Saturday, November 19, 2016

सेयर सूचक झरिरहेको बेला विकास बैंकको हकप्रद किन्ने कि नकिन्ने ?

काठमाण्डौं । सेवा विकास बैंकले मंसिर २३ गतेबाट १२० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। पुस २७ गतेसम्म भर्न पाइने बैंकको सेयर असोज १९ गतेसम्म कायम सेयरधनीले पाउने छन्।



Source: arthatantra

आधा अर्बको कारोबारले नथेगेको एभरेष्ट बैंक ‘पुर्णिमा पछिको औंशी’ !

बिहीवार एभरेष्ट बैंकको एकै दिन ५१ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भयो । खुद्रा (ब्लक बाहेकको) कारोबारबाट एकै दिन एउटा कम्पनीको यत्रो रकमको शेयर किनबेच भएको सम्भवतः इतिहासमा नै पहिलो पल्ट हो ।

बैंकको ७० प्रतिशत बोनस र ३० प्रतिशत हकप्रद शेयरको घोषणाले उच्च परिणाममा कारोबार भएको प्रष्टै छ । तरपनि यस बैंकको कारोबारमा मुल्य बढ्न नसकेकोमा भने धेरैले अचम्म मानेका छन् । यत्रो घोषणापछि पनि बैंकको मुल्य घट्यो भन्ने प्रश्न धेरैले गरेका छन् ।


दिपक शाक्य, शेयर लगानीकर्ता
Source: aarthiknews

बैंकको सेयर छ भने १९ प्रतिशत बोनस लिन अगाडि बढ्नोस् !

काठमाडौ। त्रिवेणी विकास बैंकले १९ प्रतिशत बोनस सेयर दिने भएको छ । मंसिर १ गते बसेको बैंक सञ्चालक समितिले उक्त निर्णय गरेको हो । बैंकले मंसिर २४ गतेलाई साधारणसभा भरतपुरमा बोलाएको छ ।

हाल बैंकको चुक्ता पुँजी ८२ रुपैयाँ छ । बैंकले २ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन खुला गरेको छ । हकप्रद सेयर आवदेन मंसिर २७ गतेसम्मको लागि खुला रहेको छ ।



Source: arthatantra

कमाईसँगै पूँजी बढाउँदै सेवा विकास बैंक, एक सय १२ प्रतिशत हकप्रद मंसिर २३ देखि ।

सेवा विकास बैंक (SEWA) ले यहि मंसिर २३ गतेदेखि एक सय १२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकले शुक्रबार नै आफ्नो कमाईमा उल्लेख्य प्रगति भएको वित्तीय विबरण समेत सार्वजनिक गरेको छ । बैंकले असोज मसान्तसम्ममा २ करोड ६४ लाख रुपैंया खुद नाफा कमाएको छ ।



Source: merolagani

विकास बैंकका सेयरधनीलाई खुसीको खबर,२० प्रतिशत बोनसपछि २१४ प्रतिशत हकप्रद !

काठमाडौ । कन्काई विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १३ लाख १५ हजार ७८९ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो ।


Source: arthatantra

सेयर बजारको निरन्तर ओरालो सम्झेर नआत्तिनुस्, यो साता थाहा हुन्छ !

काठमाण्डौं । सेयर बजार ऐतिहासिक उचाइबाट फर्किएको छ। १८८१ को उचाइबाट तल ओर्लिन थालेको सेयर बजारमा अहिले अलिकति ‘होल्ड’ भएर बस्ने प्रबृत्ति देखिएको छ।

आधारभुत र प्राविधिक हिसावले पनि बजार केही समय होल्ड भएर बस्ला जस्तो देखिन्छ। खासगरी तरलता, ब्याजदर र वाह्य कारणहरुले बजार झरेको हो। बजार लगातार झर्ने मात्र भन्ने हुँदैन। उच्च आजको दिनसम्म बजार करिव २२० अंकले ओर्लिएको छ। त्यसैले केही समय होल्ड हुन्छजस्तो लाग्छ।



Source: arthatantra

सेयर नपरेको पैसा पाँच वर्षसम्म फिर्ता नलिए कोषमा जाने, नगद लाभांश पनि ।

काठमाडौं : पब्लिक कम्पनीले वितरण गर्ने लाभांश पाँच वर्षसम्म पनि लिन नगएमा अबदेखि लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने भएको छ । 

कम्पनी रजिष्ट्रार कार्यालयले नेपाल स्टक एक्सचेन्जमार्फत सबै सूचीकृत कम्पनीलाई सर्कुलर पठाउँदै यस्तो जानकारी दिएको हो ।


Source: nepalipaisa

AddToAny