Showing posts with label Blog. Show all posts
Showing posts with label Blog. Show all posts

Thursday, August 3, 2017

"धैर्य गरौँ, सेयर बजारमा सोच्दै नसोचेका कुराहरु एकदिन 'एकादेशको कथा'बन्नेछ" (रोहन शर्माको ब्लग)

सेयर बजारमा NRN भित्राउन स्पष्ट निती नियम बन्नु पर्ने, सेयर बजारलाई देशभर रहेका सर्वसाधारणको पहुँचमा पुर्‍याउनु पर्ने , अनलाईन ट्रेडिङलाई जतीसक्दो चाँडो लागु गर्नुपर्ने , यसो भएमा सेयर बजारले चाँडैनै नयाँ रेकर्ड राख्नेछ। भन्ने हिजोको मेरो SHARE BAZAAR ग्रुपमा गरिएको पोष्टमा एक मित्रले कमेण्ट गर्दै लेख्नु भयो," यि सबै कुराहरु एकादेशको कथा जस्तै भैसके!" -रोहन शर्मा, FB



मेरो उत्तर ठिक बिपरित छ, "भैसकेको छैन, तर भबिश्यमा निश्चयनै यि कुराहरु एकादेशको कथा जस्तै हुनेछ!"

------------------------------

एक दशक अगाडी दैनिक औसत ५ करोडको कारोबार हुने, बजारमा बुलिस प्रबृती आउँदा १८/२० करोडको कारोबार हुँदा अचम्म मान्ने हामी अहिले दैनिक १ अर्बको कारोबारलाई सामान्य रुपमा लिन्छौं । ५ करोडको कारोबार अहिले एकादेशको कथा जस्तै भैसकेको छ ।

सिंहदरवार स्थित स्टक एक्स्चेन्ज परिसर बाहिर भेला भएर भिडमा तछाँड मछाड गर्दै ओपन क्राई सिस्टमबाट कारोबार गर्ने हामी अहिले पल पलको कारोबार मोबाईलबाट अवलोकन गर्दै फोनबाटै कारोबार गर्ने अवस्थामा पुगेका छौं।

त्यतिबेला स्टक एक्स्चेन्जको सानो झ्यालनै लगानिकर्ताको लागी बजारको गहिराई (MARKET DEPTH) को रुपमा रहेको थियो, जहाँबाट MARKET DEPTH हेर्न ताना ताननै हुन्थ्यो। ओपन क्राई अहिले एकादेशको कथा जस्तै भैसकेको छ।

अहिले राष्ट्रीय दैनिकहरुमा कारोबार भएका कम्पनीहरुको सुची पानानै भरिभराउ देखिने गरेकोमा त्यतिबेला पत्रीकाको कुनै कुनामा देखिने १०/१५ कम्पनीको सुची अहिले एकादेशको कथा जस्तै भैसकेको छ ।

ब्रोकरले मात्र हेर्न पाउने अझै भन्नै पर्दा ब्रोकरले आफुसँगै ठुला लगानिकर्ता र आफन्तलाई मात्र कारोबार कक्षमा राखेर देखाउने बजारको गहिराई (MARKET DEPTH) मा अहिले आम सर्वसाधारणको पहुँच पुगिसकेको छ। ब्रोकरको पेवाको रुपमा रहेको MARKET DEPTH अहिले एकादेशको कथा जस्तै भैसकेको छ ।

अधिकतम १.५ % र न्युनतम १% महँगो ब्रोकर कमिसन कमिसनमा कारोबार थालेका हामी अहिले अधिकतम ०.६% र न्युनतम ०.४% मा काम गर्दै रमाउँदा पुरानो ब्रोकर कमिसन एकादेशको कथा जस्तै भैसकेको छ।

अहिले बजारबाट भैतिक रुपमा रहेका सेयर प्रमाणपत्रको अन्त्य हुने क्रममा छ । बजारमा पुर्णरुपमा अभैतिक कारोबार हुने गरेको छ । यतिबेला कुनै जमानामा लेमिनेसन गरेर फ्रेमिङ गरी भित्तामा टाँगिएका सेयर प्रमाणपत्र एकादेशको कथाजस्तै भैसकेको छ।

