Tuesday, January 3, 2017

‘सनकी’ अर्बपतिहरू ।

पुस १६, २०७३- विश्वका धनाढ्यहरूको सूची जारी गर्ने अमेरिकी अखबार ‘फोब्र्स’ को ३० वर्ष इतिहासमा २ हजारभन्दा बढी अर्बपति सूचीकृत भइसकेका छन् । तिनीहरू सम्पत्तिका लागि धनी त छँदै छन्, केही भने आफ्नो पोजिसनलाई लामो समयसम्म कायमै राखेका छन् । तीमध्ये केही सहयोगी र मानव परोपकारमा खर्च गर्ने स्वभावका छन् भने केही त्यसको साटो आफ्नो धनलाई प्रदर्शनको सामग्रीसमेत बनाएका छन् । त्यस्तै केहीले आफ्नो ‘सनकी’ स्वभाव पनि देखाएका छन् । तीमध्ये धेरै त खर्च गर्ने मामिलामा निकै अगाडि पनि भेटिएका छन् । अजरबैजानमा जन्मेका अर्बपति गड (जसको कुल सम्पत्ति ३ अर्ब अमेरिकी डलर छ) ले आफ्नो विवाहमा १० लाख डलर खर्चे ।



Source: kantipur

'यसकारण बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनु हुँदैन !', ज्योति दाहालसँगको अन्तर्वार्ता ।

अर्थ सरोकारको ४४ औं भागमा हामीले अधिवक्ता ज्योति दाहाललाई प्रस्तुत गरेका छौँ । उनीसँग हामीले बैंकलाइ ब्रोकर लाइसेन्स दिने कुरा कुरा कति ठिक कति बेठिक बारे कुरा गरेका छौं । हेरौं उनीसँगको यो अन्तर्वार्ता :



Source: arthasarokar

म्युचुअल फन्ड कम्पनीले चाहेमा बजारको गति परिवर्तन गर्न सक्छन्, तर किन हुँदैछन् गुमनाम ।

काठमाडौं : मंसिरदेखि ओरालो लागेको सेयर बजार पुसको १३ गतदेखि बल्ल केही थामिएको अवस्था छ । हुनतः अझै पनि ढुक्क हुने अवस्था छैन तर बजारको स्वभावले केही आशा भने पक्कै जगाएको छ । मंसिर १ गते १६९९ विन्दुमा रहेको नेप्से सूचक १४०० मुनिसम्म झरेर अहिले फेरि १४८० अंक माथि आइपुगेको छ । यस अवधिमा धेरै लगानीकर्ताले विविध कारणले परलमूल्य भन्दा कममा सेयर बेचेर करोडौं रूपैयाँ घाटा व्यहोरेका होलान भने केहीले किनबेच गरेर सेयर कित्ता बढाएका हुन सक्छन् । लगानी गरेर सम्पत्ति बढाउन (वेल्थ माक्सिमाइजेस) को उद्देश्य राखेका लगानीकर्ताले घट्दो बजारमा सस्तोमा राम्रा कम्पनीको सेयर खरिद गरेर पक्कै पनि भविष्यको लागि मुनाफा र धनआर्जनको सुनिश्चितता गरेका होलान् । कारोबारीलाई भने यो समय निकै कठिन भएको हुनसक्छ । तैपनि टाठाबाठाले केही कमाएका पनि होलान् ।



Source: nepalipaisa

लौ आयो नेपाल लाईफको एफपिओ, कहाँबाट दिने आवेदन ?

काठमाडौं, पुस १९ । नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी (NLIC) ले ३० लाख ९६ हजार ४ सय २९ कित्ता फर्दर पब्लिक अफरिङ एफपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले यही पुस २७ गतेबाट एफपिओ निष्काशन गर्ने भएको हो ।
अंकित मूल्य १०० रुपैयाँमा १३२५ प्रिमियम थपेर कम्पनीले प्रतिकित्ता १४ सय २५ मा एफपिओ निष्काशन गर्न लागेको हो ।

कम्पनीको शेयरमा न्युनतम १० कित्ता (१४ हजारर २५० रुपैयाँ) देखि अधिकतम ३० हजार ९६० कित्ता (४ करोड ४१ लाख १८ हजार रुपैयाँ) सम्म आबेदन गर्न पाईने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।



Source: aarthiknews

Sunday, January 1, 2017

घाटा नखाने भए यसरी गर्नुस लगानी ।

ती धेरै लगानीकर्ता जस्ले सेयर बजारमा पैसा गुमाइराखेका छन ती हुन तपाईं र म जस्तै थुप्रै साना तथा नयाँ लगानीकर्ता जो लगानीकानिम्ति अनालाइन मिडिया र सामाजिक सन्जालमा लेखिएका पोस्टहरु हेरेर लगानी गर्ने गर्दछौ । सेयर बजारबाट पैसा कमाउनकानिम्ति सहि ज्ञान अनि अनुशासनको खाचो रहन्छ । तर हामीजस्ता साना तथा नयाँ लगानीकर्तामा न त सहि ज्ञान छ, न त अनुशासन नै ! त्यसैले त हामीहरुले पैसा गुमाइराखेका छौ । यहाँ म लगानीका त्यस्ता १० शुत्र बताउन गईराखेको छु, जुन शुत्रहरुलाई तपाईले आफ्नो लगानीमा अनुसरण गर्नुभयो भने अबदेखि तपाइले सेयरबजारमा कहिल्लै पैसा गुमाउन पर्नेवाला छैन ।



Source: arthasarokar.

Thursday, December 29, 2016

बुबाको पेन्सन सेयर बजारमा डुबेपछि निन्द्रा लाग्न छोड्यो ।

धेरै दिन भो गहिरो निद्रामा सुत्न नसकेको । ६ महिना देखिको नेप्सेको उतारचढाव चढाव नै मेरो निद्राको उतारचढाव प्रमुख कारण हो । गत बर्ष देखि पूँजी बजारमा प्रवेश गरेकी सिकारु लगानीकर्ता । विद्यार्थी जीवनबाट भर्खर सामान्य जागिर गरेकी । मेरो जागिरको सानो बचत, बुवा आमाले माया गरेर दिएको केही पैसा, दाजु र भिनाजुबाट प्राप्त रकम समेत खाई नखाई र लुकाई राखेको पैसाले गत वर्ष देखि शेयर बजारमा प्रवेश गरे । सायद म बजार प्रवेश गर्दा नेप्से १२०० को हाराहारी थियो ।

बोनस र हकप्रदको लोभले एसबीआईको एफपीओमा थामिनसक्नु आवेदन ।

काठमाण्डौ । प्रिमियम मूल्यमै एफपीओ खरीद गरे लगत्तै आकर्षक बोनस र हकप्रद समेत पाउने भएपछि नेपाल एसबीआई बैंकले खुलाएको एफपीओमा दोश्रो दिनमै मागभन्दा २२ गुणा बढी आवदेन परेको छ ।

यो बैंकले नेपाल राष्ट्रबैंकको नीति अनुसार आफ्नो कम्पनीमा संस्थापक र साधारण सेयरको सेयर स्वामित्व संरचना मिलाउन ६७ हजार ७ सय ६७.८७ कित्ता सेयरको अतिरिक्त निश्कासन पुस ११ गतेदेखि गरेको हो । प्रिमियमसहितको ९७१ रुपैयाँ प्रति कित्तामा खुलाइएको एफपीओमा थामिनसक्नुुको आवेदन परेको हो ।


nepal sbi bank ltd.
Source: bizshala

AddToAny