Tuesday, September 27, 2016

तयार हुनुहोस् नेपाल बंगलादेश बैंकले ल्याउँदैछ, ८० प्रतिशत हकप्रद र ३२ प्रतिशत बोनस सेयर !

काठमाण्डौं । नेपाल बंगलादेश बैंकले आगामी कार्तिक ८ गते बाईसौ साधारणसभा गरी ३२ प्रतिशत बोनस र ८० प्रतिशत हकप्रदको प्रस्ताव पारित गर्ने भएको छ । बैंक संचालक समितिको बैठकले साधारण सभा र बोनस सेयर बितरण प्रयोजनका लागि असोज १९ गते सेयरधनी दर्ता किताब बन्द गरिने निर्णय सार्वजनिक गरेको छ । असोज १८ गतेसम्म सेयर किन्नेले मात्र बोनस सेयर पाउने र साधारणसभामा भाग लिनसक्ने छन् । साधारणसभाले ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्यो भने पनि अहिले सेयर किन्नेले अहिले नै हकप्रद पाउदैनन् । नेपाल धितोपत्र बोर्डले हकप्रद जारी गर्ने प्रस्ताव स्वीकृत गरेपछि मात्र अर्को सूचनाद्धारा सेयरधनी दर्ता किताब बन्द भएपछि मात्र त्यस बेला कायम हुनआउने सेयरधनीले मात्र हकप्रद दावी गर्न पाउने छन् ।



Source: arthatantra

आजबाट खुल्यो बिकास बैंकको सेयर कारोबार, तपाई पनि भर्ने हैन त ?

काठमाण्डौं । ज्योति बिकास बैंकको सेयर कारोबार मंगलबारदेखि खुलेको छ । नेपाल स्टक एक्सचेन्जमा जारी सूचना अनुसार झिमरुकसँगको मर्जर सफलतापुर्वक सकेपछि सेयर कारोबार खुलेको जनाईएको छ । ज्योति बैंकले मर्जर प्रक्रिया सकेर गत साउन २८ गतेदेखि संयुक्त कारोबार सुरु गरेको थियो । ज्योतिको मर्जरमा जानु अघि नेप्सेमा प्रति सेयर १६९ रुपैयाँमा कारोबार भईरहेको थियो तर अब कतिमा कारोबार सुरु होला यकिन भईसकेको छैन । ज्योति बिकास बैंकको चुक्ता पूँजी हाल ९२ करोड छ भने उसले गत आर्थिक बर्षमा १५ करोड खुद नाफा गरी प्रति सेयर आम्दानी १६ रुपैयाँ कायम गरेको थियो ।


Source: arthatantra

नेसनल माइक्रोफाइनान्सले बिहीबारदेखि दिंदैछ पैसा फिर्ता, यस्ता छन् खातामै पैसा जाने बैंक ।

काठमाडौं : नेसनल माइक्रोफाइनान्सले सेयर नपरेको पैसा बिहीबारदेखि फिर्ता दिने भएको छ । 

लगानीकर्ताले सेयर नपरेको पैसा सेयर भरेकै केन्द्रबाट फिर्ता पाउने बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल लिमिटेडले जानकारी दिएको छ । 

पैसा फिर्ता लिन जाँदा सेयर बाँडफाँट पत्र, दरखास्त फारमको अर्धकट्टी तथा नागरिकताको फोटोकपी पेस गर्नुपर्नेछ । 

आवेदक आफैं उपस्ति हुन नसकी अन्य व्यक्तिलाई भुक्तानी लिन पठाउने भएमा बाँडफाँट पत्र, नागरिकताको फोटोकपी तथा मन्जुरीनामा अनिवार्यरूपमा पेस गर्नुपर्नेछ ।



Source: nepalipaisa

३.३८ अंकले सेयर बजार घट्दा : कसले कमाए, कसले गुमाए ?

