Showing posts with label Scheme. Show all posts
Showing posts with label Scheme. Show all posts

Friday, September 30, 2016

६ म्युचुअल फण्डको मासिक रिपोर्ट : ३ फूके, ३ खुम्चिए ।

सिद्धार्थ ग्रोथ, सिद्धार्थ इक्वीटी, एनआइबिएलका नेट एसेट भ्यालू घट्यो, ग्लोबल, लक्ष्मी र नवीलको बढ्यो ।

काठमाण्डौ । पछिल्लो समय सामान्य लगानीकर्ता म्युचुअल फण्डतर्फ आकर्षित छन् । सेयर भन्दा यस्ता स्किममा लगानी कम जोखिमपूर्ण हुने ठानेर लगानीकर्ता आकर्षित भएका मानिएको छ । 

यसको पछिल्लो प्रमाण दुई कम्पनीले खुलाएका ८० करोड र १ सय अर्ब बढीको म्युचुअल फण्डमा परेको अचाक्ली आवेदन पनि एक हो । 

बैंक तथा बित्तीय संस्थामा लामो टर्ममा पैसा राख्दा जति ब्याज पाइन्छ, त्यस्ता बचतकर्ताले म्युचुअल फण्डमा लगानी गर्दा बढी नाफा प्राप्त गर्छन । यसमा सेयर बजारको भन्दा कम जोखिम हुन्छ । सेयर मार्केटमा कतिपय लगानीकर्ता आफैंले सेयर छनौट गर्न नसक्ने खालका हुन्छन् । तर, म्युचुअल फण्डको छनौट चाहि उसले मज्जाले गर्नसक्छ।


Mutual Funds of Nepal
Source: bizshala

Thursday, September 29, 2016

अर्को म्युचुअल फण्ड पनि नाफामा, 'लक्ष्मी भ्यालू फण्ड-१' ले ३५ प्रतिशतले नाफा बढायो ।

काठमाण्डौ । लक्ष्मी क्यापिटल मार्केट लिमीटेडले प्रवद्र्धन गरेको ५ वर्षे बन्दमुखी म्युचुअल फण्ड 'लक्ष्मी भ्यालू फण्ड-१' को खूद सम्पत्ति मूल्य(नेट एसेट भ्यालू) बढेको छ । 

यो फण्डले बिहीबार प्रकाशित गरेको मासिक बित्तीय विवरण अनुसार नेट एसेट भ्यालू साउनमा १२ रुपैयाँ ९३ पैसा रहेकोमा भदौमा १३.६१ रुपैयाँ पुगेको छ । 

५० करोडको फण्डबाट सुरु भएको यो स्किमले ४२ करोड ३१ लाख सूचिकृत कम्पनीको सेयरमा तथा २७ लाख ८१ हजार रुपैयाँ सार्वजनिक निश्कासनहरुमा लगानी गरेको छ । ५० सूचिकृत कम्पनीका कुल ३ लाख १३ हजार ८ सय कित्ता सेयरमा यो म्युचुअल फण्डको लगानी छ ।

Laxmi Capital Market Limited
Source: bizshala

Sunday, September 25, 2016

पुँजी वृद्धि गर्न नसकेका कमजोर पाँच बैंकहरु ।

हाल नेपालमा २८ वटा वाणिज्य बैंकहरु सञ्चालनमा छन् । नेपाल राष्ट्र बैंकले पुँजीवृद्धिको योजना ल्याएपछि बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक गाभिएर बैंक अफ काठमाण्डू लुम्बिनी बनेपछि बैंकको संख्या २८ मा झरेको हो ।

राष्ट्र बैंकको निर्देशनअनुसार यी वाणिज्य बैंकहरु आगामी असार मसान्तसम्ममा चुक्तापुँजी आठ अर्ब पुर्याउनुपर्ने हुन्छ । सरकारी स्वामित्वमा रहेका राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको पुँजी आठ अर्ब पुगिसकेको छ । नेपाल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक र ग्लोबल आईएमई बैंकको चुक्तापुँजी हाल ६ अर्बभन्दा माथि छ ।


Source: bankingkhabar

AddToAny