Friday, November 25, 2016

सेयर बजार घटेको बेला कुन बाणिज्य बैंकको सेयर किन्नु सबैभन्दा सुरक्षित ? ( २८ बैंकको तुलनासहित)

सेयर बजार घटेर आतंक मच्चिएको बेला हिम्मत गरेर सस्तो तर राम्रो कम्पनीको सेयरमा दीर्घकालीन लगानी गर्नेले नै भबिष्यमा राम्रो फाईदा लिनसक्ने छन् । घटेको बजारबाट फाईदा लिन चाहनेहरुलाई सघाउन मेरो लगानी डटकमले २८ बाणिज्य बैंकहरुको तुलनात्मक अबस्था प्रस्तुत गरेको छ । बजार घटाईको हल्लाबाट आतंकित हुन छाडेर अब वास्तविक अबस्थातिर फर्कनुहोस् ।



Source: merolagani

Wednesday, November 23, 2016

सेयर बजार खुम्चिनुमा संस्थागत लगानीकर्ता प्रमुख दोषीः पौड्याल ।

काठमाडौंः स्टक ब्रोकर एशोसियशनका पूर्वअध्यक्ष अञ्जनराज पौड्यालले संस्थागत लगानीकर्ता र म्युचुअल फण्डहरुले आर्थिक बर्षको सुरुमै नाफा सुरक्षित गरेर बस्ने प्रवृत्ति सेयर बजारमा भारी गिरावटको प्रमुख कारण भएको बताएका छन् ।


स्टक ब्रोकर एशोसियशनका पूर्वअध्यक्ष अञ्जनराज पौड्याल

पूँजीबजारमा फेरि किन गयो पहिरो ?

काठमाण्डौ । साताको पहिलो कारोबार दिन नै उच्च अंकले गिरावट भई पहिरोको सामना गरेको बजार सोमबार सुधारिए पनि मंगलबार पुनः पुरानै लयमा फर्किएको छ ।

आइतबार ५३ अंकले पहिरो गएको पूँजीबजार सोमबार एक अंकले सुधार भए पनि मंगलबार पुनः दोहोरो अंकले तल झरेको हो ।


bearish market
Source: bizshala

नेप्से ४२.४६ अंकले घट्दा एक अर्बभन्दा बढीको सेयर कारोबार, संकेत नराम्रो छैन ।

काठमाडौं : सेयर बजार ४२.४६ अंकले घट्दा एक अर्ब रूपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यो कारोबारले बजारमा प्रशस्तमात्रामा क्रेता रहेको अनुमान गर्न सकिन्छ । घट्दो बजारमा पनि मनग्ये लगानीकर्ता भेटिएकाले साना र नयाँ लगानीकर्ता अत्यन्तै आत्तिनुपर्ने देखिंदैन । यही बेला पुँजी बजार नियामक धितोपत्र बोर्डले पनि बजारमा कतै छिद्रहरू छन् कि भनेर नियमनलाई निकै प्रभावकारी बनाउन थालेको छ ।



Source: nepalipaisa

‘१०/१२ प्रतिशत बजार घट्दा आकाश पाताल नै खसेजस्तो गर्नु हुँदैन’ ।

धेरै मान्छेहरु के सोच्छन भने आज पैसा हाल्यो भने भोलि पैसा फलिहाल्छ । तर त्यो हैन किनकि यसको नाम नै पुँजी बजार हो पुँजी बनाउन त समय लाग्छ नि । तर निराश भइहाल्नु पर्ने स्थिति आएको छैन ।

इन्भेष्टर्स फोरम जुन रुपमा अगाडी बढ्नु पर्ने हो, त्यो अनुसार नभएको आरोप लाग्ने गरेको छ । यो फोरम व्यक्तिगत रुपमा अगाडी बढ्न मात्र प्रयोग भयो भन्ने पनि छन्, के भन्नु हुन्छ ?


डा. आत्मराम घिमिरे, अध्यक्ष, इन्भेष्टर्स फोरम
Source: aarthiknews

Tuesday, November 22, 2016

अस्थिर सेयर बजारको बीचमा लगानीकर्ताहरुले अब के गर्ने ?

अहिले बजार एकदम अस्थिर भएकाले केही समय पर्ख र हेरको अबस्थाम रहनु नै उचित देख्छु । जब बजार सम्हालिएर स्थिर हुन्छ, राम्रो, बलियो र भबिष्यमा धेरै प्रतिफल दिन सक्ने, धेरै मूल्य घटेर सस्तिएको सेयरहरुमा लगानी गर्नु बेश हुने ठान्दछु । अहिले हतारिएर राम्रो कम्पनीको सेयर बेच्नलाई भने बन्दै गर्नुपर्छ ।



Source: arthatantra

तपाई सेयरको लगानीकर्ता हो ? नआत्तिनुस् तपाईको भाग्य चम्कंदैछ !

नेपालको सेयर बजारमा ठूला खाले सुधार तथा परिवर्तन भएपछि गत बर्ष नेप्से परिसूचकले १८८८ को बिन्दु छोएर फर्किएपछि केहीलाई चिन्ता लाग्यो । उनीहरुले बजार धेरै बढ्यो भन्ने हल्ला फैलाउन थाले । त्यही पृष्ठभुमिमा अहिले जबरजस्ति सेयर बजारमा अफवाह फैलाउने, अस्थिरता ल्याउने, बजारलाई तीब्र उतार चढावको अबस्थामा लैजाने र अनेक बाधा ब्यवधानहरु सिर्जना गर्ने कोशिश गरियो । बजार बिस्तार तथा स्थायित्व प्राप्त भएको देख्न नचाहनेहरुले यस्तो परिणाम ल्याउन खोजे, जसबाट बजारमा भयंकर अन्योल सिर्जना होस् ।

Read more: तपाई सेयरको लगानीकर्ता हो ? नआत्तिनुस् तपाईको भाग्य चम्कंदैछ !

Source: arthatantra

AddToAny