लामो समयपछि सोमबार उकालो लागेको सेयर बजार मंगलबार पुनः ओर्लिएको छ । नेप्से परिसूचक ३.३८ अंकले घटेर १७५३.७२ अंकमा कायम भएको छ । कारोबार भएका सबै समूहहरु घटेका छन् । सबैभन्दा धेरै उत्पादनमूलक समूह २७.८ प्रतिशतले घटेको छ भने बीमा समूह २३.२६ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स र अन्य क्रमशः १.९६, २.३, २.३९, २.५५, १.१८ र ४.०५ अंकले घटेका छन् ।



Source: bankingkhabar

नेप्से इण्डेक्स घटिरहने यी हुन् ८ कारण ।

दुई विश्लेषकको एउटै स्वर–‘ढुक्क हुनुहोस्, तिहारअघि ठूलो उतारचढाव हुन्न’

काठमाण्डौ । अघिल्लो साता प्रत्येक कारोबार दिन बजार ओरालो लाग्यो । यो साता आइतबार पहिरो गएको बजारमा सोमबार २६ अंकको यूटर्न भयो । सोमबार बजारमा देखिएको हराभरा एक दिन पनि टिकेन र मंगलबार फेरि बजार राताम्मे देखियो । एकैदिनको फरकमा बजारको यस्तो ट्रेण्ड किन देखिएको होला ? अघिल्लो दिन उछाल देखिएको बजारमा भोलिपल्टै फेरि किन निराशा छायो ? कतै यो प्रवृतिले बजारमा ठूलै दुर्घटना निम्तिने संकेत त गरिरहेको छैन ? अथवा, यो प्रवृतिको अर्थ के हुनसक्ला ? दशैंतिहारअघिसम्म बजार कहाँ पुग्ला ? अझै तल झर्ला कि माथि चढ्ला ? आम लगानीकर्ताका यिनै र यस्तै जिज्ञासाहरु मेट्न हामीले यसपटक दुई सेयर विश्लेषकलाई प्रस्तुत गरेका छौ ।



Source: bizshala

Monday, September 26, 2016

सेयर शिक्षा : सेयरबाट पैसा कमाउन जान्नैपर्ने १० कुरा ।

काठमाण्डौ । नेपाल र अन्य देशका सेयर बजारमा थुप्रै सफलताका कथाहरु छन् । सेयरमा लगानी गरेर करोडपति हुनेहरुका यस्ता कथा हाम्रा लागि प्रेरणाको स्रोत बन्न सक्छन् । तर, यो पनि उत्तिकै सत्य हो कि अधिकांश लगानीकर्ता र सेयर कारोबारी सेयरमा लगानी गर्दा डूबेका पनि छन् । उनीहरुको असफलतालाई पनि पूरै बेवास्ता गर्न मिल्दैन, कारण ती असफलताहरुबाट समेत हामीले धेरै कुरा सिक्न सक्छौ । सफलता र असफलताका विभिन्न कथाहरुबीचबाट हामीले यहाँ सेयरबाट पैसा कमाउने १० महत्वपूर्ण टिप्सहरु तयार गरेका छौ।

Read more: सेयर शिक्षा : सेयरबाट पैसा कमाउन जान्नैपर्ने १० कुरा ।

Source: arthatantra

सेयर बजार घट्दैछ, नआत्तिनुहोस्, यो जोखिमको क्षेत्र हो, यसरी जोगाउनुहोस् लगानी !

नेपाल सेयर बजार दिनदिनै तल जाँदै गर्दा कतिपय लगानीकर्ताको ओठ तालु सुक्न थालेको छ । केही महिनाअघि सेयर बजार तीब्र रुपमा बढ्न थाल्दा बजारमा प्रबेश गरेका नयाँ र साना लगानीकर्ता बजार खस्दा बढी आत्तिने नै भए कतिपय ठूलो संख्यामा सेयर उठाएका, करोड करोड लगानी गरेका ब्यापारिक मानसिकताका लगानीकर्ताहरुमा पनि अभुतपूर्व संकटको अबस्था आए जस्तो भएकोछ ।


Source: arthatantra

AddToAny