Showing posts with label American. Show all posts
Showing posts with label American. Show all posts

Tuesday, January 3, 2017

‘सनकी’ अर्बपतिहरू ।

पुस १६, २०७३- विश्वका धनाढ्यहरूको सूची जारी गर्ने अमेरिकी अखबार ‘फोब्र्स’ को ३० वर्ष इतिहासमा २ हजारभन्दा बढी अर्बपति सूचीकृत भइसकेका छन् । तिनीहरू सम्पत्तिका लागि धनी त छँदै छन्, केही भने आफ्नो पोजिसनलाई लामो समयसम्म कायमै राखेका छन् । तीमध्ये केही सहयोगी र मानव परोपकारमा खर्च गर्ने स्वभावका छन् भने केही त्यसको साटो आफ्नो धनलाई प्रदर्शनको सामग्रीसमेत बनाएका छन् । त्यस्तै केहीले आफ्नो ‘सनकी’ स्वभाव पनि देखाएका छन् । तीमध्ये धेरै त खर्च गर्ने मामिलामा निकै अगाडि पनि भेटिएका छन् । अजरबैजानमा जन्मेका अर्बपति गड (जसको कुल सम्पत्ति ३ अर्ब अमेरिकी डलर छ) ले आफ्नो विवाहमा १० लाख डलर खर्चे ।



Source: kantipur

Thursday, October 13, 2016

शेयर बजारका पिता वॉरेन बफेटबाट युवाले सिक्नै पर्ने कुरा ।

अमेरिकीको वॉरेन बफेटको नाम नसुन्ने शेयर लगानीकर्ता संसारमा कमै होलान् । कुनै यस्तो कारोबार पत्रिका, अखबार , टीभी च्यानल छैन जसमा उनी बारे चर्चा नभएको होस् । बिल गेट र कार्लोस स्लिमपछि वॉरेन संसारको तेस्रो सबैभन्दा ठुलो उचाईमा पुगेका व्यक्तिको रुपमा लिइन्छ । वॉरेन बफेट आज संसारको सबैभन्दा धनी मानिन्छन् । यहा हामी वॉरेन बफेट धनपति हुनुको कारण बारे चर्चा गरिरहेका छैनौं । अथाह सम्पतिको मालिक भएपनि उनको जीवन शैलीको कुरा गर्दैछौ ।



Source: aarthiknews

यसरी बदलियो एउटा सपना २५ अर्बको सम्पत्तिमा !

उनले आफ्नो करिअर अरु सामान्य कलेज जीवन जस्तै बिताए । त्यतिबेला उनीसँग पैसा थिएन, जीवनमा के गर्ने भन्ने लक्ष्य थिएन र आफ्नो जीवन पूर्ण रुपमा एकाउण्टेण्टको जागिरमै बित्ने जस्तो उनको अवस्था थियो । तर यो केमा बदलियो भन्दा एउटा अभूतपूर्ण अमेरिकी व्यापारीको सफलताको कथामा जसले सय अर्बको स्पोर्टसवेयरको भव्य कम्पनी बन्न सफल भयो । यो सफलताको कथा नाइकी कम्पनीका सहसंस्थापक फिल नाइटको हो, जसले आफ्नो पागलपन जस्तो लाग्ने सपनालाई यथार्थतामा बदले । यी ७८ वर्षीय धनाढ्यले नाइकीको सफलता पछाडिको कहानी आफ्नो नयाँ संस्मरण ‘शु डग’मा उल्लेख गरेका छन् ।



Source: arthatantra

AddToAny