Wednesday, September 13, 2017

सानिमा माई हाइड्रोपावर (SHPC) को १००% हकप्रद (RIGHT) सेयर सुरक्षित गर्ने अवसर अब मात्र एक दिन बाँकी, यही साता भोलि बिहिबार अन्तिम दिन, हेरिहाल्ने कि ? कहाँ, कति र कसरी भर्ने, बिस्तृत लिंक्स सहित !

सानिमा माई हाइड्रोपावर लिमिटेड (Sanima Mai Hydropower Company Ltd., SHPC) ले २०७४ साल साउन २७ गते शुक्रबारदेखि निष्काशन तथा बिक्री खुल्ला गर्दै आएको एक बराबर एक (१:१) कित्ता अनुपात अर्थात् शत प्रतिशत (१००%) हकप्रद सेयर सुरक्षित गर्न आवेदन बुझाउने म्याद अब मात्र एक दिन बाँकी, यही साता भोलि बिहिबार अन्तिम दिन भदौ २९ गते नै सकिँदै छ । कम्पनीले हकप्रद निष्काशन प्रयोजनार्थ साउन १० गते मंगलबार बुक क्लोज पनि गरी सकेकाले साउन ९ गते सोमबारसम्म कायम शेयरधनीले हकप्रद भर्न पाउने छन् ।

ShareUpdateNepal

कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकितका दरले १ अर्ब ५ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ५० हजार कित्ता हकप्रद निष्काशन गरेको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ता सेयरधनीले बिक्री प्रबन्धक सनराइज क्यापिटलको कमलपोखरी स्थित कार्यालय तथा सानिमा बैंकका उपत्यकाभित्र चुच्चेपाटी, कलंकी, कुमारीपाटी, महाराजगञ्ज, न्यूरोड, र सूर्यविनायकबाट हकप्रद आवेदन फाराम लिई आवेदन भर्न सक्ने छन् ।

ShareUpdateNepal

त्यसै गरि उपत्यका बाहिरका सानिमा बैंकका शाखा कार्यालयहरु विराटनगर, बीरगञ्ज, बिर्तामोड, बुटवल, दमक, धरान, लाहान, नारायाणगढ चितवन, नेपालगंज र पोखराबाट पनि आवेदन दिन सकिने छ ।

८२ मेगावाट क्षमताको दुई आयोजना निर्माण प्रक्रिया अघि बढाउन हकप्रद निष्काशन गरेको सानिमा माई हाइड्रोले जनाएको छ । कम्पनीले २८ मेगावाटको तल्लो लिखु र ५४ मेगावाटको मध्य तमोर आयोजना बनाउनका लागि आवश्यक पुंजी जुटाउन हकप्रद बिक्रि गर्न गरेको जनाएको छ । 

हाल हकप्रद सेयर चुक्ता पुंजी १ अर्ब ५ करोड ५० लाख रुपैयाँ रहेको छ भने जगेडा कोष रकम २६ करोड ३४ लाख रुपैयाँ पुर्याएको छ। सानिमा माईले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा २५ करोड ४४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुंजी २ अर्ब ११ करोड पुग्ने छ । आर्थिक बर्ष  ०७३/७४ को चौंथो त्रैमासमा सानिमामाईले २८ करोड ३६ लाख ९ हजार रुपैया नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २६ दशमलव २९ र प्रतिसेयर नेटवर्थ १ सय २७ दशमलव ७६ रहेको छ ।

२०७४ साउन १० गते मंगलबार नेप्सेले सानिमा माई हाइड्रो पावरको यस शत प्रतिशत हकप्रद सेयर मूल्य प्रतिकित्ता ६०३ रुपैयाँ जसका लागि आधार मूल्य प्रतिकित्ता ३५१ रुपैयाँ समायोजन भए पश्चात प्रतिकित्ता सेयर मूल्य ६२६ रुपैयाँबाट बजारमा कारोबार शुरु भई निरन्तर ओरालो लागि आज भदौ २८ गते बुधबार ५३० रुपैयाबाट पनि ५१० रुपैयाँ सम्ममा अन्तिम करोबार भई बन्द भएको छ !

भर्दै हुनुहुन्छ त सानिमा माई हाइड्रोपावरको हकप्रद सेयर? यस हाइड्रोपावरको चौथो त्रैमासिक वित्तीय विवरण, प्रतिवेदन विश्लेषण हेर्न र डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !
हाइड्रोपावरको हकप्रद सेयर आबेदन फाराम, नगद रसिद नमूना  दर्ता किताब बन्द मिति हेर्न र डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !
हाइड्रोपावरको हकप्रद सेयर आब्हान पत्रविवरण पत्र  दर्ता किताब बन्द मिति हेर्न र डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !
हाइड्रोपावरको हकप्रद सेयर निष्काशन तथा बिक्री खुल्ला सूचनाबार्षिक साधारण सभा सूचना  २०७२/७३ बार्षिक प्रतिवेदन हेर्न र डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !

सेयरअपडेटनेपाल, बुधबार २८ गते भदौ २०७४ !

यो पनि पढ्ने कि !

शत प्रतिशत बम्पर उपहार स्वरुप हकप्रद (RIGHT) सेयर दिने तयारीमा लागेको कम्पनीको के कस्तो अवस्था छ त? नउचालिकन हेरिहाल्ने कि?

No comments:

Post a Comment

AddToAny