Wednesday, October 19, 2016

जनता बैंकले पनि निकाल्यो बुक क्लोजको सूचना, कहिलेसम्म सेयर किन्नले ५० प्रतिशत हकप्रद पाउँछन ?

माछापुच्छ्रे बैंकले गाभ्न अश्विकार गरेपछि चुक्ता पूँजी बृद्धिको चापमा परेको जनता बैंक(JBNL)ले पनि ५० प्रतिशत हकप्रद निश्काशनका लागि सेयरधनी दर्ता किताब बन्दको सूचना निकालेको छ । जनता बैंकको दुई कित्ता बराबर नयाँ एक कित्ता सेयर किन्न कात्र्तिक १० गतेसम्म सेयरधनी भईसक्नुपर्ने भएको छ किनभने उसले कात्र्तिक ११ गते सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । १० गतेपछि सेयर किन्नेले जनताको हकप्रद किन्न पाउने छैनन् ।



Source: merolagani

दशैंको ह्याङओभर र लगानीकर्ताको पर्खाईले बजारमा दिनहुँ पहिरो ।

अर्को साताबाट बजार सुध्रने विश्लेषकको प्रक्षेपण ।

काठमाण्डौ । पूँजीबजारमा दशैंको ह्याङओभर जारी नै रहँदा इण्डेक्स घट्ने क्रम जारी छ । मंगलबारको तुलनामा बुधबार कारोबार रकममा केही सुधार भए पनि इण्डेक्स चाहि घटेको छ ।


Bearish Market

Source: bizshala

अब गैरआवसीय नेपालीले पनि सेयर बजारमा लगानी गर्न पाउने, बन्यो समिति !

काठमाण्डौं । गैरआवासीय नेपाली (एनआरएन)ले पनि नेपालको सेयर बजारमा अब सिधै लगानी गर्न पाउने भएका छन् । गैरआवासीय नेपालीलाई नेपालको धितोपत्रको दोस्रो बजारमा सिधै लगानी गर्न पाउने गरी ब्यवस्था गर्ने कार्यबिधि बनाउननेपाल धितोपत्र बोर्डले समिति गठन गरेको छ ।


Source: arthatantra

ङादी पावरले १० बराबर ३ को अनुपातमा हकप्रद दिने ।

काठमाडौं, कात्तिक ३ । ङादी ग्रुप पावर लिमिटेड (Ngadi Group Power ltd) ले लगानीकर्तालाई १० बराबर ३ को अनुपातमा अर्थात ३० प्रतिशत हकप्रद शेयर दिने भएको छ । कम्पनीको कात्तिक २९ मा बस्ने तेस्रो साधारणसभाले आफ्ना लगानीकर्तालाई उक्त अनुपातमा हकप्रद र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने भएको छ ।



Source: aarthiknews

शुभ फल दिने यो प्लान्टबाट हुनेछ लाखौंको कमाई ।

काठमाण्डौ । विभिन्न प्लान्ट राखेर घरको सजावट गर्नेहरुको संख्या धेरै छ आजकाल । मानिसहरु केही वनस्पतिहरुलाई घरमा राखेमा भाग्यवृद्धि हुने समेत ठान्छन् । तर तपाईंलाई थाहा छ, घरमा बेम्बो प्लान्ट राख्दा यसको प्रभावबाट निकै धेरै फाइदा हुन्छ भन्ने कुरा । यहीकारण, बेम्बो प्लान्टको विजिनेश बेलैमा सुरु गर्नुहोस्, राम्रो कमाई हुन्छ । यदि तपाईंले घर छेउछाउका खालि जग्गा वा सानो खेतमा समेत यसको नर्सरी लगाएर कारोबार गर्नुभयो भने यसबाट तपाईले राम्रो आर्जन गर्न सक्नुहुन्छ ।


Bamboo plant
Source: bizshala

नेप्सेमा थपियो ४० लाख ९२ हजार कित्ता शेयर, कुन हुन बोनस र हकप्रद सेयर थप्ने कम्पनी ?

नेपाल स्टक एक्सचेञ्जमा बुधबार कारोबारका लागि ४० लाख ९२ हजार ४ सय ५३ कित्ता शेयर सुचिकृत भएका छन् । रिलायबल डेभलपमेण्ट बैंक (REDBL) को बोनस र सांग्रिला डेभलपमेण्ट बैंक (SADBL) को बोनस तथा हकप्रद शेयर सुचिकृत भएका हुन् ।



Source: merolagani

Tuesday, October 18, 2016

मंसिरदेखि देशभर ‘स्मार्ट कार्ड प्रणाली’ लागू हुने ।

काठमाण्डौ । यातायात व्यवस्था विभाग कार्यालयले आगामी मङ्सिरदेखि देशभर ‘स्मार्ट कार्ड प्रणाली’ लागू गर्ने भएको छ।
गत मङ्सिरदेखि परीक्षणका रुपमा बागमती अञ्चलमा मात्र सुरु भएको सो प्रणाली एक वर्षभित्र बाँकी १३ वटै अञ्चलमा विस्तार गर्न लागिएको विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए। एसियाली विकास बैङ्क (एडिबी)को आर्थिक सहयोगमा सुरु भएको सो प्रणालीलाई एक वर्षभित्र सबै अञ्चल कार्यालयमा विस्तार गर्ने समझदारी भएकाले गृहकार्य भइरहेको उनले बताए।


File Photo
Source: bizshala

AddToAny