Showing posts with label Number. Show all posts
Showing posts with label Number. Show all posts

Friday, September 30, 2016

सञ्चालनमा रहेका १० लघुवित्तको कहिले आउँछ शेयर ? कुर्नुपर्ला ३ वर्ष !

काठमाडौं, असोज १४। तीन महिनाअघि एक नयाँ लघुवित्त कम्पनी सञ्चालनमा आएसँगै लघुवित्त कम्पनीहरुको संख्या ४२ पुगेको छ । यसमध्ये अझै पनि १० कम्पनीले सर्वसाधारणमा शेयर जारी गरिसकेका छैनन् ।

पहिले बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको २ वर्षमा सर्वसाधारणमा शेयर जारी गर्नुपर्ने नियम थियो । तर, राष्ट्र बैंकले केही वर्षअघि यो नियम परिमार्जन गर्दै यो अवधि ३ वर्ष तोकेको छ । कतिपय गैर सरकारी संस्थाको रुपमा काम गरिरहेका संस्थाहरु पनि लघुवित्तमा परिणत भएका छन् । यस्तो परिवर्तनको मितीकै आधारमा शेयर निष्कासनको अवधि यी संस्थाहरुले पनि प्राप्त गर्छन् । यसले पनि सञ्चालनमा आएका कतिपय संस्थाले शेयर निष्काशनको लागि पर्याप्त समय पाएका छन् ।




Source: aarthiknews

Monday, September 26, 2016

सेयर बजार घट्दैछ, नआत्तिनुहोस्, यो जोखिमको क्षेत्र हो, यसरी जोगाउनुहोस् लगानी !

नेपाल सेयर बजार दिनदिनै तल जाँदै गर्दा कतिपय लगानीकर्ताको ओठ तालु सुक्न थालेको छ । केही महिनाअघि सेयर बजार तीब्र रुपमा बढ्न थाल्दा बजारमा प्रबेश गरेका नयाँ र साना लगानीकर्ता बजार खस्दा बढी आत्तिने नै भए कतिपय ठूलो संख्यामा सेयर उठाएका, करोड करोड लगानी गरेका ब्यापारिक मानसिकताका लगानीकर्ताहरुमा पनि अभुतपूर्व संकटको अबस्था आए जस्तो भएकोछ ।


Source: arthatantra

AddToAny