Thursday, December 29, 2016

बुबाको पेन्सन सेयर बजारमा डुबेपछि निन्द्रा लाग्न छोड्यो ।

धेरै दिन भो गहिरो निद्रामा सुत्न नसकेको । ६ महिना देखिको नेप्सेको उतारचढाव चढाव नै मेरो निद्राको उतारचढाव प्रमुख कारण हो । गत बर्ष देखि पूँजी बजारमा प्रवेश गरेकी सिकारु लगानीकर्ता । विद्यार्थी जीवनबाट भर्खर सामान्य जागिर गरेकी । मेरो जागिरको सानो बचत, बुवा आमाले माया गरेर दिएको केही पैसा, दाजु र भिनाजुबाट प्राप्त रकम समेत खाई नखाई र लुकाई राखेको पैसाले गत वर्ष देखि शेयर बजारमा प्रवेश गरे । सायद म बजार प्रवेश गर्दा नेप्से १२०० को हाराहारी थियो ।

बोनस र हकप्रदको लोभले एसबीआईको एफपीओमा थामिनसक्नु आवेदन ।

काठमाण्डौ । प्रिमियम मूल्यमै एफपीओ खरीद गरे लगत्तै आकर्षक बोनस र हकप्रद समेत पाउने भएपछि नेपाल एसबीआई बैंकले खुलाएको एफपीओमा दोश्रो दिनमै मागभन्दा २२ गुणा बढी आवदेन परेको छ ।

यो बैंकले नेपाल राष्ट्रबैंकको नीति अनुसार आफ्नो कम्पनीमा संस्थापक र साधारण सेयरको सेयर स्वामित्व संरचना मिलाउन ६७ हजार ७ सय ६७.८७ कित्ता सेयरको अतिरिक्त निश्कासन पुस ११ गतेदेखि गरेको हो । प्रिमियमसहितको ९७१ रुपैयाँ प्रति कित्तामा खुलाइएको एफपीओमा थामिनसक्नुुको आवेदन परेको हो ।


nepal sbi bank ltd.
Source: bizshala

नायकदेखि निर्मातासम्म शेयर खेलाडी, लाखबाट लगानी सुरु गरेर करोडौंको पोर्टफोलियो बनाउँदै कलाकार ।

काठमाडौँ । पर्दामा अनेक चरित्र निभाएर दर्शकको मनमा राज गर्ने नायक आयुष रिजाल जब फुर्सद पाएर इन्टरनेट ‘ब्राउज’ गर्छन्, उनले ‘लग इन’ गर्न नछुट्ने साइट हो- नेपाल स्टक डट कम।

सुटिङ छैन र दिनभर फुर्सदमा छन् भने उनी पुग्ने थलो हो- शेयर ब्रोकरको अफिस। किनभने आयुषले नायकका अलावा आफ्नो अर्को परिचय पनि बनाइसकेका छन्- शेयर लगानीकर्ता। त्यसैले फुर्सदको पायो की बजारको गतिविधि अपडेट लिन आतुर भइहाल्छन् उनी।



Source: bizmandu

Thursday, December 15, 2016

सेयर बजार ‘बियरिस’ ट्रेन्डमा हुँदा पनि कमाउन सकिने १० सुत्र ।

धेरै कमाई हुने लालचमा कयौं लगानीकर्ता सेयरबजारमा आकर्षित भएका हुन्छन्। तर पुँजी बजारमा कमाउन त्यती सहज छैन। धैर्यता र लगानी अनुशासन भएर मात्र कमाउने भन्ने हुँदैन। यसका लागि बजार बारे खोज अनुसन्धान गर्ने बानी र ज्ञान पनि आवश्यक हुन्छ।



Source: bizmandu

Wednesday, December 14, 2016

सेयर बजार धेरै घट्दा तपाइँले किन्ने कम्पनीको सेयर कति सुरक्षित ? ( सेयरको बजार मूल्य, प्रति सेयर आम्दानी र मूल्य आम्दानी अनुपातको तुलनात्मक अध्ययनसहित)

लगातारको गिरावट आएर सेयर बजारमा झण्डै चार खर्बले बजार पूँजीकरण घटेको बेला सेयर किनबेच गर्दा तुलनात्मक अध्ययन गरेर लगानी गरे जोखिमबाट बच्न सकिन्छ । सेयर मूल्य कति घट्यो भन्ने हिसाब त सजिलै निकाल्न सकिन्छ तर त्यो कम्पनीको प्रति कित्ता सेयर मूल्य र प्रति सेयर आम्दानीको आधारमा मूल्य आम्दानी अनुपात (पीई रेसियो) निकालेर आफुले किनबेच गर्ने सेयरमा जोखिम कति छ भनेर जोख्नु चाँही गाह्रो काम हो ।



Source: merolagani

Saturday, December 10, 2016

हकप्रद भर्न छुट्ला है, हेर्नुहोस् कुन कम्पनीको कहिलेसम्म भर्नुपर्छ ? (आवेदन फारम र विबरण हेर्ने तरिका सहित)

पछिल्ला दिनमा हकप्रद निष्काशन गरेका कम्पनीहरुको हकप्रद सेयर भर्न बिर्सिनु भएको त छैन ? आजभोलि धेरै जसो कम्पनीको हकप्रदमा लगानीकर्ताको आवेदन नपर्दा हकप्रदमा नबिकेको सेयर लिलामबाट बिक्री गरेर कम्पनी फाईदामा जाँदा लगानीकर्ताहरु अवसरबाट बञ्चित भैरहेका छन् । हकप्रद जारी गरेका कम्पनीहरुका लगानीकर्ताको हितमा मेरोलगानीले यो विशेष सामग्री तयार पारेको छ । यसबाट तपाईले आफ्नो हकप्रदको विबरण जाँच्नेदेखि हकप्रदको आवेदन फारम समेत पाउन सक्नु हुन्छ ।



Source: merolagani

हकप्रद र एफपीओ बारे धितोपत्र बोर्डको नयाँ मापदण्डले अपीलाई पहिलो मार पर्दा कुन- कुन कम्पनी प्रभावित हुन्छन् ?

नेपाल धितोपत्र बोर्डले प्रत्यक्ष नियमनकारी निकाय नभएका नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत कम्पनीहरुलाई हकप्रद र थप सार्बजनिक निस्कासन (एफपीओ) जारी गर्न कडा मापदण्ड तोकेपछि केही जलविद्युत कम्पनी प्रभावित भएका छन् । आइपिओ निष्कासन गरेको दुईबर्ष पनि नपुगेको अपि पावर त सिधै प्रभावित भईहाल्यो, यसबाट सानिमा माइ हाइड्रो, अरुण भ्याली र बुटवल पावर कम्पनी तत्काल प्रभावित हुने देखिएको छ ।


Source: merolagani

AddToAny