Monday, October 3, 2016

प्रभु बैंकको सेयर कारोबार आजबाट खुल्यो, एक कित्ताको ३३६ रुपैयाँ !

काठमाण्डौं । १० महिना पछि प्रभु बैंकको नेप्सेमा सेयर कारोबार खुलेको छ । राष्ट्र बैंकले ग्राण्ड बैंकको सेयर कारोबार रोकेर प्रभुको मात्र खोल्न अनुमति दिएपछि नेप्सेले प्रभुको मात्र सेयर कारोबार खुलाएको हो ।

प्रभु बैंकको ग्राण्ड बैंकसँग मर्जमा जानु अघि कायम रहेको सेयरको मात्र आजदेखि नेप्सेमा कारोबार फुकुवा भएको हो । प्रभु बैंकले जारी गरेको २० प्रतिशत हकप्रद समायोजन पश्चात बैंकको प्रतिकित्ता सेयरमूल्य ३६३ रुपैयाँ तोकिएको नेप्सेले जनाएको छ । बैंकको मर्जरमा जानुअघि नेप्सेमा प्रतिकित्ता ४१५ रुपैयाँमा सेयर किनबेच भएको थियो ।



Source: arthatantra

The Waitress Who Turned $20K into $1M in the Stock Market

Today’s expert post is from independent trader Angela Zhou, who takes a balanced approach to the markets – simultaneously engaged while staying emotionally detached. Learning to trade changed her life. As she says, “Things happen for a reason! Learning to trade stocks is one of many good things that’s happened in my life.”

How I Got Interested in Trading Stocks

In July of 1998, I had just graduated from college with a business degree and was trying to decide what I wanted to do with my life. In the meantime, I worked as a waitress in a sushi restaurant to support myself.

The old Chinese traditions had taught me to work hard and save for a rainy day and I had managed to put an initial investment of $15,000 into a mutual fund. One day, I received my statement and was surprised to see a 12% return for the year; an $1,800 gain.


Source: sparkfin

सेयर बजार साढे १६ अंकले बढ्यो, रकम घट्यो, प्रभुको कारोबार फुकुवा, तीन कम्पनीको लाभांस घोषणा ।

काठमाडौं । बैंकिङ र बिमाले सेयर बजारलाई सोमबार पनि उचालेको छ । कारोबार रकम भने घटेको छ । बजार १६.६२ अंकले उक्लिएर १७८० अंक पुगेको छ ।

बजारमा दिनभरी १३६ कम्पनीका जम्मा ७९ करोड रुपैयाँको मात्र सेयर कारोबार भएको छ । यसमध्ये एनबी बैंकको मात्र १४ करोड १३ लाखको किनबेच भएको छ ।



Source: bizmandu

बैंकको २ करोड ५ सय २४ कित्ता सेयर किनेका सेयर धनीहरु डुब्ने खतरामा !

काठमाण्डौं । एक अर्कामा गाभिएर संयुक्त कारोबार सुरु गरेका दुई कम्पनी प्रभु र ग्राण्ड बैंकमा राष्ट्र बैंकले प्रभुको मात्रै सेयर कारोबार खुला गरेपछि ग्रान्ड बैंकको २ करोड ५ सय २४ कित्ता सेयर किनेका सेयरधनीहरु डुब्ने खतरामा पुगेकाछ ।

मर्जर पश्चात दुवैको सेयर प्रभुको नामबाट कारोबार हुनुपर्ने थियो। तर प्रभु बैंकले ग्रान्डको सेयर आफ्नोमा कन्भर्ट नगरेपछि यस्तो अवस्था सिर्जना भएको स्रोतले बताएकोछ । आफूमा ग्राण्डको सेयर कन्भर्ट नगरेका कारण अहिले राष्ट्र बैंकले प्रभुको मात्रै सेयर कारोबार खोलेको बताइएकोछ ।


Source: arthatantra

दसैंको मुखमा बजारमा हरियाली, लगानीकर्तामा उत्साह थपिदै ।

काठमाडौं : दसैंको मुखमा बजारमा हरियाली देखिएको छ । आइतबार दोहोरो अंकले हरियो भएको पुँजी बजार सोमबार पनि दोहोरो अंकले नै बढेको छ।

नेप्से परिसूचक सोमबार १६.६२ अंकले बढेर १७८०.४० विन्दुमा पुगेको छ । नेप्से हरियो भए पनि कारोबार भने उत्साह अझै देखिएको छैन । सोमबार पनि ७९ करोडको सेयर कारोबार भएको छ ।दसैंअघि बजार खुल्न अब मंगलबार , बुधबार र बिहीबार तीन दिन मात्र बाँकी भएकोले पनि नेप्सेले दसैंलाई हरियो स्वागत गर्ने संभावना छ ।



Source: nepalipaisa

नवप्रवेसी कम्पनीले तताए बजार,कारोबार घटेपनि नेप्सेमा उच्च सुधार ।

मर्जर तथा एक्विजिशनको प्रक्रिया पुरा गरेर र तोडेर भर्खरै सेयर बजारमा कारोबार खुलेका नवप्रवेसी कम्पनीहरुको सेयरको माग अत्याधिक बढ्दा सेयर बजारमा हरियाली छाएको छ । विशेषगरी मर्जर सकेर र भाँडेर सेयरबजारमा छिरेका तीन वाणिज्य बैंकमा लगानीकर्ताको आर्कषण उच्च देखिएको छ । यी कम्पनीहरुको सेयरको माग अत्याधिक बढ्दा सेयरमूल्य समेत दश प्रतिशतका दरले बढेको छ ।

Source: merolagani

कारोबारमा लामो समयको निलम्बन फुकुवा भएका कम्पनीले उचाले बजार ।

१६.६२ अंकले इण्डेक्स उक्लियो, प्रभू, बीओकेएल, ज्योति र कुमारीका सेयरधनी मालामाल ।

काठमाण्डौ । लामो समयसम्म मर्जर र एक्वीजिसनमा रहेका कारण सेयर कारोबार निलम्बनमा परेका कम्पनीहरुमा आकर्षण बढेसँगै सोमबार पूँजीबजार हराभरा भएको छ । 

लामो समयसम्म कारोबार निलम्बन भई हालसालैदेखि फुकुवा पाएका कम्पनीहरुमा लगानीकर्ता थुप्रिएका हुन् । 

लगानीकर्ताहरुको सेयरमा परेको खरीदको चापका कारण सोमबार सेयर बजार परिसूचक १६.६२ अंकले बढ्दै १७८०.४० को उचाईमा पुगेको छ ।


bull market
Source: bizshala

AddToAny