Showing posts with label Separate. Show all posts
Showing posts with label Separate. Show all posts

Saturday, October 22, 2016

थाहा पाईराख्नुस्, कार्तिक ९ गतेदेखि ३० लाख कित्ता आईपीओ निष्काशन हुँदै ।

काठमाडौ । अरुण काबेली पावर लिमिटेडले कार्तिक ९ गतेदेखि ३० लाख कित्ता प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्दैछ । कम्पनीले सो मध्ये ९० हजार कित्ता कम्पनीको कर्मचारी र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ । १ सय रुपैंया प्रतिशेयर मूल्य रहेको कम्पनीको सेयरमा सर्वसाधारणले न्यूनत्तम ५० कित्तादेखि अधिकत्तम १५ हजाार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।



Source: arthatantra

Thursday, October 6, 2016

सर्वसाधरणको २९ प्रतिशत सेयर रहने गरी सरकारले खोल्यो जलविद्युत कम्पनी, मन्त्रिपरिषदबाट संरचना !

काठमाडौं। सरकारले जलासययुक्त परियोजना निर्माणका लागि छुट्टै कम्पनी स्थापना गरेको छ। सर्वसाधरणको २९ प्रतिशत सेयर रहने गरी स्थापना गर्न लागिएको विद्युत उत्पादन कम्पनी लिमिटेडको कम्पनी संरचना विहिवार मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो।



Source: bizmandu

AddToAny