Saturday, November 19, 2016

विकास बैंकका सेयरधनीलाई खुसीको खबर,२० प्रतिशत बोनसपछि २१४ प्रतिशत हकप्रद !

काठमाडौ । कन्काई विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १३ लाख १५ हजार ७८९ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो ।


Source: arthatantra

सेयर बजारको निरन्तर ओरालो सम्झेर नआत्तिनुस्, यो साता थाहा हुन्छ !

काठमाण्डौं । सेयर बजार ऐतिहासिक उचाइबाट फर्किएको छ। १८८१ को उचाइबाट तल ओर्लिन थालेको सेयर बजारमा अहिले अलिकति ‘होल्ड’ भएर बस्ने प्रबृत्ति देखिएको छ।

आधारभुत र प्राविधिक हिसावले पनि बजार केही समय होल्ड भएर बस्ला जस्तो देखिन्छ। खासगरी तरलता, ब्याजदर र वाह्य कारणहरुले बजार झरेको हो। बजार लगातार झर्ने मात्र भन्ने हुँदैन। उच्च आजको दिनसम्म बजार करिव २२० अंकले ओर्लिएको छ। त्यसैले केही समय होल्ड हुन्छजस्तो लाग्छ।



Source: arthatantra

सेयर नपरेको पैसा पाँच वर्षसम्म फिर्ता नलिए कोषमा जाने, नगद लाभांश पनि ।

काठमाडौं : पब्लिक कम्पनीले वितरण गर्ने लाभांश पाँच वर्षसम्म पनि लिन नगएमा अबदेखि लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने भएको छ । 

कम्पनी रजिष्ट्रार कार्यालयले नेपाल स्टक एक्सचेन्जमार्फत सबै सूचीकृत कम्पनीलाई सर्कुलर पठाउँदै यस्तो जानकारी दिएको हो ।


Source: nepalipaisa

एभरेष्ट बैंक र नेशनल लाइफको गैरकानूनी धन्दाको नालीबेली ।

नियामक कमजोर बन्दा खुलेआम इन्साइडर ट्रेडिङ ।

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत कम्पनीहरुले लाभांश, हकप्रद वा अन्य कुनै सेयर निश्कासनको सूचना औपचारिक रुपमा बाहिरिनुअघि नै निश्चित व्यक्तिको मिलेमतोमा चुहाएर आफू मालामाल बन्ने धन्दा(इन्साइडर ट्रेडिङ) पछिल्लो समयमा बढ्दो क्रममा छ ।


Source: bizshala

के तपाईले यी कम्पनीको सेयर लिनुभयो ? किन्नुहोस्, फाइदै होला !


काठमाण्डौं । के तपाई थोरै सेयर किनेर धेरै लाभांश वा हकप्रद सेयरको किन्ने विचारमा हुनुहन्छ ? यदि यस्तो हो भने तपाईका लागि तीन लघुवित्तले यस्तो मौका दिँदैछन् ।



Source: arthatantra

मंसिर १० देखि १४.९ मेगावाट बिजुली सहित सर्वसाधारणलाई १५ करोडको सेयर दिंदै हेवाखोला हाइड्रो !

काठमाडौ । पाँचथर हाइड्रोपावर १४.९ मेगावाटको हेवाखोला, जुन उत्पादनको अन्तिम चरणमा रहेको छ । हाइड्रोपावरले मंसिर १० गतेबाट आफ्नो उत्पादन राष्ट्रिय प्रशारण लाईनमा जोड्ने गरि अन्तिम तयारी पुरा गरेको जनाएको छ ।



Source: arthatantra

यो साता ७६ प्रतिशतले सेयर कारोबार बढे पनि नेप्से बढन सकेन, बजार अझै घटने संकेत ।

काठमाडौंः यस साता सेयर बजार परिसुुचक ३९ अंकको गिरावट आए पनि कारोबार रकममा भने ७६ दशमलव ६२ प्रतिशतले बढेको छ । यो साता कुल पाँच अर्ब दुई करोड रुपियाँ कारोबार भएको छ । गते साता यस्तो रकम दुई अर्ब ८४ करोड रुपियाँ रहेको थियो ।


AddToAny