Monday, November 28, 2016

कता हराए म्युचुअल फन्ड ? नेप्से निरन्तर झर्दा सेयर किनेर बजार सन्तुलित पार्नु पर्ने होइन ?

काठमाडौं : सेयर बजार अत्याश लाग्ने गरी तल झरिरहँदा बजार निर्माताको भूमिका निर्वाह गर्नुपर्ने म्युचुअल फन्ड कम्पनीहरू भने गुमनाम भएका छन् । 

सेयर बजार घट्दा बजारबाट उठाएर स्थायित्व दिंदैनन् भने यिनीहरूको अरु बेला त्यति धेरै महत्व नरहने यतिबेला आमलगानीकर्ताले गुनासो गरिरहेका छन् । 

हामीकहाँ अहिलेसम्म बजार निर्माता छैन । बजार निर्माता नभएकाले एक हिसाबले म्युचुअल फन्ड कम्पनीले नै बजार निर्माताको भूमिका निर्वाह गर्नुपर्ने अवस्था हो । तर अहिले म्युचुअल फन्ड कम्पनीले सेयर किनेका छैनन् ।



Source: nepalipaisa

अत्यन्तै ठूलो झट्का लगाएर ‘यु टर्न’ भयो बजार, अब के होला ?

काठमाडौं : अत्यन्तै ठूलो झट्कापछि सेयर बजार बाउन्स ब्याक भएको छ । 

धेरै लगानीकर्ताको मुटु झस्क्याउने गरी गिरावट आएको बजार कारोबारको मध्यान्तरतिरबाट एकाएक माथि लाग्न थालेको हो । सोमबार दुईपटकसम्म सर्किट ब्रेकर लागेर बजार रोकिएको थियो । 

सुरुमा तीन प्रतिशत घट्दा १५ मिनेट र त्यसपछि फेरि चार प्रतिशत गिर्दा आधा घन्टा कारोबार रोकिएको हो । दोस्रोपटक खुलेको बजार पाँच प्रतिशतले घट्नै लाग्दा एकाएक यु टर्न हुन सुरु गरेको हो ।


Source: nepalipaisa

Sunday, November 27, 2016

सेयर बजारमा डरलाग्दो खेल, क्रयासकै अबस्था ल्याउन योजनाबद्ध संगठित प्रयास भएको आभाष ।

सेयर बजारमा आईतबार कारोबार खुलेको ४७ मिनेटमा समग्र बजार तीन प्रतिशत अर्थात साढे ४६ अंकले घटेपछि सर्किट ब्रेक लाग्यो र १५ मिनेटका लागि सेयर कारोबार स्थगित भयो । त्यसपछि खुलेको बजार फेरि क्रमशःघट्दै गएर ५५ अंकसम्मले घट्यो र फेरि सुधारिएर आई १९ अंकसम्मले मात्र घट्यो र फेरि घट्ने क्रम बढ्दै गएर कारोबार बन्द हुने बेलामा साढे ६४ अंकसम्मले बजार गिरेर बन्द भयो । लगातार बजारमा डरलाग्दो अबस्था आउने र क्र्यासकै अबस्थामा पुर्याउने गंभीर खालको भित्री खेल रहेको आशंका बढेको छ ।


 Source: merolagani

६४ अंकले सूचक घट्दा पनि सेयर बजारमा पाँच कम्पनी चम्किए, हेर्नुहोस् ती कम्पनी !

काठमाण्डौं । बजार खुलेदेखि नै निरन्तर ओरालो लागेको नेप्से ६४.५५ अंकले झरेर १४६९.४८ विन्दुमा पुगेको छ । आइतबार नेप्से अघिल्लो करोबारको तुलनामा ४.२१ प्रतिशतले झरेको हो । कारोबारमा आएका सबै समूहमा उच्च गिरावट आएपछि बजार ओरालो लागेको हो । कारोबार खुलेको ४७ मिनेट पुग्दा नपुग्दै बजार तीन प्रतिशतले झरेपछि सर्किट ब्रेक लागेको थियो । त्यसपछि खुलेको बजार केही समालिन खोजेपछि अन्ततः पुनः ओरालो लागेको हो ।


Source: arthatantra

लगानीकर्ता घाटा खाँदै सेयर बेच्दै, धितोपत्र बोर्डका अधिकारी चलखेल गरी कुस्त कमाउँदै ।

विश्लेषक भन्छन्न -'नआत्तिनूू', बजार धेरै घट्दैन, लगानीकर्ता भन्छन्-'ठालूको एकाधिकार तोडिनुपर्यो' ।

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार बजारमा सर्किट ब्रेकर लाग्यो र १५ मिनेट बन्द भएर खुलेको बजार पुनः ६४.५५ अंकले घटेर बजार बन्द भयो । दैनिकजसो पूँजीबजारमा ठूलो पहिरो जान थालेपछि लगानीकर्ताहरुको मनोबल गिरेको छ भने त्रासका बीच आगामी दिनमा साधारण लगानीकर्ताले सेयरमा लगानी गर्ने अवस्था देखिदैन । आखिर बजारमा के भइरहेको छ यस्तो ? बियरिस बाटो समातेको पूँजीबजार थामिएला कि नथामिएला ? कि बजार अझै घटेर १ हजारको हाराहारीमा त पुुग्ने होइन ? कस–कसको कारण बजारमा यस्तो अवस्था आइरहेको छ ? आम लगानीकर्ताको मनमा अहिले यस्तै चासोहरु उब्जिरहेका छन् ।


market shock
Source: bizshala

सेयर बजारले बियरिस ट्रेन्ड समातेकै हो त ?

काठमाडौं : कारोबार रकममा तेजी जारी रहँदा सेयर बजार भने निरन्तर आरोलो लाग्न थालेको छ । 

आइतबारको बजारले बियरिस ट्रेन्डको स्पष्ट संकेत गरेको छ । बियरिस ट्रेन्डमा सेयर किनबेच गर्दा लगानीकर्ता विशेष सजग हुन आवश्यक छ । 

विगतमा विभिन्न प्राविधिक र आधारभूत विश्लेषकहरूले बजार १५ सय अंक आसपासबाट बाउन्स ब्याक हुनुपर्ने बताएका थिए । १४८० भन्दा पनि नेप्से तल गएमा बियरिस ट्रेन्ड हुने उनीहरूको भनाई थियो ।



Source: nepalipaisa

पूँजी बजारलाई क्र्यास गराउने गम्भीर खेल, धितोपत्र बोर्डकै भूमिका रहस्यमय !

बजार अझै तल झर्ने त्रास, १२३ कम्पनीका लगानीकर्तामा रुवाबासी ।

काठमाण्डौ । सुनियोजित रुपमा बजारमा त्रास फैलाएर बजार घटाउने खेलमा लागेका गिरोहहरुको प्रयासलाई नियन्त्रण गर्न नियमनकारी निकाय असफल बन्दा आम लगानीको अपेक्षा विपरीत आइतबार सेयर बजारमा एकैदिन ६४.५५ अंकले पहिरो गएको छ ।


Crash Market
Source: bizshala

AddToAny