Thursday, November 3, 2016

सेयर बजारमा सुधार, सिभिल बैंकले तान्यो लगानीकर्तालाई ।

काठमाडौ। तिहार र भारतीय राष्ट्रपतिको भ्रमणका कारण लगातार ६ दिनसम्म बन्द भएर सेयर साताको अन्तिम दिन खुलेको सेयर बजारमा सामान्य सुधार भएको छ । बिहिबार बजार परिसूचक नेप्से २.५० अंकले बढेर १७६२.२१ अंकमा पुगेको छ ।



Source: arthatantra

बिहीबार राष्ट्र बैंकबाट बोनस बितरणको स्वीकृति पाउने वित्तीय संस्था कुन् कुन् हुन् ?

नेपाल राष्टर बैंकले बिहीबार एक साथ २ बैंक तथा वित्तीय संस्थाको बोनस स्वीकृत गरेको छ । राष्ट्र बैंकले बिराटलक्ष्मी विकास बैंक (BLDBL) र विजय लघुवित्त (VLBS) को प्रस्तावित बोनस तथा लाभांसलाई स्वीकृति दिएको हो । दुवै संस्थाले अब साधारण सभाको मिति निर्धारण गरी राष्ट्र बैंकबाट स्वीकृत लाभांस प्रस्ताव पारित गराउने छन् ।



Source: merolagani

आउने भयो महुली लघुबित्तको आइपीओ, निष्काशनको अनुमति माग्दै पुग्यो धितोपत्र बोर्ड ।

महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर निष्काशनको अनुमतिका लागि धितोपत्र बोर्डमा आबेदन दिएको छ। महुली लघुवित्तले प्रति कित्ता १ सय रुपियाँका दरले १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।



Source: bizpati

तिहारपछिको सेयरबजारमा सामान्य सुधार, किन बढ्यो एनएमबि माइक्रोको सेयरमूल्य ?

तिहार पछिको पहिलो कारोबारमा सेयबजार सामान्य उकालो लागेको छ वाणिज्य बैंकसहित बैकिंग समूह उकालो लागेपछि बजार बढेको हो । बजार सकारात्मक बनेपनि कारोबार रकममा भने गिरावट आएको छ । यसदिन दुई कम्पनीका लगानीकर्ताले दश प्रतिशतका दरले कमाएका छन् भने सिभिल बैंकको मात्रै एघार करोड बढीको कारोबार भयो ।


Source: merolagani

पूँजीबजारमा ग्रिन सिग्नल, पैसा छापे दुई माइक्रो फाइनान्सले ।

काठमाण्डौ । तिहार सकिएलगत्तै पूँजीबजारले ग्रिन सिग्नल देखाएको छ । 

दशैं र तिहारको अवधिमा अधिकांश समय ओरालो लागेर लगानीकर्तालाई निराश बनाएको बजारले बिहीबार भने उकालो यात्रा तय गरेको हो । 

बिहीबार नेप्से परिसूचक २.५ अंकले बढेर १७६२.२१ अंकको उचाईमा पुगेको हो ।


Nepse Up
Source: bizshala

अरुण काबेलीको ३० लाख कित्ता आइपीओमा ४३ गुणा बढी आबेदन।

अरुण काबेली पावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको ३० करोड बराबरको ३० लाख कित्ता साधारण शेयरका लागि १२ अर्ब रुपैयाँ बराबरको आबेदन परेको छ।

२५ मेगावाटको बिद्युत आयोजन निर्माण गरिरहेको कम्पनीको साधारण शेयरमा झन्डै ४३ गुणा बढीले आबेदन परेको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ। सर्वसाधारणका लागि कात्तिक ९ देखि १२ गतेसम्मका लागि आबेदन खुला गरिएको थियो।


Source: bizpati

तयार हुनुहोस्, माइक्रोफाइनान्सले ल्याउँदैछ १२० प्रतिशत हकप्रद सेयर !

काठमाण्डौ। एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले मंसिर ६ गतेबाट हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले जारी गर्ने सेयर पुस १० गतेसम्म भर्न पाइन्छ। कम्पनीले १०० रुपैयाँ अंकित दरको सेयर हालको चुक्ता पुँजीको १२० प्रतिशत जारी गर्न लागेको हो। लगानीकर्ताले १० सेयर बराबर १२ सेयर भर्न पाउँछन्।



Source: arthatantra

AddToAny