Monday, October 17, 2016

थाहा पाइराख्नुहोस्, नौ कम्पनीले ल्याउँदैछन् ९६ लाखभन्दा बढी कित्ता साधारण सेयर (आईपीओ) !

काठमाण्डौं । विभिन्न नौ कम्पनीले छिट्टै करिब ९६ करोड १४ लाख सात हजार रुपैयाँ बराबरको ९६ लाख १४ हजार सात सय ८९ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने योजना सार्वजनिक गरेका छन् । दसैंपछि लगानीकर्ताले यो मूल्य बराबरको सेयरमा लगानी गर्न पाउने भएका छन् ।




Source: arthatantra

Sunday, October 16, 2016

तयार रहनुहोस्, जारी हुँदैछ करिब १ करोड ४० लाख कित्ता सेयर !

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पु¥याउनका लागि तीन बैंकले करिब १ करोड ४० लाख कित्ता सेयर जारी गर्ने भएका छन् । नेपाल एसबिआई बैैंक, एभरेष्ट बैंक र एनमएमबी बैंकले पुँजी बढाउनका लागि एफपिओ सेयर जारी गर्ने भएका हुन् ।



Source: arthatantra

दसैँ पछिको सेयर बजार राताम्मे, १६ अंकको गिरावट, ६० करोडको कारोबार ।

काठमाडौं, ३० असोज । दसैंअघि हरियाली छाएर बन्द भएको सेयर बजार दसैंपछि खुलेको बजार भने राताम्मे भएको छ । दसैंपछि आइतबार लगत्तै खुलेको बजार १६ दशमलब १४ अंकले घटेर १८०३ अंकमा झरेको छ । सो दिन जम्मा १२२ कम्पनीको ७ लाख ६७ हजार कित्ता सेयर ६० करोड रुपैयाँमा किनबेच भएको छ ।



Source: bikashnews

दशैं बिदापछीको सेयर कारोबार आजबाट सुरु हुँदै, यस्तो छ बजार गुरुको सुझाव !

दशैं बिदा पछीको सेयर कारोबार आजबाट सुरु हुँदैछ । एउटा सामान्य सुझाव दिन चाहन्छु। दशैंमा दक्षिणा स्वरुप जम्मा भएको आफ्नो तथा बच्चाको पैसालाई सदुपायोग गर्नुहोस्, उक्त रकमबाट आफ्नो बच्चाको नाम थोरैनै किन नहोस् राम्रा कम्पनीको सेयर किनेर राखिदिनुस् । बच्चालाई बचत र लगानी भन्ने कुराको बारेमा अहिले सानैदेखी जानकारी दिनुहोस् । थोपाथोपाबाटै हो समुन्द्र बन्ने। अहिले हेर्दा यो सानो कुरा भएतापनि भबिश्यको लागी ठुलो उपलब्धी हुनेछ।



Source: arthasarokar

बिदापछि खुलेको सेयर बजार दशैंकै मुडमा, कारोबार र सूचक दुबै घटे !

काठमाण्डौं । दशैं बिदापछि आज पहिलो दिन खुलेको सेयर बजारका सबै सूचक ओरालो लागेका छन्। नौ दिन पछि खुलेको बजारमा सूचक र कारोबार रकम दुबै घट्न पुगेका छन् ।

आज आइतबार सेयर बजारमा ६० करोड रुपैयाँको मात्र कारोबार भएको हो । १२२ कम्पनीको सात लाख ६७ हजार कित्ता सेयर खरिद बिक्री भएको हो। त्यस्तै, नेप्से परिसूचक १६.१४ अंकले घटेर १८०३.७४ अंकमा आएको छ।


Source: arthatantra

दसैंपछिको पहिलो दिन नै बिक्रीको चाप थाम्न सकेन सेयर बजारले, कारोबार रकम अपेक्षाकृत कम ।

नेपाल स्टक एक्सचेन्जको सेयर बजार नेप्सेमा दसैंपछिको पहिलो दिन नै बिक्रीको चाप परेपछि सूचक १६ अंकले तल झरेको छ । कारोबार रकम भने अपेक्षा गरे अनुसार नै कम हुँदा ६० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । दसै अघिका दिनहरुमा लगानीकर्ताहरुमा तुलनात्मक रुपमा खरिद गर्ने प्रबृत्ति देखिएको थियो तर दसै मनाएर बजारमा फर्किएका लगानीकर्ताहरु सेयर बेचेरै बस्ने सोचमा देखिए ।


बजार भारी अंकले तल झर्दा पनि अधिक कमाउने सूचीमा रहेका कम्पनी यस्ता छन् ।
बजार ओरालो लाग्दा धेरै शेयर मूल्य घट्ने कम्पनीको सूची यस्तो छ ।
Source: merolagani

भोलीबाट सिभिल बैंक र इन्टरनेशनल लिजिङ्ग एण्ड फाईनान्सको एकिकृत कारोवार, चुक्ता पुँजी ५ अर्ब पुग्दै ।

काठमाडौं, असोज ३० । सभिल बैंक (Civil bank/CBL) र इन्टरनेशनल लिजिङ्ग एण्ड फाईनान्स कम्पनी (ILFC)को कात्तिक १ गते (भोली)बाट संयुक्त कारोवार शुरु हुने भएको छ । मर्जर पछि बैंकको नाम सिभिल बैंक नै रहेको र बैंकको संचालक तथा उच्च व्यवस्थापनमा पनि कुनै परिर्वतन नभएको बैंकले जनाएको छ ।



Source: aarthiknews

AddToAny