Saturday, October 8, 2016

दशैंमा सुनको भाउ तीन हजार घट्यो, किन्ने हैन त !

काठमाडाैं, असाेज २२ पछिल्लो दुई सातामा सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ घटेको छ । असोज ९ गते ५९ हजार रुपैयाँ तोलामा कारोबार भएको सुन लगातार घटेर शुक्रबार ५६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । साताको अन्तिम दिन तोलामा ३ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । दुई साताको बिचमा गएको बुधबार एकै दिन सुन तोलामा ११ सय रुपैयाँले घटेको थियो ।



Source: arthatantra

सिनर्जी पावरले आयोजना प्रभावितका लागि निष्काशन गरेको साधारण शेयर बाँडफाँड गर्यो (नतिजा सहित) ।

सिनर्जी पावर डेभलपमेन्ट कम्पनी (SPDL) ले बिद्युत आयोजना प्रभावित दोलखाका ६ गाउँ बिकास समितिका जनताका लागि निष्काशन गरेको ७ लाख कित्ता साधारण शेयर बाँडफाँड गरेको छ । कम्पनीले गत साउन १६ गतेदेखि उक्त शेयर निष्काशन गरेको थियो । मेरोलगानीले आयोजना प्रभावितहरुलाई परेको शेयर सहति यो सामग्री प्रकाशित गरेको छ ।




Source: merolagani

Friday, October 7, 2016

दशैंमा सबै पैसा नसक्नुहोस् है, आउँदैछ अरुण काबेलीको ३० करोडको आइपीओ ।

काठमाण्डौ । दशैंको मोजमस्तीमा भएको पैसा सबै सक्नुहुँदैछ ? एकछिन पख्नुहोस्, नियन्त्रित ढंगले रमाइलो गर्नुहोला, भएको पैसा सबै नसक्नुहोला । कारण तपाईंका लागि अरुण कावेली पावर लिमीटेडले दशैं लगत्तै लगानीको राम्रो अवसर खुलाउँदैछ ।


Initial Public Offering (IPO)
Source: bizshala

Why should we invest in Mutual Funds?



Watch this video to learn how you can benefit by investing in mutual funds. Even with a small amount of regular investment or lump sum investment, you will help grow your wealth over a long period of time. Watching this video enables you knowing why investing in mutual funds is a smart idea!

Republished for Education, Information & Knowledge!

Source: IDFC Mutual Fund

अरुण काबेलीको आइपीओ कात्तिक ७ देखि खुला, आवेदन फारम भर्न कहाँ जाने ?

काठमाडौं : अरुण काबेली पावर लिमिटेडको आइपीओ कात्तिक ७ गतेदेखि निष्कासन खुला हुने भएको छ । कम्पनीले एक सय रूपैयाँ अंकित मूल्यको ३० लाख कित्ता आइपीओ जारी गर्न लागेको हो । ३० लाख कित्तामध्ये तीन प्रतिशत कर्मचारीलाई छुट्याइएको छ भने पाँच प्रतिशत सामूहिक लगानी कोषले पाउनेछन् । जस अनुसार एक लाख ५० हजार कित्ता सामूहिक लगानी कोषको भागमा पर्न आउँछ ।



Source: nepalipaisa

हेर्नुहोस, यी कम्पनीमा के के भयो ? आधा दर्जन बढी सुचिकृत कम्पनीका शुक्रबारका खबर यस्ता छन् ।

दशैं विदा सुरु हुने अहिल्लो दिन विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा सञ्चालक नियुक्तिदेखि राष्ट्र बैंकबाट बोनसको प्रस्ताव स्वीकृत तथा शेयर रजिष्ट्रार परिवर्तन भएका छन् । नेपाल इन्भेष्टमेण्ट बैंक, मितेरी डेभलपमेण्ट बैंक, एस डेभलपमेण्ट बैंक, जनउत्थान सामुदायिक लघुवित्त लगायत कम्पनीका सम्बन्धमा शुक्रबार आएका खबर यस्ता छन् ।



Source: merolagani

कार्तिक २ गते भित्र इन्स्योरेन्सको सेयर किन्नुहोस्, आयो १७ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद !

काठमाण्डौं । प्रभु इन्स्योरेन्सले लगानीकर्तालाई १७ प्रतिशत बोनस बितरण पश्चात कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव सहित साधारण सभा बोलाएको छ । इन्स्योरेन्स सञ्चालक समितिको बैंठकले हाल कायम चुक्ता पूँजीको १७ प्रतिशत बोनस तथा सोको कर प्रयोजनका लागि शुन्य दशमलव ७३४ प्रतिशत नगद लाभांसको प्रस्ताव सहित साधारण सभा बोलाएको हो ।



Source: arthatantra

AddToAny