Showing posts with label Staff. Show all posts
Showing posts with label Staff. Show all posts

Wednesday, November 2, 2016

होस् गर्नुहोस्,सेयर बजारमा कम्पनी संचालक/कर्मचारीले यसरी गर्छन् चलखेल !

हामीले सेयर कारोबारमा संधै सजग रहन तपाई लगानीकर्ताहरुलाई आग्रह गर्दै आएका छौं । तपाईले आफ्नो लगानी गर्दा विचार पुर्याउनुभएन भने आजको लगानी भोलिका लागि टाउको दुखाईको विषय बन्नपति सक्छ, त्यसैले लगानी टाउको दुखाईको विषय नबनोस्, सेयरबाट तपाई लगानीकर्ता सबैले फाईदा लिनुहोस् भन्ने हाम्रो मुख्य उदेश्य हो ।

वास्तवमा आज हामी सूचना चुहाएर कम्पनीका संचालक, कर्मचारी र कम्पनी संचालन गर्न मुख्य ओहदामा बसेर ʽभित्री कारोबारʼ गर्नेहरुको क्रियाकलापको चर्चा गर्दैछौं ।


Source: arthatantra

Friday, October 7, 2016

अरुण काबेलीको आइपीओ कात्तिक ७ देखि खुला, आवेदन फारम भर्न कहाँ जाने ?

काठमाडौं : अरुण काबेली पावर लिमिटेडको आइपीओ कात्तिक ७ गतेदेखि निष्कासन खुला हुने भएको छ । कम्पनीले एक सय रूपैयाँ अंकित मूल्यको ३० लाख कित्ता आइपीओ जारी गर्न लागेको हो । ३० लाख कित्तामध्ये तीन प्रतिशत कर्मचारीलाई छुट्याइएको छ भने पाँच प्रतिशत सामूहिक लगानी कोषले पाउनेछन् । जस अनुसार एक लाख ५० हजार कित्ता सामूहिक लगानी कोषको भागमा पर्न आउँछ ।



Source: nepalipaisa

Saturday, October 1, 2016

‘जसले राजा वीरेन्द्रको हत्या गर्‌यो उसैले ज्ञानेन्द्रलार्इ गद्दीहीन बनायो’ ।

काठमाडौँ २० भदौ । श्री ५ पृथ्वी वीरविक्रम (राजा त्रिभुवनका पिता) राजा हुँदा राममणि आदी (आचार्य दीक्षित) संवत् १९६६ कात्तिक ४ गतेदेखि राजदरबारको सेवामा प्रवेश गरेका थिए । सुल्टोलाई उल्टो र उल्टो कुरालाई सुल्टो जस्तो बनाएर कतिपय कर्मचारी एवं चाकडीबाजहरूले राजालाई पनि ढाँट्थे भनेर उनले ‘प्राचीन संस्मरण’ पुस्तकमा लेखेका छन् ।

जंगबहादुर कुँवरले कोतपर्वमा आफ्ना प्रतिद्वन्द्वी र शत्रु मासेर शासनको बागडोर लिई तानाशाही चलाए । उनलाई प्रधानमन्त्री र प्रधानसेनापति बनाइएपछि विशेषाधिकार प्राप्त गरे । कुँवरको सट्टा ‘राणा’ लेख्ने अनुमति पाए । अन्ततः राणाहरूले १०४ वर्षसम्म राजाहरूलाई कैदीजस्तै बनाएर पिँजडाको सुगासरह व्यवहार गरे ।

त्यसैले शाहवंशका राजाहरूले २४० वर्ष शासन–प्रशासन चलाए भनेर लेख्ने इतिहासकारहरूले आफ्ना लेख र पुस्तकहरू संशोधन गर्नैपर्छ । दैनिक खर्चसमेत श्री ३ महाराजबाट आशा गर्नुपर्ने राजाहरूले तानाशाही चलाएर जनताको अधिकार कुण्ठित गरे भन्दै नयाँ पुस्तालाई भ्रामक, असत्य र आधारहीन कुरा सिकाउनु ठूलो अपराध हो ।



Source: medianp

AddToAny