Showing posts with label History. Show all posts
Showing posts with label History. Show all posts

Tuesday, January 3, 2017

‘सनकी’ अर्बपतिहरू ।

पुस १६, २०७३- विश्वका धनाढ्यहरूको सूची जारी गर्ने अमेरिकी अखबार ‘फोब्र्स’ को ३० वर्ष इतिहासमा २ हजारभन्दा बढी अर्बपति सूचीकृत भइसकेका छन् । तिनीहरू सम्पत्तिका लागि धनी त छँदै छन्, केही भने आफ्नो पोजिसनलाई लामो समयसम्म कायमै राखेका छन् । तीमध्ये केही सहयोगी र मानव परोपकारमा खर्च गर्ने स्वभावका छन् भने केही त्यसको साटो आफ्नो धनलाई प्रदर्शनको सामग्रीसमेत बनाएका छन् । त्यस्तै केहीले आफ्नो ‘सनकी’ स्वभाव पनि देखाएका छन् । तीमध्ये धेरै त खर्च गर्ने मामिलामा निकै अगाडि पनि भेटिएका छन् । अजरबैजानमा जन्मेका अर्बपति गड (जसको कुल सम्पत्ति ३ अर्ब अमेरिकी डलर छ) ले आफ्नो विवाहमा १० लाख डलर खर्चे ।



Source: kantipur

Monday, October 17, 2016

What $1,000 Invested in Apple, Netflix and More 10 Years Ago Is Worth Today

If only we had access to a time travel machine.

Over the past 10 years, the stock market has experienced one of its most severe declines in history followed by a robust rally, which is still going on. During this time, some company stocks have thrived while others have struggled to stay afloat.







Source: Money

Saturday, October 1, 2016

‘जसले राजा वीरेन्द्रको हत्या गर्‌यो उसैले ज्ञानेन्द्रलार्इ गद्दीहीन बनायो’ ।

काठमाडौँ २० भदौ । श्री ५ पृथ्वी वीरविक्रम (राजा त्रिभुवनका पिता) राजा हुँदा राममणि आदी (आचार्य दीक्षित) संवत् १९६६ कात्तिक ४ गतेदेखि राजदरबारको सेवामा प्रवेश गरेका थिए । सुल्टोलाई उल्टो र उल्टो कुरालाई सुल्टो जस्तो बनाएर कतिपय कर्मचारी एवं चाकडीबाजहरूले राजालाई पनि ढाँट्थे भनेर उनले ‘प्राचीन संस्मरण’ पुस्तकमा लेखेका छन् ।

जंगबहादुर कुँवरले कोतपर्वमा आफ्ना प्रतिद्वन्द्वी र शत्रु मासेर शासनको बागडोर लिई तानाशाही चलाए । उनलाई प्रधानमन्त्री र प्रधानसेनापति बनाइएपछि विशेषाधिकार प्राप्त गरे । कुँवरको सट्टा ‘राणा’ लेख्ने अनुमति पाए । अन्ततः राणाहरूले १०४ वर्षसम्म राजाहरूलाई कैदीजस्तै बनाएर पिँजडाको सुगासरह व्यवहार गरे ।

त्यसैले शाहवंशका राजाहरूले २४० वर्ष शासन–प्रशासन चलाए भनेर लेख्ने इतिहासकारहरूले आफ्ना लेख र पुस्तकहरू संशोधन गर्नैपर्छ । दैनिक खर्चसमेत श्री ३ महाराजबाट आशा गर्नुपर्ने राजाहरूले तानाशाही चलाएर जनताको अधिकार कुण्ठित गरे भन्दै नयाँ पुस्तालाई भ्रामक, असत्य र आधारहीन कुरा सिकाउनु ठूलो अपराध हो ।



Source: medianp

AddToAny