Sunday, October 16, 2016

भोलीबाट सिभिल बैंक र इन्टरनेशनल लिजिङ्ग एण्ड फाईनान्सको एकिकृत कारोवार, चुक्ता पुँजी ५ अर्ब पुग्दै ।

काठमाडौं, असोज ३० । सभिल बैंक (Civil bank/CBL) र इन्टरनेशनल लिजिङ्ग एण्ड फाईनान्स कम्पनी (ILFC)को कात्तिक १ गते (भोली)बाट संयुक्त कारोवार शुरु हुने भएको छ । मर्जर पछि बैंकको नाम सिभिल बैंक नै रहेको र बैंकको संचालक तथा उच्च व्यवस्थापनमा पनि कुनै परिर्वतन नभएको बैंकले जनाएको छ ।



Source: aarthiknews

काष्ठमण्डप डेभलपमेन्ट बैंकले २३ प्रतिशत बोनस दिने, पूँजी ८३ करोड रुपैयाँ पुग्ने ।

काठमाडौं, ३० असोज । काष्ठमण्डप डेभलपमेन्ट बैंकले लगानीकर्तालाई २३ प्रतिशत बोनस दिने भएको छ । साथै, बैंकले एक दशमलब ६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

उक्त निर्णय बैंकको आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंक तथा बैंकको अगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।




Source: bikashnews

Friday, October 14, 2016

आइपिओको पर्खाइमा हुनुहुन्छ ? अब एक मात्र विकल्प जलविद्युत कम्पनी ।

काठमाडौं, २५ असोज । कम्पनीहरुले सर्बसाधारणलाई दिने साधारण सेयर ९आइपिओ० को पर्खाइमा हुनुहुन्छ भने अवको एक मात्र विकल्प जलविद्युत कम्पनी मात्रै हुन् । पूजी बजारमा उल्लेख्य सहभागिता रहेको बैंक तथा वित्तीय संस्थाको दर्ता बन्द भएको, बीमा कम्पनी पनि नयाँ आउन नदिने अघोषित नीति र उत्पादनमुलक क्षेत्रलाई पूजी बजारमा भित्र्याउन आवश्यक पहल नभएको कारण जलविद्युत कम्पनीको विकल्प नदेखिएको हो ।


Source: bikashnews

लगानी गर्ने रकमको अभाव हुन थालेपछि बचतकर्तालाई दिने ब्याजदर बढ्यो ।

काठमाडौं, असोज २९ । बैंक तथा वित्तीय संस्थाहरूले तत्काल लगानी गर्न मिल्ने रकम (तरलता) अभाव हुन थालेपछि बचतकर्तालाई दिने ब्याज बढाउन थालेका छन् ।

रकम कम हुँदै गएपछि बैंकहरूले गत वर्षभन्दा झन्डै दोब्बर ब्याज दिएर निक्षेप तान्न थालेका हुन् । दसैंअघि बैंक तथा वित्तीय संस्थाले एकवर्षे मुद्दती खातामा साढे ८ प्रतिशतसम्म ब्याज दिएका छन् ।



Source: aarthiknews

दसैं अघि भएको कारोबारको रकम भुक्तान गर्न नसकेपछि फेरि अर्को सेयर दलाललाई सात दिने बन्देज ।

सेयर किनबेच गरिएको रकम राफसाफ गर्न नसकेपछि फेरि अर्को सेयर दलालको कारोबार सात दिनका लागि रोक्का भएको छ । दसै अगाडि किनबेच गरिएको सेयरको रकम राफसाफ गर्न नसकेपछि पाँच नम्बर सेयर दलाल मार्केट सेक्युरिटिज एक्सेचन्ज कम्पनी प्राईभेट लिमिटेड सात दिनका लागि कारोबार गर्नबाट बंचित भएको हो ।



Source: merolagani

राष्ट्रिय प्रसारण लाइन विस्तार गरेपछि लघु जलविद्युत आयोजना धमाधम बन्द ।

काठमाडौं, असोज २९ । विद्युत् प्रधिकरणले विद्युतीकरणका नाममा वातावरण मन्त्रालयअन्तर्गतको वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रसँग समन्वय नगरी राष्ट्रिय प्रसारण लाइन विस्तार गरेपछि ती क्षेत्रमा सञ्चालित लघु जलविद्युत आयोजना धमाधम बन्द हुन थालेका छन् ।



Source: aarthiknews

गुहेश्वरी मर्चेन्ट बैंकिङ् एण्ड फाइनान्सले ५ करोड ५६ लाख रुपैयाँ लाभांश दिने ।

काठमाडौं, २८ असोज । गुहेश्वरी मर्चेन्ट बैंकिङ् एण्ड फाइनान्सले ५ करोड ५६ लाख रुपैयाँ लाभांश दिने भएको छ । बैंकले ५ करोड २८ लाख ७३ हजार रुपैयाँ बोनस र कर प्रयोजनको लागि २७ लाख ८२ हजार ७९४ रुपैयाँ नगद लाभांश गरि साे मात्रामा लाभांश दिने निर्णय गरेको छ ।



Source: bikashnews

AddToAny