Friday, December 9, 2016

लगानी सम्मेलनः सन् २०३० सम्म नेपालको आर्थिक अवस्था कस्तो हुन्छ ?

काठमाडौ । अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपाल उपयुक्त गन्तव्य हो भन्ने विश्वास दिलाउन आगामी फागुन १९ र २० गते काठमाडौँमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन हुने भएको छ ।सम्मेलन निर्देशक समितिका अध्यक्ष तथा उद्योगमन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा सिंहदरबारस्थित उद्योग मन्त्रालयमा भएको बैठकले काठमाडौँमा मुलुकका विभिन्न क्षेत्रमा गर्न सकिने लगानीका अवसर र सम्भावनाका विषयमा दुईदिने लगानी सम्मेलन गर्ने निर्णय गरिएको हो ।



Source: arthatantra

तपाईको खाता कुन बैंकमा छ ? सेयरमा खाताबाटै लगानी गर्न क वर्गका बैंकमा खाता हुनुपर्ने ।

पहिलो चरणमा ‘क’ वर्गका बैंकमा लागु हुँदैछ आस्वा ।

काठमाण्डौँ । सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले अब आफ्नै खाता भएको बैंकबाटै सोझै लगानी गर्न सक्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले कार्यान्वयनमा ल्याउन लागेको ‘आस्वा’(एप्लिकेसन सपोर्टेड बाइ बल्क्ड एमाउन्ट) प्रणालीले लगानीकर्तालाई आफ्नो खाता रहेको बैंकबाट नै सेयरमा सहज रुपमा लगानी गर्न मार्गप्रशस्त गर्न लागेको हो ।



Source: arthatantra

अब एककित्ता सेयर पनि किन्न पाइने, एकमहिनापछि नयाँ व्यवस्था ।

काठमाण्डौ । सेयरको नियमित कारोबारमा बजार मूल्य प्रभावित नहुने गरी अब एक पटकमा १० कित्ताभन्दा कम सेयर किनबेच हुने व्यवस्था लागू हुने भएको छ । 

यो व्यवस्था लागूू गराउन नेपाल स्टक एक्सचेञ्जले गृहकार्य थालेको र यो व्यवस्था भएपछि हाल नियमित कारोबारमा १० कित्ताभन्दा कम सेयर किनबेच गर्न नपाइने नियम स्वतः हट्नेछ ।

nepse
Source: bizshala

प्रभूको साधारणसभामा ग्राण्डका सेयरधनी पनि सहभागी हुन पाउने, ४० प्रतिशत हकप्रदको पनि हकदार ।

काठमाण्डौ । ग्राण्ड बैंकका सेयरधनीले पनि आगामी पुस ८ गते हुन लागेको प्रभू बैंकको १८ औं वार्षिक साधारणसभामा सहभागिता जनाउन र मत व्यक्त गर्न समेत पाउने भएका छन् ।


Prabhu Bank Limited
Source: bizshala

सिद्धार्थ डेभलपमेण्ट बैंकको २४ प्रतिशत बोनस र ६० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित ।

काठमाडौं, २४ मंसिर । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडको गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई २४ प्रतिशत बोनस दिने प्रस्ताव पारित भएको छ । बैंकको उक्त प्रस्तावलाई शुक्रबार बसेको बैंकको १७ औं बार्षिक साधारणसभाले पारित गरेको हो । साथै, उक्त सभाले बैंकको ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्तावलाई पनि पारित गरेको छ ।



Source: bikashnews

के हाे अास्वा प्रणाली ? लगानीकर्ताले आस्वा प्रणालीबाट लिन सक्ने पाँच फाइदाहरु र यसबाट लाभ लिने तरिका ।

नेपालको पूँजीबजारलाई सुधार गर्दै जाने क्रममा नेपाल धितोपत्र बोर्डले हाल सालै ‘धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३’ र ‘धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका २०७३’ जारी गरेको छ । बोर्डले २०७३ माघदेखि धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका २०७३ लागू हुने जनाएको छ ।



Source: bikashnews

निःशुल्क सेयर आवेदन बुझाउने यूगको अन्त्य, प्रतिआवेदन न्यूनतम १०० र ५० हजार भन्दा बढीको आवेदनमा २५० सेवा शुल्क लाग्ने ।

काठमाडौं, २३ मंसिर । सर्बसाधारणका लागि निष्काशन गरिएको सेयर लिनको लागि निःशुल्क आवेदन बुझाउने यूगको अन्त्य भएको छ । माग १ गतेदेखि साधारण सेयर लिन आवेदन गर्नेले प्रति आवेदन १०० रुपैयाँ र ५० हजार रुपैयाँ भन्दा बढी रकमको सेयर आवेदन बुझाउँदा प्रति आवेदन २५० रुपैयाँ सेवा शुल्क बुझाउनु पर्नेछ ।


Source: bikashnews

AddToAny