Thursday, September 29, 2016

१७५३ विन्दुमा नेप्से, कारोबार सङ्ख्यामा कमी ।

असोज १३, काठमाडौं । साताको अन्तिम दिन नेप्सेमा केही सुधार देखिएको छ । बैङ्किङ, होटल र उत्पादन तथा प्रशोधन समूहको परिसूचक बढेपछि समग्र नेप्से परिसूचक बढ्नमा टेवा पुगेको हो । कारोबार र परिसूचक बढेपनि शेयर सङ्ख्या भने अघिल्लो दिनको तुलनामा यस दिन करीब १७ प्रतिशतले घटेको छ ।

यस दिन अधिकांश वाणिज्य बैङ्कहरुको मूल्य भने बढेको छ । न्यून विन्दु १ हजार ७ सय ४४ विन्दुमा झरेको बजार तीन घण्टाको व्यापारमा परिसूचक बढेर १ हजार ७ सय ५८ विन्दुमा पुगेको थियो । दिनभरिको काराबारमा परिसूचक ४ दशमलव २८ अङ्कले बढेर १ हजार ७ सय ५३ दशमलव ३८ विन्दुमा पुगेर बन्द भएको हो । नेप्सेमा कारोबार रकम रू. ८ करोड १२ लाख पुगेको छ भने कुल बजार पूँजीकरण रू. १९ खर्ब ४० अर्ब पुगेको छ ।


Source: nepalipaisa

अर्को म्युचुअल फण्ड पनि नाफामा, 'लक्ष्मी भ्यालू फण्ड-१' ले ३५ प्रतिशतले नाफा बढायो ।

काठमाण्डौ । लक्ष्मी क्यापिटल मार्केट लिमीटेडले प्रवद्र्धन गरेको ५ वर्षे बन्दमुखी म्युचुअल फण्ड 'लक्ष्मी भ्यालू फण्ड-१' को खूद सम्पत्ति मूल्य(नेट एसेट भ्यालू) बढेको छ । 

यो फण्डले बिहीबार प्रकाशित गरेको मासिक बित्तीय विवरण अनुसार नेट एसेट भ्यालू साउनमा १२ रुपैयाँ ९३ पैसा रहेकोमा भदौमा १३.६१ रुपैयाँ पुगेको छ । 

५० करोडको फण्डबाट सुरु भएको यो स्किमले ४२ करोड ३१ लाख सूचिकृत कम्पनीको सेयरमा तथा २७ लाख ८१ हजार रुपैयाँ सार्वजनिक निश्कासनहरुमा लगानी गरेको छ । ५० सूचिकृत कम्पनीका कुल ३ लाख १३ हजार ८ सय कित्ता सेयरमा यो म्युचुअल फण्डको लगानी छ ।

Laxmi Capital Market Limited
Source: bizshala

दुई माइक्रो फाइनान्सका लगानीकर्ता बन्ने भए मालामाल !

४ हजार बढी मूल्यको सेयर १ सय रुपैयाँमा पाउने !

काठमाण्डौ । पछिल्लो समय माइक्रो फाइनान्सको मूल्य निकै माथि उचालिएको छ । वाणिज्य बैंक र अन्य ठूला संस्थाको तुलनामा सानो पूँजी भएका माइक्रो फाइनान्सले कुस्त कमाएका छन् र यसकै कारण प्रति कित्ता सेयर मूल्य पनि उचालिएको छ । 

यही क्रममा दुई माइक्रो फाइनान्स कम्पनीलाई धितोपत्र बोर्डले क्रमशः ५० र १२० प्रतिशत हकप्रद सेयर निश्कासनको अनुमति दिएको छ ।


Source: bizshala

इन्स्योरेन्सको सेयर छ ? दिँदैछ ३० प्रतिशत वोनस सेयर !

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गत बर्षको नाफाबाट ३० प्रतिशत वोनस सेयर दिने प्रस्ताव गरेको छ । कम्पनीले प्रस्ताव गरेको लाभांस बिमा समितिबाट स्वीकृत हुन बाँकी छ ।

चुक्ता पुँजी १ अर्ब एक करोड रुपैयाँ भएको कम्पनीको वोनस सेयरपछि पुँजीमा ३० करोड रुपैयाँ थपिने छ । कम्पनीले गत आर्थिक बर्ष १६ करोड ९५ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।



Source: arthatantra

त्रिशुली गल्छी हाईड्रो बनाउन भन्दै सर्बसाधारणबाट ९० करोड असुलेर सेयर बजारमा लगानी,धितोपत्र बोर्डले लौ गरोस् स्रोतको खोजी

त्रिशुली गल्छी बिद्युत आयोजनाको सेयरमा लगानी गर्ने भन्दै सिद्धकाली पावर लिमिटेडले सर्बसाधारणबाट ९० करोड असुलेर सेयर बजारमा लगानी गरेको छ । गुरुप्रसाद न्यौपाने अध्यक्ष र उनका नातागोता संचालक रहेको सिद्धकाली पावर लिमिटेडले सर्बसाधारणबाट ९० करोड उठाएर आफ्नो नितान्त ब्यक्तिगत कम्पनीमार्फत दोस्रो बजारमा लगानी गरी रकमको दुरुपयोग गरेको स्रोतले मेरोलगानी डटकमलाई बताएको छ ।

Source: merolagani

कारोबारको अन्तिम दिन सेयर सूचक उक्लियो, रकम पनि बढ्यो !

काठमाण्डौं । साताको अन्तिम कारोबारको दिन सेयर बजारमा सुधार देखिएको छ । बजार ४.२८ अंकले बढेर १७५३ अंक पुगेकोछ भने बितेका दिनहरुको तुलनामा सेयर बढी कारोबार अर्थात् ८१ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।

आज सेयर बजारमा दिनभरीमा १४२ कम्पनीको सेयर किनबेच भएको छ । आज बैंकिङ, होटल र उत्पादनमूलक क्षेत्रले बजारलाई उकालेका हुन् । आज बाणिज्य बैंक समूह करिव १३ अंकले बढेको छ भने होटल ६ अंक र उत्पादनमूलक १८ अंकले बढेको छ ।



Source: arthatantra

Wednesday, September 28, 2016

के तपाई पनि डिभी भर्ने सोचमा हुनुहुन्छ ? खुल्यो है !

काठमाण्डौं । सन् २०१८ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (इडीभी) कार्यक्रमको लागि मंगलबारदेखि आवेदन खुल्ने भएको छ । नेपालमा स्थानीय समयअनुसार ९ः४५ बजेबाट आवेदन दर्ता सुरु हुने काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ ।

त्यस्तै, कार्तिक २२ मा नेपालमा स्थानीय समयअनुसार १०ः ४५ बजे बन्द हुनेछ । अमेरिकी दुतावासले आज एक विज्ञप्ति जारी गर्दै यस विषयमा जानकारी दिएको हो ।



Source: arthatantra

AddToAny