Showing posts with label Net Asset Value. Show all posts
Showing posts with label Net Asset Value. Show all posts

Thursday, September 29, 2016

१७५३ विन्दुमा नेप्से, कारोबार सङ्ख्यामा कमी ।

असोज १३, काठमाडौं । साताको अन्तिम दिन नेप्सेमा केही सुधार देखिएको छ । बैङ्किङ, होटल र उत्पादन तथा प्रशोधन समूहको परिसूचक बढेपछि समग्र नेप्से परिसूचक बढ्नमा टेवा पुगेको हो । कारोबार र परिसूचक बढेपनि शेयर सङ्ख्या भने अघिल्लो दिनको तुलनामा यस दिन करीब १७ प्रतिशतले घटेको छ ।

यस दिन अधिकांश वाणिज्य बैङ्कहरुको मूल्य भने बढेको छ । न्यून विन्दु १ हजार ७ सय ४४ विन्दुमा झरेको बजार तीन घण्टाको व्यापारमा परिसूचक बढेर १ हजार ७ सय ५८ विन्दुमा पुगेको थियो । दिनभरिको काराबारमा परिसूचक ४ दशमलव २८ अङ्कले बढेर १ हजार ७ सय ५३ दशमलव ३८ विन्दुमा पुगेर बन्द भएको हो । नेप्सेमा कारोबार रकम रू. ८ करोड १२ लाख पुगेको छ भने कुल बजार पूँजीकरण रू. १९ खर्ब ४० अर्ब पुगेको छ ।


Source: nepalipaisa

अर्को म्युचुअल फण्ड पनि नाफामा, 'लक्ष्मी भ्यालू फण्ड-१' ले ३५ प्रतिशतले नाफा बढायो ।

काठमाण्डौ । लक्ष्मी क्यापिटल मार्केट लिमीटेडले प्रवद्र्धन गरेको ५ वर्षे बन्दमुखी म्युचुअल फण्ड 'लक्ष्मी भ्यालू फण्ड-१' को खूद सम्पत्ति मूल्य(नेट एसेट भ्यालू) बढेको छ । 

यो फण्डले बिहीबार प्रकाशित गरेको मासिक बित्तीय विवरण अनुसार नेट एसेट भ्यालू साउनमा १२ रुपैयाँ ९३ पैसा रहेकोमा भदौमा १३.६१ रुपैयाँ पुगेको छ । 

५० करोडको फण्डबाट सुरु भएको यो स्किमले ४२ करोड ३१ लाख सूचिकृत कम्पनीको सेयरमा तथा २७ लाख ८१ हजार रुपैयाँ सार्वजनिक निश्कासनहरुमा लगानी गरेको छ । ५० सूचिकृत कम्पनीका कुल ३ लाख १३ हजार ८ सय कित्ता सेयरमा यो म्युचुअल फण्डको लगानी छ ।

Laxmi Capital Market Limited
Source: bizshala

AddToAny