Saturday, December 3, 2016

सेयर बजारको वास्तविकता, फस्दै साना लगानीकर्ता ।

सेयर बजारमा झण्डै ३ दशक अघिबाट शुरु भएको नेपालको सेयर बजार अहिले पनि करिब करिब उस्तै अवस्थामा छ । यसलाई नेपाल धितोपत्र बोर्डलगायतका सरोकारवाला निकायले समयसापेक्ष परिवर्तन गर्न सकेका छैनन् । पछिल्लो समय सुधारको नाममा बोर्डले १÷२ वटा काम मात्र अघि बढाएको देखिन्छ । ४ वर्ष अघि दैनिक ५÷१० करोड रुपैयाँको कारोवार हुने नेपालको सेयर बजारको आकार बढेर अहिले १ अर्ब रुपैयाँभन्दा बढी हुन थालेको छ । तर, कारोवार रकम बढिरहँदा धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अझै पनि पुरानै प्रविधिमा अघि बढिरहेका छन् । नयाँ प्रविधि भित्र्याउने तयारीमा नियामक निकायले त्यति चासो लिएको देखिँदैन । तसर्थ नेपालको सेयर बजार अझै ५÷१० वर्ष पछिसम्म पनि यहि हालतमा चल्ने निश्चित छ ।


लगानीकर्ता दुर्गाप्रसाद काफ्ले
Source: bizkhabar

सम्हालिन लागेको सेयर बजारलाई अस्थिर राजनीतिले फेरि असर गर्ला ?

काठमाडौं : लामो झट्कापछि विस्तारै तंरिने तयारीमा रहेको सेयर बजार आइतबार कता जाला भन्ने निकै चासो देखिएको छ । 

१८८१ को उच्चतम विन्दुमा पुगेको बजार झन्डै पाँच सय अंकको गिरावटपछि आफ्नो लयमा फर्किने संकेत देखाएको छ । बजार सुधारको बाटोमा लाग्दै गर्दा यतिबेला फेरि राजनीतिले कोल्टे फेरेको छ ।




Source: nepalipaisa

के तपाई सेयरधनी हो ? नछुटाउनोस् १ बराबर १ अनुपातको हकप्रद सेयर !

काठमाडौ । एनबी इन्स्योरेन्स कम्पनीले शतप्रतिशत तथा एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । उक्त हकप्रद कम्पनीको शुक्रबार सम्पन्न १८ औं तथा १९ औं वार्षिक साधारण सभाले पारित गरेको छ । उक्त अनुपातमा शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूंजी ५४ करोड पुग्ने छ ।



Source: arthatantra

के तपाई वित्तीय संस्थाको बोनस सेयर किन्दै हुनुहुन्छ ? एक पटक यो पढ्नुहोस् ।

काठमाण्डौं । सेयर बजारमा दुई कम्पनीले आफ्नो सेयर मूल्य समायोजन गरेका छन् । लगानीकर्तालाई ५० प्रतिशत बोनस सेयर दिन लागेको सिर्जना फाइनान्स वित्तीय संस्था र किसान माइक्रो फाइनान्स वित्तीय संस्थाले ६१ प्रतिशत बोनसका लागि आफ्नो मूलय समायोजन गरेका छन् ।


Source: arthatantra

'बजार 'बियरिस' ट्रेन्डमा गएकै थिएन, प्रचारवाजी बढी गरियो', नवराज घिमिरेसँगको अन्तवार्ता


अर्थ सरोकार टेलिभिजन कार्यक्रमको आजको भागमा हामीले शेयर बजारका लगानीकर्ता एवम् विश्लेषक नवराज घिमिरेलेलाई प्रस्तुत गरेका छौं । हेरौं उनीसँग लिईएको खास अन्तर्वार्ता :


Source: arthasarokar

Friday, December 2, 2016

'१० कित्ता मात्रै किन नहोस्, शिखर इन्स्योरेन्सको शेयर किन्नुहोस्' !

शिखर ईन्स्योरेन्सले ६० प्रतिशत बोनसपछि फेरि १० प्रतिशत एफपीओ ल्याउने,प्रिमियम मूल्यमा रु १००/- थप गरि जारी गर्दा रु १०००/- को आयपासमा FPO आउने सम्भावना । हाल कायम रहेको ७०-३० को अनुपात FPO पश्चात ६०-४० कायम हुने । चालु आ व मा नाफा उल्लेखिय मात्रामा वढन गै ६०-७०% वोनस आउन सक्ने प्रवल सम्भावना छ । यति मजवुत कंम्पनीको आजको मूल्य रु ३७५०/- (प्रति कित्ता) महगो हो भन्ने अवस्थामा म पुगिन !


Source: arthasarokar

Thursday, December 1, 2016

खुल्यो नेपाल हाइड्रो डेभलपरको दुई लाख ६० हजार कित्ता आईपिओ !

काठमाडौं। नेपाल हाइड्रो डेभलपर लिमिटेडले दुई लाख ६० हजार कित्ता प्राथमिक सेयर निष्काशन गरेको छ । कम्पनीले दोलखाका आयोजना प्रभावितका लागि एक सय रुपैंया अंकित मूल्यमा दुई करोड ६० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गरेको छ ।




Source: bizmandu

AddToAny