Saturday, December 10, 2016

हकप्रद भर्न छुट्ला है, हेर्नुहोस् कुन कम्पनीको कहिलेसम्म भर्नुपर्छ ? (आवेदन फारम र विबरण हेर्ने तरिका सहित)

पछिल्ला दिनमा हकप्रद निष्काशन गरेका कम्पनीहरुको हकप्रद सेयर भर्न बिर्सिनु भएको त छैन ? आजभोलि धेरै जसो कम्पनीको हकप्रदमा लगानीकर्ताको आवेदन नपर्दा हकप्रदमा नबिकेको सेयर लिलामबाट बिक्री गरेर कम्पनी फाईदामा जाँदा लगानीकर्ताहरु अवसरबाट बञ्चित भैरहेका छन् । हकप्रद जारी गरेका कम्पनीहरुका लगानीकर्ताको हितमा मेरोलगानीले यो विशेष सामग्री तयार पारेको छ । यसबाट तपाईले आफ्नो हकप्रदको विबरण जाँच्नेदेखि हकप्रदको आवेदन फारम समेत पाउन सक्नु हुन्छ ।



Source: merolagani

हकप्रद र एफपीओ बारे धितोपत्र बोर्डको नयाँ मापदण्डले अपीलाई पहिलो मार पर्दा कुन- कुन कम्पनी प्रभावित हुन्छन् ?

नेपाल धितोपत्र बोर्डले प्रत्यक्ष नियमनकारी निकाय नभएका नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत कम्पनीहरुलाई हकप्रद र थप सार्बजनिक निस्कासन (एफपीओ) जारी गर्न कडा मापदण्ड तोकेपछि केही जलविद्युत कम्पनी प्रभावित भएका छन् । आइपिओ निष्कासन गरेको दुईबर्ष पनि नपुगेको अपि पावर त सिधै प्रभावित भईहाल्यो, यसबाट सानिमा माइ हाइड्रो, अरुण भ्याली र बुटवल पावर कम्पनी तत्काल प्रभावित हुने देखिएको छ ।


Source: merolagani

लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु (Investment Guidelines)

तपाई सेयर बजारको लगानीकर्ता हो र कम्पनीको सेयरमा लगानी गर्दा यी कुराहरुमा ध्यान दिनुहोस्  

१. सार्वजनिक निष्काशन (Public Issue) भएको समयमा धितोपत्र खरीद गर्दाः
  • निष्काशनकर्ता कम्पनीको विवरणपत्र अध्ययन गरी कम्पनीको कार्य सम्पादन स्थिति, वित्तीय स्थिति (नेटवर्थ, नाफा नोक्सान स्थिति आदि), व्यवस्थापन पक्ष, जोखिम पक्ष जस्ता महत्वपूर्ण कुराहरुको विश्लेषण गरेर मात्र लगानी सम्बन्धी निर्णय गर्नुहोस् ।
  • विवरणपत्र लगायत निष्काशनकर्ता कम्पनीसँग सम्बन्धित अन्य अद्यावधिक विवरणहरुका लागि निष्काशनकर्ता कम्पनी, निष्काशन तथा बिक्री प्रबन्धक र तोकिएका दरखास्त संकलन केन्द्रहरुमा सम्पर्क राख्नुहोस् ।


Source: ram-krishna

आकृति र बजार घटबढसँग त्यसको सम्बन्ध ।

मंसिर ६, काठमाडौं । शेयरबजारको विश्लेषणमा मूख्य त आधारभुत र प्राविधिक गरि दूई विधी प्रचलित छन् । प्रविधिक विश्लेषणमा ट्रेन्ड लाइनले बनाउने विभिन्न आकृतिले आगामि दिनमा बजार घट्ने वा बढ्ने कुरालाई संकेत गरिरहेको हुन्छ । प्रस्तुत छ टे«न्ड लाइनले बनाउने आकृति र बजार घटबढसँग त्यसको सम्बन्धबारेको यो समाग्री ।



सेयर बजारको तपाई कस्तो लगानीकर्ता हो ?

नेपाल स्टक एक्सचेञ्जमा पछिल्लो एक महिना तीब्र उतार चढाव देखिएको छ। नोभेम्बर ७ मा १७४९ मा रहेको नेप्से परिसूचक २०० अंकले झरेको छ। सोमबार १५४४ अंकमा बजार बन्द भएको हो।



Source: nepalipaisa

बजार घट्दा चिन्तित हुनुहुन्छ ? यसो गर्नुस् झरिरहेको बजारबाट पनि लाभ लिन सकिन्छ ।

काठमाडौं : सेयर बजार सुस्त हुँदै गएको छ । यो साता परिसूचकमात्र होइन, कारोबार रकममा पनि ह्रास देखियो । यो क्रमले अझै केही समय निरन्तरता पाउने सम्भावना बढेको छ ।

घट्दो बजारमा कसरी लगानी रणनीति अघि बढाउने पक्षमा अब लगानीकर्ता सचेन हुन आवश्यक छ । बजार बढेका बेला जस्तासुकै कम्पनीको पनि सेयर भाउ बढ्ने प्रवृत्ति हुन्छ । बुलिस ट्रेन्डमा पुँजीगत लाभ नै बेस्सरी हुने भएकाले लगानीकर्ताको ध्यान खासै लाभांशतिर गएको हुँदैन ।



Source: nepalipaisa

Stock Update Nepal -Share Sikchhya Karyakram With Mr. Sandeep Rana.

This video clip shows a presentation given by Mr. Sandeep Rana, MD. Sharesansar.com, on the balance sheet published by different companies and its profit and loss, major ratio, quarterly reports, EPS, P/E Ratio, etc.

Republished for Stock Market Education, Information and Knowledge.



Video source: Bazaar Guru

AddToAny