आफुले किनेको सेयर अहिले चार दिनमै आफ्नो खातामा स्वामित्व परिवर्तन भएर आईसक्दा पहिले खरिद गरेको सेयर ६ महिनासम्म पनि प्रमाणपत्र हातमा नपर्ने हुँदा बुक क्लोज अगाडीसम्म लामो समय ब्रोकरको बाक्सामै BT(BLANK TRANSFER"आफुले सेयर खरिद गरिसकेता पनि सेयरको स्वामित्व नामसारी नभएसम्म बिक्रेताकै नाममा हुने अवस्था") मा राख्नु पर्ने बाध्यता अहिले एकादेशको कथा जस्तै भैसकेको छ।

प्राथमिक निश्काशनका सम्बन्धमा कुरा गर्ने हो भने कुनै समय म स्वयं बिहान ९ बजे देखी बेलुकी ६ बजे सम्म लाईन बसेर IPO भरेको घटना अहिलेसम्म ताजै छ । पर्ने नपर्ने सुनिश्चितता थिएन । बाँडफाँडको लागी ३ महिना बढी समय लाग्ने गर्दथ्यो । कुनै पनि कम्पनीको हकप्रद भर्न, बोनस लिन राजधानीनै आउनुपर्ने थियो । उपत्यका बाहिरका लगानिकर्ता हकप्रद भर्न र बोनस सेयर लिन राजधानी आउँदा आफुले पाएको प्रतिफल भन्दा बढी खर्च गरेर घाटा को ब्यापार गरी फर्कन्थे ।आफुले प्राप्त गर्ने हकप्रद र बोनसको लागी घण्टौ लाईन बस्नु पर्ने थियो।

सेयर बजारको जानकारी आम लगानिकर्ताको पहुँचमा पुर्‍याउनको लागी अहिले जस्तो मिडियाहरु थिएनन् । भएकाले पनि सेयर बुझ्ने थिएनन्, अलि अलि बुझेकाले पनि महत्व दिने थिएनन् ! अहिले कुनै फरक उदेश्यबाट सँचालित मिडिया पनि सेयर बजारको बारेमा लेखेनन् भने मिडियानै अधुरो/अपुरो हुन्छ । अहिले यि सबै कुराहरु एकादेशको कथा जस्तै भैसकेको छ।

धान रोपेपछी बाली भित्राउन ६ महिना लाग्छ । पैसा खर्च गरेर पनि चाहे जस्तो सामान पाउन निकै गाह्रो हुन्छ । किनेर घर ल्याएको खाध्यान्न पनि खानको लागी तयार पार्न समय लाग्छ। सेयर बजारमा चाहिं हामीलाई सबै कुरा छु मन्तर हुनु पर्ने ?

बिगत देखी अहिलेसम्मको अवस्थालाई मध्यानजर गर्दै धैर्य गरौं, क्रमिक रुपमा सेयर बजारमा हामीले सोच्दै नसोचेका कुराहरु एकदिन "एकादेशको कथा" जस्तै हुँदै जानेछन्।


Source: bizpati, 04 Aug, 2017

Friday, April 14, 2017

एक बर्षे अमेरिका अनुभव : जन्मभूमि त छाड्यौं, कर्मभूमिप्रति गनगन किन ?

म अमेरिका आएको लगभग एक बर्ष पुग्न लाग्यो, म अमेरिकाको बारेमा जानकार व्यक्ति होइन तर विभिन्न अनलाइन पोर्टलमा समय समयमा अमेरिका र अरु देशमा बसोबास गरेका नेपालीहरुले आफू बसोबास गरेको देशको नकारात्मक कुरा मात्र लेखेको देखेर केही पंक्ति कोर्ने दुस्साहस गरेको हुँ । बिश्वको एउटा अति गरिव देशबाट बिश्व कै सबैभन्दा बिकसित देशमा आउन पाउनुलाई मैले व्यक्तिगत रुपमा सुवर्ण मौका ठानेको छु । यहाँ आएर कसैलाई बेकारमा आइएछ जस्तो लाग्छ भने खुरुक्क नेपाल फर्किन सल्लाह दिन्छु । यदी कसैले इच्छा त थिएन । तर, बाध्यताले बसिएको छ भनेर भन्छ भने देश छाडेर परदेशमा बस्नु हाम्रो बाध्यता हो न कि अमेरिकी सरकारको, यसरी आफ्नो फाइदाको लागि अरुको देशमा बसेर निरर्थक गनगन गर्नु बुद्धिमानी होइन । यँहा बस्ने मान्छेहरुले भित्र भित्रै खुशी भएपनि आफुलाई इच्छा बिपरित बस्नु परेको जस्तो देखाउन अरुको अगाडी केहि कारणहरु दिने गर्छन्, जसलाई तल उल्लेख गरेको छु । सबैभन्दा पहिलो, अमेरिकामा दुख छ भन्ने भनाइलाई लिऔं । यदि कामलाई दुखको रुपमा लिने होभने यो संसारमा कतै पनि सुख छैन । हाम्रो देश नेपालमा श्रम गर्नेलाई अपमान र बाबुबाजेले कमाएर छाडेको सम्पत्तिमा मोज गर्ने कामचोरहरु र दिनभरी सडक नापेर हल्लिरहने हरुलाई सम्मान गर्ने अनौठो र उल्टो चलन छ । तर, अमेरिकामा त्यस्तो रहेन छ, श्रम गर्नेलाई सम्मान गरिंदो रहेछ, चाहे त्यो जस्तोसुकै काम गरोस् । अमेरिकामा एउटा श्रमजीविले काम गरेर आफ्नो जीवन यापन राम्रोसँग गर्न सक्छ । तर, नेपालमा दिनभरी घोटिँदा पनि पेटभरि खान नपुग्ने अवस्था छ ।

