Friday, September 30, 2016

पैसा ठीक पार्नुहोेस्, दसैं अघि इन्स्योरेन्सले जारी गर्दैछ ३१ लाख कित्ता सेयर !

काठमाण्डौं । नेपाल लाइफ इन्स्योरेन्सले करिब ३१ लाख कित्ता नयाँ सेयर अर्थात एफपिओ निष्कासनका लागि अगाडि बढाइ धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीको १६औं बार्षिक साधारण सभाबाट पारित भए बमोजिम संस्थापक र सर्वसाधारण समुहको सेयर स्वामित्व ७०ः३० प्रतिशत कायम गर्न आवश्यक हुने ३० लाख ९६ हजार ४ सय २९ कित्ता थप साधारण सेयर निष्कासन गर्न बोर्डमा आवेदन गरेको हो ।

यसअघि एफपिओ निष्कासनको अन्तिम चरणमा पुगेको कम्पनीले आफु खुशी मूल्य निर्धारण गरेको भन्दै धितोपत्र बोर्डले एफपिओ निष्कासनमा रोक लगाएको थियो । त्यतिबेला नेपाल लाइफले एक सय रुपैयाँ अंकित सेयरमा २८ सय ५१ रुपैयाँ प्रिमियम थपेर २९ सय ५१ रुपैयाँमा एफपिओ जारी गर्न प्रस्ताव गरेको थियो ।



Source: arthatantra

दुई हाइड्रोपावरले जारी गर्दैछन् करिब साढे ६१ लाख कित्ता साधारण सेयर, किन्ने हैन त ?

काठमाण्डौं । दुई हाइड्रोपावर कम्पनीले करिब साढे ६१ लाख कित्ता साधारण सेयर निस्कासन गर्ने भएका छन् । यसका लागि उनीहरुले धितोपत्र बोर्डमा स्वीकृतिका लागि आवेदन दिइसकेका छन् । अब धितोपत्र बोर्डबाट आवेदन मिल्ने बित्तकै यी दुई कम्पनीको एफपिओ जारी हुनेछ ।

यसरी एफपिओ जारी गर्ने पाइपलाइनमा बसेका दुई हाइड्रो कम्पनीमा बुटवल पावर कम्पनी र अरुण भ्याली हाइड्रोपावर रहेका छन् । बुटबल पावर कम्पनी लिमिटेडले ३० लाख कित्ता फरदर पब्लिक अफरिङ (एफपिओं) जारी गर्दैछ । कम्पनीको गत असार २७ गते सम्पन्न साधारणसभाले ३० लाख कित्ता एफपिओ निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।



Source: arthatantra

समयमा किन सुचीकृत हुदैन शेयर ? ग्रीन डेभलपमेन्ट र खानी खोलाको के हुँदैछ ?

काठमाडौं, असोज ११ । सर्वसाधारणमा ९ लाख ३१ हजार कित्ता शेयर निष्कासन गरेको खानीखोला जलविद्युत् आयोजनाको साउन ११ मा बाँडफाँट भयो । शेयर बाँडफाँट नै ढिला गरेको कम्पनीले सुचीकरणमा पनि ढिलाई गरिरहेको छ । ६२ दिन भइसक्दा पनि शेयर सुचीकरण भएको छैन् ।

बजार अस्थिर बन्दै गएको यो समयमा केही दिन बजार लगातार बढ्ने केही दिन लगातार घट्ने देखिएको छ । हालसम्मकै उच्च बिन्दुमा बजार पुगेको यो समयमा कम्पनीले मुल्य पनि राम्रो पाउँने हुनसक्छ । तर शेयर सुचीकरण नहुँदा लगानीकर्ताले समयमै शेयर कारोबार गर्न पाएका छैनन् ।

ग्रीन डेभलपमेन्ट बैंकको शेयर पनि असार २९ गते नै शेयर बाँडफाँट भएको हो । बाँडफाँट भएको ७५ दिन बितिसकेको छ । तर यस कम्पनीको पनि शेयर सुचीकरण हुन सकेको छैन् । यसले गर्दा कम्पनीका लगानीकर्ताहरु कारोबार गर्नबाट बञ्चित हुन परेको छ ।



