Monday, October 17, 2016

यसरी भयो आरएसडीसी लघुवित्तको साधारण शेयर बाँडफाँड (IPO नतिजा सहित)

आरएसडीसी लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण शेयर बाँडफाँड छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआइबिएल क्यापिटलले आइबार दिउँसो शेयर बांडफांड गरेको हो।

५० कित्ता देखि २५५० कित्ता शेयरका लागि आबेदन दिने आबेदकहरुले गोलाप्रथाबाट १० कित्ता शेयर पाएका छन् भने २५६० कित्ता देखि ४००० कित्तासम्मका लागि आबेदन दिनेहरुले भने समानुपातिक प्रणाली अनुसार ०.३५-०.३८८ प्रतिशतका दरले ११ देखि १४ कित्ता शेयर प्रात गरेका छन।



यस्तो छ बाँडफाँड मोडल
Source: bizpati

थाहा पाइराख्नुहोस्, नौ कम्पनीले ल्याउँदैछन् ९६ लाखभन्दा बढी कित्ता साधारण सेयर (आईपीओ) !

काठमाण्डौं । विभिन्न नौ कम्पनीले छिट्टै करिब ९६ करोड १४ लाख सात हजार रुपैयाँ बराबरको ९६ लाख १४ हजार सात सय ८९ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने योजना सार्वजनिक गरेका छन् । दसैंपछि लगानीकर्ताले यो मूल्य बराबरको सेयरमा लगानी गर्न पाउने भएका छन् ।




Source: arthatantra

Sunday, October 16, 2016

तयार रहनुहोस्, जारी हुँदैछ करिब १ करोड ४० लाख कित्ता सेयर !

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पु¥याउनका लागि तीन बैंकले करिब १ करोड ४० लाख कित्ता सेयर जारी गर्ने भएका छन् । नेपाल एसबिआई बैैंक, एभरेष्ट बैंक र एनमएमबी बैंकले पुँजी बढाउनका लागि एफपिओ सेयर जारी गर्ने भएका हुन् ।



Source: arthatantra

दसैँ पछिको सेयर बजार राताम्मे, १६ अंकको गिरावट, ६० करोडको कारोबार ।

काठमाडौं, ३० असोज । दसैंअघि हरियाली छाएर बन्द भएको सेयर बजार दसैंपछि खुलेको बजार भने राताम्मे भएको छ । दसैंपछि आइतबार लगत्तै खुलेको बजार १६ दशमलब १४ अंकले घटेर १८०३ अंकमा झरेको छ । सो दिन जम्मा १२२ कम्पनीको ७ लाख ६७ हजार कित्ता सेयर ६० करोड रुपैयाँमा किनबेच भएको छ ।



Source: bikashnews

दशैं बिदापछीको सेयर कारोबार आजबाट सुरु हुँदै, यस्तो छ बजार गुरुको सुझाव !

दशैं बिदा पछीको सेयर कारोबार आजबाट सुरु हुँदैछ । एउटा सामान्य सुझाव दिन चाहन्छु। दशैंमा दक्षिणा स्वरुप जम्मा भएको आफ्नो तथा बच्चाको पैसालाई सदुपायोग गर्नुहोस्, उक्त रकमबाट आफ्नो बच्चाको नाम थोरैनै किन नहोस् राम्रा कम्पनीको सेयर किनेर राखिदिनुस् । बच्चालाई बचत र लगानी भन्ने कुराको बारेमा अहिले सानैदेखी जानकारी दिनुहोस् । थोपाथोपाबाटै हो समुन्द्र बन्ने। अहिले हेर्दा यो सानो कुरा भएतापनि भबिश्यको लागी ठुलो उपलब्धी हुनेछ।



Source: arthasarokar

बिदापछि खुलेको सेयर बजार दशैंकै मुडमा, कारोबार र सूचक दुबै घटे !

काठमाण्डौं । दशैं बिदापछि आज पहिलो दिन खुलेको सेयर बजारका सबै सूचक ओरालो लागेका छन्। नौ दिन पछि खुलेको बजारमा सूचक र कारोबार रकम दुबै घट्न पुगेका छन् ।

आज आइतबार सेयर बजारमा ६० करोड रुपैयाँको मात्र कारोबार भएको हो । १२२ कम्पनीको सात लाख ६७ हजार कित्ता सेयर खरिद बिक्री भएको हो। त्यस्तै, नेप्से परिसूचक १६.१४ अंकले घटेर १८०३.७४ अंकमा आएको छ।


Source: arthatantra

दसैंपछिको पहिलो दिन नै बिक्रीको चाप थाम्न सकेन सेयर बजारले, कारोबार रकम अपेक्षाकृत कम ।

नेपाल स्टक एक्सचेन्जको सेयर बजार नेप्सेमा दसैंपछिको पहिलो दिन नै बिक्रीको चाप परेपछि सूचक १६ अंकले तल झरेको छ । कारोबार रकम भने अपेक्षा गरे अनुसार नै कम हुँदा ६० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । दसै अघिका दिनहरुमा लगानीकर्ताहरुमा तुलनात्मक रुपमा खरिद गर्ने प्रबृत्ति देखिएको थियो तर दसै मनाएर बजारमा फर्किएका लगानीकर्ताहरु सेयर बेचेरै बस्ने सोचमा देखिए ।


बजार भारी अंकले तल झर्दा पनि अधिक कमाउने सूचीमा रहेका कम्पनी यस्ता छन् ।
बजार ओरालो लाग्दा धेरै शेयर मूल्य घट्ने कम्पनीको सूची यस्तो छ ।
Source: merolagani

AddToAny