Sunday, October 2, 2016

हकप्रदको हल्ला चलाएर रिलायवलले अर्कै बाटो रोज्दा आक्रोशित भएका लगानीकर्ताले अब के गर्ने ?

ग्लोबल आईएमई बैंक(GBIME)ले यही शुक्रबार रिलायबल डेभलपमेन्ट बैंक(REDBL)लाई किन्ने सम्झौता भएको समाचार बाहिर आउनासाथ एकथरी लगानीकर्तामा आक्रोश पैदा भएको देखिएको छ । कतिपय लगानीकर्ताले त भावाबेशमा आएर रिलायवलको साधारणसभाबाट एक्विजिशन प्रस्ताबै फेल गराउनुपर्ने आब्हान समेत गरेका छन् ।


Source: merolagani


तपाईंले सेयर किनेको कम्पनीले बोनस लिस्टिङ गर्यो त ? यस्ता छन् सूचीकरण गर्ने कम्पनी ।

काठमाडौं : बोनस सेयर सूचीकरणले द्रुत गति लिन थालेको छ ।

विगत वर्षहरूको तुलनामा यसपटक बोनस सेयर सूचीकरण फटाफट भइरहेको देखिन्छ ।
आगामी दिनमा सूचीकरण झन् छिटो हुने विश्वास गरिएको छ । डिम्याट प्रणालीको कारोबारका कारण सेयर सूचीकरण (लिस्टिङ) थप छिटो हुने देखिएको हो ।

नेपाल धितोपत्र बोर्डका अनुसार चालु आर्थिक वर्षको साँढे २ महिनामा तीन अर्ब रूपैयाँभन्दा बढीको बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भइसकेका छन् । थप कम्पनीका बोनस सूचीकरण हुनेक्रम जारी छ ।


Source: nepalipaisa

सेयर नपरेको रकम आवेदकको खातामा पहिलोपटक ट्रान्सफर, चेक लिएर जम्मा गर्नुपर्ने झञ्झट हट्यो ।

काठमाण्डौ । ग्लोबल आइएमई क्यापिटल लिमीटेडमार्फत सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडको संस्थापक तथा सर्वसाधारण समूहको हकप्रद सेयर लिलाम बिक्रीको बाँडफाँटमा नपरेका शेयरबापतको रकम अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीको आईपीओ रिफन्डप्रडक्टमार्फत सोझै आवेदकको बैंक खातामा पहिलोपटक भुक्तानी गरिएको छ । 

अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा आबद्ध नरहेका बैंक तथा बित्तीय संस्था र बैंक खाता उपलब्ध नगराएका लगानीकर्ताका लागि ग्लोबल आइएमई क्यापिटलले असोज १४ गतेदेखि छुट्टै चेकबाट भुक्तानी गर्ने व्यवस्था मिलाएको हो ।


Nepal Clearing House
Source: bizshala

वाणिज्य बैंक र बिमामा लगानीकर्ताको थुप्रो ।

बीओकेएल, ज्योति र कुमारीले पैसा छापे, निर्धन उत्थानका सेयरधनी हिस्स ।

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार वाणिज्य बैंक र बिमामा लगानीकर्ता थुप्रिएका छन् । यी दुई समूहमा बढेको अचाक्ली आकर्षणले समग्र पूँजीबजार परिसूचक(नेप्से) दोहोरो अंकले उक्लिएको छ भने कारोबार रकम पनि बढेको छ । 

विश्लेषकहरुले बजारमा खरीदको चाप बढ्दै गएको आइतबारको बुलिस बजारले देखाएको दाबी गरेका छन् । उनीहरुले असोज मसान्तमा तिर्नुपर्ने ब्याज र दशैंतिहार खर्चको जोहो लगानीकर्ताले गरिसकेका कारण अब आउँदा दिनमा समेत बिक्रीको भन्दा खरीदकै चाप बढी हुने बताएका छन । विश्लेषकहरुका अनुसार पछिल्लो समय लगानीकर्ताले छानी छानी लगानी गरेका छन् र राम्रा तथा ठूला कम्पनीको सेयरमा ह्वात्तै आकर्षण बढेको छ ।