दोश्रो, फुर्सत नै हुँदैन र सामाजिक जीवन छैन भन्ने कुरामा । संसारमा कर्मयोगी मान्छेहरुलाई फुर्सत हुदैन नै, आफ्नो काममा व्यस्त रहेको मान्छेलाई अर्काको नानाथरि कुरा गर्ने न त फुर्सद हुन्छ न त त्यस्ता तल्लो स्तरको कुरामा कुनै रुचि नै हुन्छ । यो कुरा नेपालमै रहेका मान्छेहरुमा पनि लागु हुन्छ । तर, त्यो मान्छे कर्मयोगी हुनुपर्छ, फुर्सद भनेको काम नभएको मान्छेहरुसंग मात्र हुन्छ चाहे त्यो अमेरिका होस् वा नेपालमा । जहाँसम्म सामाजिक जीवनको कुरा छ, बरु यहाँ होला नेपालमा धनीहरुको मात्र सामाजिक जीवन छ । गरिबहरुलाई कसैले वास्ता गर्दैनन् । नेपालमा गरिबको कुनै इज्जत छैन र गरिबी एउटा अभिशाप हो । 

तेश्रो, सोचेको जस्तो भएन भन्ने कुरामा । एउटा मान्छेले के सोच्छ र सोचेको जस्तो पाउछ वा पाउदैन भन्ने कुरा त्यो सम्योग मात्र हो । साधारणतया कुनैपनि मान्छेले पाउने काम र उसले कमाउने धन भनेको उसको व्यक्तिगत योग्यता र क्षमतामा भर पर्छ । अमेरिकामा मात्र होइन कि संसारको जुनसुकै कुनामा पनि । कहिलेकही योग्य व्यक्तिले सानो पद र अयोग्य व्यक्तिले ठुलो पद पाउने भनेको अपवाद मात्र हो र यस्तो अमेरिकामा भन्दा नेपालमै बढी हुन्छ । अब कसैले आफ्नो क्षमता भन्दा ठुलो कुरा सोचेर बस्छ र उसले त्यो कुरा पाउदैन भने उसले अमेरिकालाई भन्दा आफ्नो बुद्धि लाइ गाली गर्नु लाभदायक हुन्छ । 

करिब एक बर्ष अगाडी नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले अमेरिकामा सबै नेपाली भाँडा माझ्दा रहेछन्, भनेका थिए । मलाई लाग्छ, उनले यो भाँडा माझ्नु भनेको सानोतिनो कामलाई भनेको हुन सक्छ । मेरो बिचारमा यदि कुनै मान्छेले इमान्दारीपूर्वक भाँडा नै माझ्छ भनेपनि त्यो आदर गर्न लायक कुरा हो । तर, पौडेलले सायद देखेनन् होला, अमेरिकामा नेपालमा जस्तो परालको मस्कोले खरानी चोप्दै भाडा माझ्नु पर्दैन । कि त मेसिनले माझ्छ कि त चौबिसै घण्टा धाराबाट आउने तातो पानीले साबुन लगाएर माझ्न सकिन्छ । कांग्रेस नेता पौडेललाई बिनम्रतापूर्वक मेरो एउटा प्रश्न छ, अमेरिकामा रहेका तपाईंको छोरा वा छोरीले भाँडा माझ्छन् कि माझ्दैनन् ? किनकि अमेरिकामा नेपालमा जस्तो सबैले जुठो पारेको भाडा एउटा मान्छेले माझ्ने चलन हुँदैन, प्रत्येक व्यक्तिले आफुले प्रयोग गरेको जुठो भाँडा आफैले माझ्ने चलन छ । घरेलु कामदार राख्न कानुनले प्रतिबन्ध लगाएको छ र यदी कसैको सहयोग लिउँ भन्यो भने पनि त्यो सम्भवत कुनै नेपालीले मुल्य तिर्न सक्दैन । 

