Showing posts with label Must Know. Show all posts
Showing posts with label Must Know. Show all posts

Friday, November 4, 2016

सेयरमा लगानी गर्दा जान्नैपर्नै ४८ मन्त्र ।

काठमाण्डौ । विलियम ओनिल्सको किताब ‘ट्वान्टी फोर एसेनसियल लेसन्स फर इन्भेष्टमेन्ट सक्सेस’मा स्टक मार्केटमा लगानी गर्न चाहने नयाँ लगानीकर्ताका लागि निकै धेरै उपयोगी टिप्सहरु दिइएको छ । यही किताबको अध्ययनपछि हामीले तपाईंलाई किताबको निश्कर्षको रुपमा ४८ वटा निकै उपयोगी सेयर लगानीका टिप्स तयार गरेका छौ । बिजशाला टिमको विचारमा यो किताबको मुख्य विशेषता भनेको हरेक प्रस्तुतीको सामान्यीकरण पनि हो । विलियमको यो किताब सर्वसाधारण लगानीकर्ताले समेत बुझ्ने हिसाबले तयार गरिएको छ र टिप्सहरुलाई समेत सोही अनुसार प्रस्तुत गरिएको छ ।



Source: bizshala

Tuesday, October 11, 2016

सेयर लगानीकर्ताहरुका लागि महत्वपूर्ण विषय जुन सधैं काम लाग्न सक्छ !

जलविद्युत् कम्पनीको सेयरमा लगानी गर्ने हरेक लगानीकर्तालाई कम्पनीले परियोजनाको अवधि र सरकारलाई परियोजना हस्तान्तरण गर्ने समयबारे जानकारी दिनैपर्छ । तर, दिने गरिएको छैन । आन्तरिक खपतका लागि निर्माण गरेका जलविद्युत् आयोजना निर्माण अनुमति पाएको ३५ वर्षपछि सरकारलाई हस्तान्तरण गर्नुपर्ने बाध्यकारी नियम छ । सोहीअनुसार सम्झौता गरिएको हुन्छ । तर, कसरी हस्तान्तरण हुन्छ र हस्तान्तरणपछि सर्वसाधारणको सेयर के हुन्छ भन्ने स्पष्ट नियम छैन । नियमसंगत काम गर्दा आयोजना सरकारलाई हस्तान्तरण गर्नैपर्छ, जुन कुरा सम्र्पूण सेयर लगानीकर्ताले थाहा पाउन आवश्यक छ । चाहे संस्थापक होस या सर्वसाधारण सेयरधनी । तर, जलविद्युत् कम्पनीले थाहा दिँदैनन् ।



Source: arthatantra

AddToAny