Showing posts with label Agreement. Show all posts
Showing posts with label Agreement. Show all posts

Saturday, November 26, 2016

कामना विकास बैंक र सेवा विकास बैंकबीच मर्जर सम्झौता, क्रमशः २२ र १९ प्रतिशत बोनस सेयर दिने घोषणा ।

काठमाडौं, ११ मंसिर । कामना विकास बैंक र सेवा विकास बैंक मर्ज हुने भएका छन् । पोखरामा केन्द्रीय कार्यालय भएको कामना र बुटवलमा केन्द्रीय कार्यालय रहेको सेवा मर्ज भई राष्ट्रिय स्तरको विकास बैंक बन्न लागेका हुन् ।


Source: bikashnews

Friday, November 11, 2016

बैंकको सेयर छ ? आजैबाट खुल्यो दुई बैंकको हकप्रद सेयर, छुट्ला है !

काठमाण्डौं । आजबाट सेयर बजारमा दुई बैंकहरुको हकप्रद सेयरको बिक्री खुल्ला भएको छ । हिमालयन बैंक र कुमारी बैंकले किन्ने सम्झौता गरेको काष्ठमाण्डप बैंकको हकप्रद खुलेको हो ।

हिमालयन बैंकले ६४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री खुला गरेको छ । बैंकले १४.२८ प्रतिशत अर्थात सात सेयर बराबर एक (७ः१)को अनुपातमा हकप्रद सेयरको बिक्री खुला गरेको हो ।



Source: arthatantra

Tuesday, October 11, 2016

सेयर लगानीकर्ताहरुका लागि महत्वपूर्ण विषय जुन सधैं काम लाग्न सक्छ !

जलविद्युत् कम्पनीको सेयरमा लगानी गर्ने हरेक लगानीकर्तालाई कम्पनीले परियोजनाको अवधि र सरकारलाई परियोजना हस्तान्तरण गर्ने समयबारे जानकारी दिनैपर्छ । तर, दिने गरिएको छैन । आन्तरिक खपतका लागि निर्माण गरेका जलविद्युत् आयोजना निर्माण अनुमति पाएको ३५ वर्षपछि सरकारलाई हस्तान्तरण गर्नुपर्ने बाध्यकारी नियम छ । सोहीअनुसार सम्झौता गरिएको हुन्छ । तर, कसरी हस्तान्तरण हुन्छ र हस्तान्तरणपछि सर्वसाधारणको सेयर के हुन्छ भन्ने स्पष्ट नियम छैन । नियमसंगत काम गर्दा आयोजना सरकारलाई हस्तान्तरण गर्नैपर्छ, जुन कुरा सम्र्पूण सेयर लगानीकर्ताले थाहा पाउन आवश्यक छ । चाहे संस्थापक होस या सर्वसाधारण सेयरधनी । तर, जलविद्युत् कम्पनीले थाहा दिँदैनन् ।



Source: arthatantra

Saturday, October 8, 2016

बीमक र लघुवित्तको साझेदारीमा शुरु हुँदै लघुबीमा कार्यक्रम, लघुबीमाले ५ सय % व्यवसाय बढेको बाहिरी उदाहरण ।

काठमाडौं, असोज २१ । बीमा कम्पनी र लघुवित्त बिकास बैंकहरुले साझेदारीमा लघुबीमा कार्यक्रम सञ्चालन गर्ने भएका छन् । शुक्रवार विहान काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल बीमक संघ र नेपाल माइक्रो फाइनान्स बैंकर्स एशोसिएशनका पदाधिकारीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।


Source: aarthiknews

Friday, September 30, 2016

ग्लोबल आइएमईले रिलायवल डेभलपमेन्ट बैंक एक्वायर गर्ने, चुक्ता पुँजी यसै वर्ष आठ अर्व नाघ्ने ।

काठमाडौं। ग्लोबल आइएमई बैंकले रिलायवल डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने भएको छ। बैंक एक्वायर गर्ने विषयमा शुक्रवार सम्झौता भएको छ।

रिलायवल डेभलपमेन्ट बैंक एक्वायर गरेपछि ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी आठ अर्व रुपैयाँ पुग्नेछ। विकास बैंक एक्वायर गर्न लागेको जानकारी नेपाल राष्ट्र बैंक पठाउने र आइतवारदेखि नै रिलायवलको सेयर कारोवार रोकिनेछ।



Source: bizmandu

AddToAny