यसको साथै प्राय सबै नेपाली हरुमा एउटा ठुलो भ्रम भनेको यहाका महिलाहरुले बाटो मै अँगालो हाल्छन् भन्ने छ । कसैले व्यक्त गरुन् कि नगरुन्, हुन त अंग्रेजी सिनेमामा नायिकाले नायकसँग गरेको प्रेमालाप देखेर मलाई पनि यस्तै हुन्छ कि भन्ने धारणा बनेको थियो । तर, सत्य कुरा के हो भने हामी नेपाली यो देशमा अहिले पनि नेपालमा जंगलमै जीवन बिताइरहेका राउटे जस्तै देखिन्छौं । अब अपवादको रुपमा कुनै अमेरिकी महिलाको नेपालीसँग प्रेम हुन् सक्ला तर यो घटनाले पूर्ण रुपमा प्रतितिधत्व गर्दैन । 

अत विभिन्न कारण र प्रक्रियाले अमेरिका आएका सज्जनहरुले आफुले काम गरेर जीवन चलाएको र आर्थिक रुपमा सबल भएको देशको बारेमा केवल नकारात्मक कुरा गरेर आफ्नो कर्म देशप्रति बेइमानी नगरौं, उसै पनि आफ्नो जन्मभूमि छोडेर हामीले आफ्नो देशप्रति त अन्याय गरिसकेका छौं । यद्यपी म व्यक्तिगत रुपमा यो कुरा स्वीकार गर्दिन । 'कुण्ड कुण्ड पानी र मुण्डमुण्ड बुद्धि' भनेको जस्तो झिंगालाई फोहर नै र मौरी लाई फूल नै मन पर्छ भनेको जस्तो म भने अमेरिकाबाट पूर्ण रुपमा सन्तुष्ट छु, यदी कुनै दिन कुनै पनि कारणले सन्तुष्ट हुन सकिन भने खुरुक्क नेपाल फर्किन्छु । यहाँ बेकारको गनगन गरेर बस्दिन । 

अन्तमा, जसलाई देसको माया लाग्छ उनीहरु आफ्नै देशमा बसुन् र जसलाई बिदेशमा गएर बस्ने इच्छा छ, त्यो मौका पनि पाएका छन् । उनीहरु बिदेश जान्छन । अरुको व्यक्तिगत जीवनमा यो गर्नु र यो नगर्नु भनेर उपदेश दिनु कुनै सभ्यता होइन र त्यस्तो कसैलाई अधिकार पनि छैन । मेरो भन्नु यति मात्र हो कि अनेकौ प्रयास र तिकडम गरेर पनि यहाँ आउन नसकेर पिल्सिएपछि 'अमिलो अंगुर' भने जस्तो बिरोध नगरौं । यसको मतलव अमेरिकामा बस्ने सबै महान र नेपालमा बस्ने सबै तल्लोस्तरका भन्ने अर्थ नलागोस् । 

प्रकाशित: चैत्र ३१, २०७३
कान्तिपुर

Source: kantipur

Wednesday, October 26, 2016

'आफ्नो वेबसाइटको ट्राफिकलाई 'क्यास'मा 'कन्भर्ट' गर्ने माध्यम हो डमरु' ।

सूचना प्रविधिको विकाससंगै इन्टरनेटको माध्यमबाट गरिने बिज्ञापन 'अनलाइन एड'को लोकप्रियता अहिले बढ्दो छ । नेपालमा पनि गुगलको 'गुगल एडसेन्स' कार्यक्रम लोकप्रिय छ । गुगल एडसेन्सलाई आफ्नो ब्लग वा वेबसाइटमा हालेर, आफ्नो पेजमा आउने 'भिजिटर'को आधारमा पैसा आउंछ । 'गुगल एडसेन्स' बाहेक नेपालमा अन्य 'एड नेटवर्किङ्ग' सेवा पनि छन् तर सबै बिदेशी नै हुन् ।



Source: bizpati

AddToAny