Friday, October 14, 2016

लौ हेर्नुस, कहाँ खर्च हुन्छ बिदेशमा रगत पसिना बगाएर पठाएको पैसा ?

लाखौं नेपालीहरु अहिले बैदेशिक रोजगारीमा छन् । खाडीका मरुभुमिमा टन्टलापुर घाम होस वा मलेशियाका कारखाना र खेतबारी नै किन नहुन, नेपालीको रगत पसिना बगेकै छ । त्यसरी दुख गरेर नेपाल पठाएको अर्बौ रकम बराबरको रेमिट्यान्स अर्थात विप्रेषण कहाँ खर्च भईरहेको होला ? पढ्नुहोस् नेपाल राष्ट्र बैंकको अध्ययनबाट निस्किएको तथ्य बिबरणः



Source: merolagani

ओम र मनास्लु मर्ज हुने, पुँजी १ अर्ब ६८ करोड पुग्ने ।

ओम डेभलपमेन्ट बैंक (Om development bank)र मनास्लु विकास बैंक (Manaslu bikash bank) बीच मर्जरको लागि सैद्धान्तिक सहमति भएको छ । सैद्धान्तिक सहमति अनुसार मर्जरपछि बैंकको नाम ओम डेभलपमेन्ट बैंक नै रहने छ । मर्जरपछि बैंकको अध्यक्षमा ओमका अध्यक्ष सुशिल कुमार गोशली, प्रमुख कार्यकारी अधिकृतमा सोही बैंकका बिश्व मोहन अधिकारी र नायव प्रमुख कार्यकारी अधिकृतमा बुद्धि मल्ल रहने छन् । बैंकको सहायक महाप्रवन्धकमा मनास्लु विकासका निमित्त महाप्रवन्धक दुर्गा राम पुरी रहने छन् ।



Source: aarthiknews

सानिमा बैंकको १५ प्रतिशत बोनस पारित, वाग्मती डेभलपमेन्ट बैंकलाई खरिद गर्ने ।

काठमाडौं, २८ असोज । सानिमा बैंकको सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने निर्णय पारित भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि शून्य दशमलब ७९ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकको सञ्चालक समितिको उक्त प्रस्तावलाईआश्विन २८ गते बसेको बैंकको १२ औ बार्षिक साधारणसभाले पारित गरेको छ । बैंकका अध्यक्ष बिनय कुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त सभाले बोनस शेयर जारी पश्चात थप ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ ।



Source: bikashnews

सेती फाईनान्सको १५० प्रतिशत हकप्रदका लागि आयो सेयरधनी दर्ता किताब बन्दको सूचना तर नउचालिनुस् ।

कैलालीको टीकापुरमा मुख्य कार्यालय रहेको सेती फाईनान्स(SETI)ले हाल कायम एक सेयर बराबर नयाँ एक दशमलव ५ अर्थात १५० प्रतिशतको अनुपातमा हकप्रद सेयर जारी गर्न सेयरधनी दर्ता किताब बन्दको सूचना जारी गरेको छ । फाईनान्सले कार्तिक १० गते सेयरधनी दर्ता किताब बन्द हुने जनाएको छ । कार्तिक ९ गतेसम्म सेयर किनी आफ्नो. हक सुरक्षित गर्नेले सेतीको हकप्रद सेयर प्रति कित्ता १०० रुपैयाँमा किन्न पाउने छन् ।



Source: merolagani

के स्थिर नै बस्ला मितेरी बिकास बैंकको शेयर मुल्य ? (हेरौं कम्पनी विश्लेषण)

प्रधान कार्यालय धरान महेन्द्रपथ स्थित मितेरी विकास बैंक नेपाल राष्ट्र बैंकबाट बैंकिङ कारोबार गर्न ’ख’ वर्गको इजाजत पत्र प्राप्त क्षेत्रिय स्तरको विकास बैंक हो । पुर्वाञ्चल क्षेत्रको उद्योग व्यवसाय लगायत यस क्षेत्रका बासिन्दाहरुलाई विश्वसनीय सेवा प्रदान गर्दै आई रहेको यो बैंक यस भेगमा सफल बैंकको रुपमा आफुलाई उभ्याई सकेको छ ।



Source: aarthiknews

बदलिँदो परिस्थितिबाट सेयर बजारमा यसरी लाभ लिनुहोस् ।

सेयर बजार उचालिएर माथि पुगेको बेला नयाँ लगानीकर्ताको प्रबेश जोखिमपूर्ण हुन्छ । तर जब बजार हदैसम्म घटेर तल आएको हुन्छ यस्तो बेलामा नयाँ लगानीकर्ताहरु प्रबेश गर्नु सुरक्षित हुन्छ । अहिले पनि नयाँ लगानीकर्ताको लागि पुरै सुरक्षित त छैनन् तर सेयर मूल्य तल आएका, लाभांश दिनसक्ने खालका, मूल्य आम्दानी अनुपात २० भन्दा कम भएका, केही तोकिएका कम्पनीहरुको हकमा साना लगानीकर्ताको प्रबेश सुरक्षित छ । सामुहिक लगानी कोषको ईकाई दोस्रो बजारबाट किन्दा पनि सुरक्षित नै छ ।


Source: arthatantra

Thursday, October 13, 2016

पेन्टागनकाे जागिर छाडेर गुगल र फेसबुकलार्इ चुनाैति दिन हिडेका यी नेपाली ।

सानोछँदा अर्थशास्त्रमा पीएचडी उपाधि हासिल गर्ने सपना थियो–गोविन्द गिरीसँग । कम्प्युटर त उनले सपनामा पनि देखेका थिएनन् । भनिन्छ, समयभन्दा अगाडि केही हुँदैन । संखुवासभाको आँखी भुँइमा विसं २०२३ सालमा जन्मिएका गिरीको जीवनमा पनि यही लागू भयो । जो उनले सोचेकै थिएनन् ।



Source: nepalipatra

AddToAny