Source: aarthiknews

ग्लोबल आइएमईले रिलायवल डेभलपमेन्ट बैंक एक्वायर गर्ने, चुक्ता पुँजी यसै वर्ष आठ अर्व नाघ्ने ।

काठमाडौं। ग्लोबल आइएमई बैंकले रिलायवल डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने भएको छ। बैंक एक्वायर गर्ने विषयमा शुक्रवार सम्झौता भएको छ।

रिलायवल डेभलपमेन्ट बैंक एक्वायर गरेपछि ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी आठ अर्व रुपैयाँ पुग्नेछ। विकास बैंक एक्वायर गर्न लागेको जानकारी नेपाल राष्ट्र बैंक पठाउने र आइतवारदेखि नै रिलायवलको सेयर कारोवार रोकिनेछ।



Source: bizmandu

सिद्धार्थले तेस्रो म्युचुअल फन्ड स्किम ल्याउँदै, ‘सिद्धार्थ इक्विटी फन्ड नाममा’ बजारमा आउँदै ।

काठमाडौं : सिद्धार्थ इक्विटी फन्डले २८ करोड युनिट म्युचुअल फन्डका स्किम ल्याउने भएको छ ।

सिद्धार्थ म्युचुअल फन्डले ल्याउन लागेको यो तेस्रो योजना हो । सिद्धार्थले इक्विटी फन्ड योजना ल्याउन नियामक नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ ।

सिद्धार्थले धितोपत्र बोर्डमा दिएको निवदेन अनुसार दुई अर्ब ८० करोड रूपैयाँको २८ करोड युनिट ल्याउनेछ ।

पछिल्लो समय साम”हिक लगानी कोषमा सर्वसाधारणको आकर्षण बढ्दो छ । सिद्धार्थसहित पाइपलाइनमा एनआइबीएल प्रगति फन्ड र लक्ष्मी भ्यालू फन्ड पनि पाइपलाइनमा बसेका छन् ।



Source: nepalipaisa

Thursday, September 29, 2016

उद्योगपति बिनोद चौधरीको निधनको समाचार गलत ।

काठ्माण्डौ । सँसारका सबैभन्दा धनीहरुको नामा बर्षेनी सार्बजनिक गर्ने फोब्र्स पत्रिकामा नाम लेखाउन सफल नेपालका एकमात्र अरबपति उद्योगपति बिनोद चौधरीको निधन भएको भनी आएको समाचार गलत पुष्टी भएको छ । टेलिग्राफ डट् कम्ले प्रकाशित गरेको उक्त समाचार गलत भएको बिनोद चौधरीका स्वकीय सचिब संजयसिँह बस्नेतले बताउनुभएको छ ।



Source: suryakhabar

हिमालयन बैंकले हकप्रद ल्याउन पायो अनुमति, ७ः१ अनुपातमा हकप्रद आउँदै ।

काठमाडौं : हिमालयन बैंकले हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ ।

पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले हिमालयन बैंकलाई ७ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न बुधबार अनुमति दिएको हो । 

चुक्ता पुँजी वृद्धि गर्न हिमालयनले हकप्रदलाई पनि एउटा आधार बनाएको छ । यसबाहेक लगानीकर्ताले आकर्षक बोनस सेयर पनि पाउने अपेक्षा गरिरहेका छन् । 

हिमालयनले ६२ करोड २७ लाख ३५ हजार रूपैयाँको ६४ लाख २७ हजार तीन सय ५० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । 

यो बैंकको हकप्रदमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल लिमिटेडले गर्नेछ । असार मसान्तसम्मको रिपोर्ट अनुसार हिमालयनको चुक्ता पुँजी चार अर्ब ४९ करोड ९१ लाख ४५ हजार रूपैयाँ छ ।



Source: bizshala

AddToAny