Market Up
Source: bizshala

सोह्र श्राद्धमा झरेको सेयर बजार नौंरथा लागेपछि उक्लियो, दोहोरो अंकको बृद्धि, तीन सुचक ओर्लिए ।

काठमाडौं । तीन वटा उपसुचक ओर्लिए पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) सुचकमा भने दोहोरो अंकको सुधार आएको छ । सोह्र श्राद्धभरी निरन्तर घटिरहेको बजार नौरथा लागेपछि साढे १० अंकले बढेको हो ।

बजारमा ८८ करोड ७० लाख रुपैयाँको किनबेच भएको छ । दिनभरीमा १३५ कम्पनीका सेयर किनबेच भएका छन् ।

खासगरी बिमा सुचक २३७ अंकले उक्लिएपछि बजार उकालो लागेको हो । बैंकिङ ५.२२, अन्य ६.३६ र फाइनान्स एक अंकभन्दा पनि निकै कमले बढेको छ ।

आइतबार होटल साढे आठ, जलविद्युत साढे १३ र विकास बैक एक अंकभन्दा कमले झरेको छ ।

Read more: सोह्र श्राद्धमा झरेको सेयर बजार नौंरथा लागेपछि उक्लियो, दोहोरो अंकको बृद्धि, तीन सुचक ओर्लिए ।


Source: bizmandu

सेयर कुन बेला किन्ने र कुन बेला बेच्ने अन्योलमा हुनुहुन्छ ? यसो गर्नुहोस् !

सेयर बजारमा सेयर किन्नु भन्दा बेच्नु गाह्रो कुरा हो । कुन बेला सिेयर किन्ने र कुन बेला बेच्ने भन्ने बारेमा अक्सर लगानीकर्ताहरुले भेऊ पाउँदैनन् जब सेयर बजार उकालो लागिरहेको हुन्छ र आफुले किनेका सेयरहरुले राम्रै मूल्य पाईरहेको हुन्छ । सही बेलामा सेयर बेच्नु धेरैका लागि गाह्रो कुरा हो ।

भाऊ माथि चढ्दै जाँदा हामीलाई लागिरहेको हुन्छ, यो अझै माथि चढ्छ र उच्चतम बिन्दुमा पुग्छ तर त्यो उच्चतम बिन्दु कुन हो, हामी ठम्याउन सक्दैनौ । गल्ति यहिनिर हुनपुग्छ किनभने कुनै बिन्दुमा पुगेर सेयरको मूल्य फेरि ओरालो लाग्छ । हामी दर्शक मात्र बनिरहन्छौ । मूल्य तल झरेपछि चुकचुकाउनु भन्दा अर्को विकल्प हुन्न ।

सेयर बजार सधै बढिरहदैन र सधै घटि रहने पनि हुन्न । एउटा बिन्दुमा पुगेर यो स्थिर बस्ने र ओरालो लाग्ने हुन्छ र फेरि तलको कुनै बिन्दुमा पुगेर माथि चढ्न थाल्छ । विभिन्न पक्षहरुले यसलाई असर पारेको हुन्छ ।



Source: arthatantra

बिमाले थोरै ततायो बजार, शिखरमा किन उर्लिए लगानीकर्ता ?

काठमाडौं : केही दिनयता अस्थिर बनेको सेयर बजारमा आइतबार भने केही उत्साह देखिएको छ ।

बजार नाप्ने नेप्से परिसूचक १०.४० अंकले बढेर १७६३.७८ अंकमा आइपुगेको छ । आइतबार बजारलाई बिमा समूहले लिड गरेको छ । बिमा सूचक २३७.०१ अंकले बढेर आठ हजार नौ सय ३८.४८ विन्दुमा पुगेको छ ।

विशेष गरी, शिखर इन्सुरेन्स कम्पनीको भाउ बेस्सरी माथि जाँदा यो समूहमा बढी रौनक देखिएको हो । 

शिखरले आकर्षक बोनस सेयर प्रस्ताव गर्ने आशमा लगानीकर्ता ओइरिएका हुन् । यसबाहेक यो कम्पनीले हकप्रद पनि दिन सक्ने आशा लगानीकर्ताको छ ।



Source: nepalipaisa

AddToAny