Tuesday, October 18, 2016

ब्याजदरको भूतले पूँजीबजारमा झट्का !

कारोबार रकम १३ करोड कम, तिहारपछि बजार बुम हुने विश्लेषकको दाबी ।

काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुले निक्षेप र कर्जातर्फको ब्याजदर बढाउन थालेपछि यसको प्रभाव पूँजीबजारमा पर्न थालेको देखिएको छ । 

ब्याजदरमा वृद्धि, दशैंको चहलपहलपछि बजारमा यथेष्ठ लगानीकर्ता अझै उपस्थित हुन नसक्नु र अधिकांश कम्पनीहरुले लाभांश घोषणा गरिसकेका कारण नाफा बुक गरेर सेयर बिक्री गर्ने चाप बढेपछि आइतबार र सोमबारको तुलनामा मंगलबार पूँजीबजार थप सुस्ताएको छ ।


Nepse down
Source: bizshala

Monday, October 17, 2016

What $1,000 Invested in Apple, Netflix and More 10 Years Ago Is Worth Today

If only we had access to a time travel machine.

Over the past 10 years, the stock market has experienced one of its most severe declines in history followed by a robust rally, which is still going on. During this time, some company stocks have thrived while others have struggled to stay afloat.







Source: Money

एकाएक किन रोकियो दुई दर्जन बढी कम्पनीको शेयर कारोबार ?

आफ्नो कम्पनीमा लगानी गरेका लगानीकर्तालाई पर्न सक्ने असुविधाका सम्बन्धमा सुचिकृत कम्पनीहरु कतिसम्म गैर जिम्मेवार हुन्छन् भन्ने कुरा सोमबारको घटनाक्रमले देखाएको छ । पटक पटक नेपाल स्टक एक्स्चेञ्जले सुचिकृत कम्पनीहरुलाई आर्थिक वर्षको पहिलो त्रैमासमा नविकरण शुल्क बुझाउन आग्रह गरे पनि २५ कम्पनीले त्यस्तो नगरे पछि सोमबार एकाएक ती कम्पनीको शेयर कारोबार स्थगित भएको छ ।



Source: merolagani

के तपाईसँग यी विकास बैंकको सेयर छ ? दिँदैछ ४८ प्रतिशत बोनस सेयर !

काठमाण्डौं । गत वर्षको खुद नाफाबाट दुई विकास बैंकले क्रमशः २३ र २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेका छन् । यसरी बोनस दिने दुई बैंकमा काष्ठमण्डप डेभलपमेन्ट बैंकले २३ प्रतिशत र कन्चन डेभलपमेन्ट बैंकले २५ प्रतिशत बोनसको प्रस्ताव अघि सारेका हुन् ।



Source: arthatantra

दोहोरो अंकले झर्यो बजार, कारोबार रकम ६३ करोडमा सीमित ।

काठमाडौं, कात्तिक १ । शेयर बजारमा आज पनि दोहोरो अंकको गिरावट आएको छ । बडा दसैंको पछि खुलेको शेयर कारोवारको पहिलो दिन १५ अंकले घटेको बजार दोस्रो दिन १०.३८ अंकले घटेर १७ सय ९३ दशमलव ३६ बिन्दुमा रोकिएको छ ।


Source: aarthiknews

गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई विकास बैंकले कति गरे बोनस प्रस्ताव ?

गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई प्रतिफल बितरणको प्रस्ताव गर्ने क्रममा २७ वटा विकास बैंकहरुले बोनस प्रस्ताव गरेका छन् । पूँजी वृद्धिको चटारोमा रहेका विकास बैंकहरुले लगानीकर्तालाई दिने प्रतिफलको प्रस्ताव न्युनतम पौने आठ प्रतिशतदेखि ३४ प्रतिशत रहेको छ ।


Source: merolagani

सामाजिक सञ्जालमा फेरि देखा परे 'रोहन शर्मा' !

काठमाडौँ - रोहन शर्मा । शेयर बजारमा सुनिरहिने एउटा नाम । एकासी सामाजिक सञ्जालबाट हराएका रोहन शर्मा आज २६ गते पुन: देखा परेका छन् । फेसबुकमा कडा स्ट्याटस राख्दै पुन: उनले डीएक्टीभेट गरेको फेसबुक अकाउन्ट खोलेका छन् ।

उनले लेखेका छन् :
नमस्ते म रोहन शर्मा!
सबैले बिजयादशमीको पूर्व शुभकामना दिन्छन्, तर म भने केहि फरक गरुँ भन्ने सोच भएको मान्छे अब अर्को बिजया दशामीको लागी आजै शुभकामना ! भएन त म फर्ष्ट ?



Source: arthasarokar

AddToAny