित्ता एफपीओ आबेदन दिंदा १० कित्ता एफपीओ परेको अवस्थामा प्रति कित्ता लागत १२७९ रुपैया ३९ पैसा पर्ने देखिन्छ भने फाइनान्सबाट आबेदन दिंदा १२४७ रुपैयाँ ५८ पैसा पर्न आउँछ।
त्यस्तै बैंकहरुबाट आस्वा मार्फत स्ट्यान्डर्ड चार्टडको १००० कित्ता एफपीओ भर्दा १२ प्रतिशतका दरले १२० कित्ता एफपीओ परेको अवस्थामा प्रति कित्ता लागत १२६० रुपैयाँ ५४ पैसा र फाइनान्सबाट आबेदन दिंदा ११७२ रुपैयाँ १९ पैसा पर्ने देखिन्छ।
ऋण लिएर ठुलो भोलुममा एफपीओ भर्दा
यदि तपाईले १००० कित्ता एफपीओ आफुसंग भएको नगद र १००० कित्ता एफपीओका लागि ऋण लिएर आबेदन दिनु हुन्छ भने प्रति कित्ता लागत कति हुन्छ ?
१३ प्रतिशत ब्याजदर र १ प्रतिशत सेवा शुल्क तिरेर तपाईले २००० कित्ता एफपीओ बैंक मार्फत भर्नु हुन्छ भने प्रति कित्ता लागत (२४० कित्ता एफपीओ परेको अवस्थामा) १४१० रुपैयाँ ०१७ पैसा पर्न आउँछ भने फाइनान्स मार्फत आबेदन दिंदा १३२१ रुपैयाँ ६६ पैसा पर्न आउँछ।
यहि उदाहरणलाई तपाईले कमर्शियल बैंकहरुबाट १३ प्रतिशतमा ऋण लिएर फ़ाइनान्स तथा विकास बैंक मार्फत आस्वा प्रयोग गरेर आइपिओ एफपीओ भर्दा कति फाइदा हुन्छ त्यसको अनुमान पनि तपाइँले लगाउन सक्नुहुन्छ। ब्याजदरको फरकबाट हुन आउने बचत अर्थात् लागतमा हुने कमीलाई ध्यान दिंदै गर्दा बाणिज्य बैंक र फाइनान्स मार्फत गरिने कारोबारको जोखिमलाई भने बिर्सिनु हुँदैन।
(नोट: यो लगानीकर्तालाई जानकारी दिनका लागि प्रस्तुत गरिएको एक उदाहरण मात्रै हो। यस उदाहरणमा जोखिम र अन्य कुरालाई समावेश गरिएको छैन। )
Source: bizpati
No comments:
Post a Comment