Showing posts with label World's Wealthiest List. Show all posts
Showing posts with label World's Wealthiest List. Show all posts

Tuesday, January 3, 2017

‘सनकी’ अर्बपतिहरू ।

पुस १६, २०७३- विश्वका धनाढ्यहरूको सूची जारी गर्ने अमेरिकी अखबार ‘फोब्र्स’ को ३० वर्ष इतिहासमा २ हजारभन्दा बढी अर्बपति सूचीकृत भइसकेका छन् । तिनीहरू सम्पत्तिका लागि धनी त छँदै छन्, केही भने आफ्नो पोजिसनलाई लामो समयसम्म कायमै राखेका छन् । तीमध्ये केही सहयोगी र मानव परोपकारमा खर्च गर्ने स्वभावका छन् भने केही त्यसको साटो आफ्नो धनलाई प्रदर्शनको सामग्रीसमेत बनाएका छन् । त्यस्तै केहीले आफ्नो ‘सनकी’ स्वभाव पनि देखाएका छन् । तीमध्ये धेरै त खर्च गर्ने मामिलामा निकै अगाडि पनि भेटिएका छन् । अजरबैजानमा जन्मेका अर्बपति गड (जसको कुल सम्पत्ति ३ अर्ब अमेरिकी डलर छ) ले आफ्नो विवाहमा १० लाख डलर खर्चे ।



Source: kantipur

AddToAny