Sunday, November 13, 2016

फर्वाड माइक्रोफाइनान्सको ६ लाख कित्ता शेयर आउँदै (कस्तो छ कम्पनी ?)

काठमाडौं, २८ कात्तिक । फवार्ड कम्युनिटी माइक्रोफाइनान्स कम्पनी (FORWARD MICROFINANCE COMPANY/FCM) ले ६ लाख कित्ता शेयर सार्वजनिक निष्काशन गर्ने भएको छ । राष्ट्र बैंकले तोकेको अनुपातमा सर्वसाधारणको शेयर स्वामित्व पुर्याउन कम्पनीले शेयर जारी गर्न लागेको हो । कम्पनीले शेयर जारी गरेपछि चुक्तापुँजी २० करोड रुपैयाँ पुग्ने छ । इक्रा नेपालले कम्पनीलाई ग्रेड फोर प्लस रेटिङ दिएको छ ।



Source: aarthiknews

वास्तविक क्षेत्रका कम्पनीले पुँजीको १० प्रतिशत मात्र सेयर निष्काशन गर्न पाउने, नयाँ नियमावलीमा सेयर बजारको ठगहरुलाई नियन्त्रणको प्रयास ।

काठमाडौं, २८ कात्तिक । नेपाल धितोपत्र बोर्डले पूँजी बजारको बिकास तथा बिस्तार गर्न, अन्तर्राष्ट्रिय वित्तीय संस्थाले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न तथा वास्तविक क्षेत्रका संगठित संस्थाहरुलाई पूँजीबजारमा सहभागी गराउनुका साथै साविकको नियमावलीमा देखिएका कमि कमजोरीहरुलाई सुधार गर्न धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ ल्याइएको छ ।



Source: bikashnews

सेयर बजार बढ्नु मात्र अवसर हैन घट्नु झन् ठुलो अवसर !

चाड पर्व अगाडी हरियाली छाउँदै बन्द हुने अनि चाड पर्व पछी लगातार केहि समय ओरालो लाग्ने बजारको प्रवृती यो पालीको मात्र हैन । बिगतका बर्षहरुमा पनि यस्तै थियो। फरक झट्काको मात्र हो। अर्थात् भुकम्पलाई मापन गरिने रेक्टर स्केल जस्तै यता पनि सानो तिनो भुकम्प गईनै रहन्छ। मात्र फरक रेक्टर स्केलको हो।



Source: bizpati

सेयर बजार अझै करेक्सन मोडमा, लगानीकर्ता र ब्रोकर नै तत्काल वढ्नेमा आशावादी छैनन् ।

काठमाडौं। गएको साउन १२ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सुचक अहिलेसम्मकै उच्च बिन्दु १८८१.४५ अंक पुग्यो।

सेयर बजारमा कालो धन प्रवेश भएको हुनसक्ने आशंकामा नियामक निकाय धितोपत्र वोर्डले त्यसको छानबिन गर्न समिति बनायो। यसले लगानीकर्ता डराए। बजार ओरालो लाग्न थाल्यो।



Source: bizmandu

सेयर बजारले गर्यो बन्दको विरोध, नेप्सेमा हरियाली, एभरेस्टमा किन झुमिए लगानीकर्ता ?

काठमाडौं : सेयर बजारले नेपाल बन्दको विरोध गरेको छ ।सामान्यतयः बन्द, हड्तालका बेला पुँजी बजारले रातो झन्डा देखाउने गरे पनि आइतबार बजारले बन्दलाई अटेरी गर्यो, फलस्वरुपः बजार नाप्ने नेप्से परिसूचक २.८३ अंकले बढेर हरियो भयो । 

नेप्से परिसूचक आइतबार ठ्याक्कै १७०० अंकमा अडिएको छ । बिहीबार १७०० को मनोवैज्ञानिक रेखाभन्दा तल ओर्लिएको नेप्से फेरि सोही रेखामा गएर अडिएपछि लगानीकर्ता केही उत्साहित भएका छन् ।



Source: nepalipaisa

Saturday, November 12, 2016

नेपाल ईन्भेष्टमेण्ट बैंकको २१ प्रतिशत नगद लाभांस कहिलेदेखि हुँदैछ वितरण ?

नेपाल ईन्भेष्टमेण्ट बैंक (NIB) ले गत वर्षको कमाईबाट वितरण प्रस्ताव गरी साधारण सभाबाट पारित गरेको २१ प्रतिशत नगद लाभांस कात्तिक २८ गतेदेखि बितरण गर्ने भएको छ । बैंकले शेयरधनी नम्बर, डिम्याट खाता नम्बरका आधारमा लाभांस वितरणको तालिका सार्वजनिक गरेको छ ।



Source: merolagani

चार दिनमा ५२ अंकले पछारियो सुचक, तीन अर्बको पनि कारोबार भएन, भोलीदेखि वढ्ला?

काठमाडौ। धितोपत्र बजारमा साताभर नेप्से परिसूचक घट्ने क्रम रोकिएन । नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर पुँजी बजार ५१ दशमलव ९५ अङ्कले ओरालो लागेर एक हजार ६९७ अङ्कमा आएर रोकिएको छ ।

कारोबारको हिसावले साताको अन्तिम दिन बिहीबार मात्रै बजार समान्य रुपमा वृद्धि भएको थियो । यो साताको बजार खुलेको पहिलो दिन सोमबार बजार दोहोरो अङ्कले ओर्लिएको थियो । सो दिन १३ दशमलव ०९ अङ्कले बजार घटेको थियो ।



Source: bizmandu

AddToAny