Tuesday, January 3, 2017

लौ आयो नेपाल लाईफको एफपिओ, कहाँबाट दिने आवेदन ?

काठमाडौं, पुस १९ । नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी (NLIC) ले ३० लाख ९६ हजार ४ सय २९ कित्ता फर्दर पब्लिक अफरिङ एफपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले यही पुस २७ गतेबाट एफपिओ निष्काशन गर्ने भएको हो ।
अंकित मूल्य १०० रुपैयाँमा १३२५ प्रिमियम थपेर कम्पनीले प्रतिकित्ता १४ सय २५ मा एफपिओ निष्काशन गर्न लागेको हो ।

कम्पनीको शेयरमा न्युनतम १० कित्ता (१४ हजारर २५० रुपैयाँ) देखि अधिकतम ३० हजार ९६० कित्ता (४ करोड ४१ लाख १८ हजार रुपैयाँ) सम्म आबेदन गर्न पाईने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।



Source: aarthiknews

Sunday, January 1, 2017

घाटा नखाने भए यसरी गर्नुस लगानी ।

ती धेरै लगानीकर्ता जस्ले सेयर बजारमा पैसा गुमाइराखेका छन ती हुन तपाईं र म जस्तै थुप्रै साना तथा नयाँ लगानीकर्ता जो लगानीकानिम्ति अनालाइन मिडिया र सामाजिक सन्जालमा लेखिएका पोस्टहरु हेरेर लगानी गर्ने गर्दछौ । सेयर बजारबाट पैसा कमाउनकानिम्ति सहि ज्ञान अनि अनुशासनको खाचो रहन्छ । तर हामीजस्ता साना तथा नयाँ लगानीकर्तामा न त सहि ज्ञान छ, न त अनुशासन नै ! त्यसैले त हामीहरुले पैसा गुमाइराखेका छौ । यहाँ म लगानीका त्यस्ता १० शुत्र बताउन गईराखेको छु, जुन शुत्रहरुलाई तपाईले आफ्नो लगानीमा अनुसरण गर्नुभयो भने अबदेखि तपाइले सेयरबजारमा कहिल्लै पैसा गुमाउन पर्नेवाला छैन ।



Source: arthasarokar.

Thursday, December 29, 2016

बुबाको पेन्सन सेयर बजारमा डुबेपछि निन्द्रा लाग्न छोड्यो ।

धेरै दिन भो गहिरो निद्रामा सुत्न नसकेको । ६ महिना देखिको नेप्सेको उतारचढाव चढाव नै मेरो निद्राको उतारचढाव प्रमुख कारण हो । गत बर्ष देखि पूँजी बजारमा प्रवेश गरेकी सिकारु लगानीकर्ता । विद्यार्थी जीवनबाट भर्खर सामान्य जागिर गरेकी । मेरो जागिरको सानो बचत, बुवा आमाले माया गरेर दिएको केही पैसा, दाजु र भिनाजुबाट प्राप्त रकम समेत खाई नखाई र लुकाई राखेको पैसाले गत वर्ष देखि शेयर बजारमा प्रवेश गरे । सायद म बजार प्रवेश गर्दा नेप्से १२०० को हाराहारी थियो ।

बोनस र हकप्रदको लोभले एसबीआईको एफपीओमा थामिनसक्नु आवेदन ।

काठमाण्डौ । प्रिमियम मूल्यमै एफपीओ खरीद गरे लगत्तै आकर्षक बोनस र हकप्रद समेत पाउने भएपछि नेपाल एसबीआई बैंकले खुलाएको एफपीओमा दोश्रो दिनमै मागभन्दा २२ गुणा बढी आवदेन परेको छ ।

यो बैंकले नेपाल राष्ट्रबैंकको नीति अनुसार आफ्नो कम्पनीमा संस्थापक र साधारण सेयरको सेयर स्वामित्व संरचना मिलाउन ६७ हजार ७ सय ६७.८७ कित्ता सेयरको अतिरिक्त निश्कासन पुस ११ गतेदेखि गरेको हो । प्रिमियमसहितको ९७१ रुपैयाँ प्रति कित्तामा खुलाइएको एफपीओमा थामिनसक्नुुको आवेदन परेको हो ।


nepal sbi bank ltd.
Source: bizshala

नायकदेखि निर्मातासम्म शेयर खेलाडी, लाखबाट लगानी सुरु गरेर करोडौंको पोर्टफोलियो बनाउँदै कलाकार ।

काठमाडौँ । पर्दामा अनेक चरित्र निभाएर दर्शकको मनमा राज गर्ने नायक आयुष रिजाल जब फुर्सद पाएर इन्टरनेट ‘ब्राउज’ गर्छन्, उनले ‘लग इन’ गर्न नछुट्ने साइट हो- नेपाल स्टक डट कम।

सुटिङ छैन र दिनभर फुर्सदमा छन् भने उनी पुग्ने थलो हो- शेयर ब्रोकरको अफिस। किनभने आयुषले नायकका अलावा आफ्नो अर्को परिचय पनि बनाइसकेका छन्- शेयर लगानीकर्ता। त्यसैले फुर्सदको पायो की बजारको गतिविधि अपडेट लिन आतुर भइहाल्छन् उनी।



Source: bizmandu

Thursday, December 15, 2016

सेयर बजार ‘बियरिस’ ट्रेन्डमा हुँदा पनि कमाउन सकिने १० सुत्र ।

धेरै कमाई हुने लालचमा कयौं लगानीकर्ता सेयरबजारमा आकर्षित भएका हुन्छन्। तर पुँजी बजारमा कमाउन त्यती सहज छैन। धैर्यता र लगानी अनुशासन भएर मात्र कमाउने भन्ने हुँदैन। यसका लागि बजार बारे खोज अनुसन्धान गर्ने बानी र ज्ञान पनि आवश्यक हुन्छ।



Source: bizmandu

Wednesday, December 14, 2016

सेयर बजार धेरै घट्दा तपाइँले किन्ने कम्पनीको सेयर कति सुरक्षित ? ( सेयरको बजार मूल्य, प्रति सेयर आम्दानी र मूल्य आम्दानी अनुपातको तुलनात्मक अध्ययनसहित)

लगातारको गिरावट आएर सेयर बजारमा झण्डै चार खर्बले बजार पूँजीकरण घटेको बेला सेयर किनबेच गर्दा तुलनात्मक अध्ययन गरेर लगानी गरे जोखिमबाट बच्न सकिन्छ । सेयर मूल्य कति घट्यो भन्ने हिसाब त सजिलै निकाल्न सकिन्छ तर त्यो कम्पनीको प्रति कित्ता सेयर मूल्य र प्रति सेयर आम्दानीको आधारमा मूल्य आम्दानी अनुपात (पीई रेसियो) निकालेर आफुले किनबेच गर्ने सेयरमा जोखिम कति छ भनेर जोख्नु चाँही गाह्रो काम हो ।



Source: merolagani

AddToAny