Tuesday, October 25, 2016

निरन्तर घट्दैछ सेयर बजार, हेर्नुहोस् किन, अब के गर्ने ?

काठमाण्डौँ । सेयर बजार आज मंगलबार पनि दोहोरो अंकले घटेको छ। आज तीन दिनमै सबैभन्दा बढी नेप्से परिसूचक १७.८९ अंकले घटेर १७५१ अंकमा झरेको हो । बजार घट्दै गएपछि कारोबार रकम समेत घट्न पुगेको छ ।


Source: arthatantra

तपाईंको आम्दानी ६ महिनामै हुनेछ तीनगुणा, फलो गर्नुहोस् यी टिप्स ।

काठमाण्डौ । हामी सबै जीवनमा अधिकांश समय आफ्नो आम्दानी बढाउने बिषयमा सोचिरहेका हुन्छौ । विजिनेश गरिरहनु भएको छ वा नोकरी, दुवैमा आम्दानी बढाउने सोंच तपाईंको पनि हुन्छ । हरेक उपाय वा विकल्प लगाएर तपाईं आम्दानी बढाउन खोजिरहनुभएकै हुन्छ । तर धेरै मानिसलाई आम्दानी बढाउने सही बाटो थाहा नै हुँदैन । के गर्ने, के नगर्ने भन्ने दिविधामा हुन्छन् उनीहरु । सही बाटो थाहा नहुँदा धेरैले आम्दानी बढाउने बिषयमा सफलता समेत प्राप्त गरिरहेका हुँदैनन् । तर केही विशेष टिप्सहरुलाई फलो गर्नुभयो भने तपाईंले सहजै आफ्नो आम्दानीलाई अनपेक्षित रुपमा बढाउन सक्नुहुन्छ ।



Source: bizshala

ग्लोबल आईएमई क्यापिटलले सुरु गर्यो लगानीकर्तालाई राहत दिने काम, सास्ती पाउने दिन अब गए ।

ग्लोबल आईएमई क्यापिटलले पहिलो पटक साधारण शेयर आबेदन गर्दा शेयर नपरेका लगानीकर्ताको पैसा उनीहरुको बैंक खातामा नै पठाउने काम सुरु गरेको छ । यस अघि सबै कम्पनीले साधारण शेयर निष्काशनका दौरान केही बैंकहरुको बैंक खातामा मात्र शेयर नपरेको पैसा रकमान्तर गर्दै आएकोमा क्यापिटलले कसैलाई पनि लाइन लागेर पूर्जा लिन धाउन नपर्ने तयारी गरेको हो ।



Source: merolagani

एनएमबी हाइब्रिड फण्ड एल वानको ईकाई बाँडफाँड हुँदै, कसले कति पाउला ?

एनएमबी हाइब्रिड फण्ड एल १ का ईकाईहरु मंगलबार साँझ बाँडफाँड हुँदैछ । एनएमबी क्यापिटल परिसरमा बुधबार साँझ सवा ५ बजे ईकाई बाँडफाँड हुँदैछ । ४ गुणा बढी आवेदन परेको ईकाईका सबै आवेदकले (आबेदन रद्ध भएका बाहेक) अनिवार्य रुपमा ईकाई पाउने छन् ।



Source: merolagani

Monday, October 24, 2016

सेयर किनिहाल्नुहोस्, २५ प्रतिशत हकप्रद भर्ने अवसर छुट्ला !

काठमाण्डौं । काष्ठमण्डप डेभलपमेन्ट बैंकले कात्तिक २६ गतेबाट हकप्रद सेयर जारी गर्ने भएको छ। बैंकको हकप्रद सेयर मंसिर ३० गतेसम्म भर्न पाइन्छ। बैंकको यो हकप्रद सेयर कात्तिक ९ गतेसम्म कायम सेयरधनीहरुले मात्र भर्न पाउँछन्।


Source: arthatantra

सिभिल बैंकको शेयर कारोबार मंगलबारदेखि खुल्दै, कति पुग्यो चुक्ता पूँजी ?

इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्स (ILFC) सँगको मर्जर पुरा गरी केही दिन अघिदेखि एकीकृत कारोबार सुरु गरेको सिभिल बैंक (CBL) को शेयर कारोबार मंगलबारदेखि खुल्ने भएको छ । बैंकका अनुसार नेपाल राष्ट्र बैंकबाट शेयर कारोबार फुकुवा गराउने पत्र प्राप्त भएको र नेप्सेमा पनि सोही व्यवहोरा पुगेका कारण मंगलबारदेखि शेयर कारोबार खुल्ने भएको हो ।




Source: merolagani

७१ रुपैयाँको सेयर मूल्य बढेर ३५० पुगेपछि सेयरधनीहरु मालामाल बन्दै !

काठमाण्डौं । नेपाल स्टक एक्सचेन्जले सिर्जना फाइनान्सको सेयर मूल्य प्रति कित्ता ७१ रुपैयाँबाट बढाई न्युनतम ११६ र अधिकतम ३५० रुपैयाँ पुर्याइ दिएपछि यसका सेयरधनीहरु मालामाल बन्ने भएका छन् ।



Source: aarthiknews

AddToAny