Saturday, November 12, 2016

चार दिनमा ५२ अंकले पछारियो सुचक, तीन अर्बको पनि कारोबार भएन, भोलीदेखि वढ्ला?

काठमाडौ। धितोपत्र बजारमा साताभर नेप्से परिसूचक घट्ने क्रम रोकिएन । नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर पुँजी बजार ५१ दशमलव ९५ अङ्कले ओरालो लागेर एक हजार ६९७ अङ्कमा आएर रोकिएको छ ।

कारोबारको हिसावले साताको अन्तिम दिन बिहीबार मात्रै बजार समान्य रुपमा वृद्धि भएको थियो । यो साताको बजार खुलेको पहिलो दिन सोमबार बजार दोहोरो अङ्कले ओर्लिएको थियो । सो दिन १३ दशमलव ०९ अङ्कले बजार घटेको थियो ।



Source: bizmandu

सगरमाथा फाइनान्सको हकप्रद स्वीकृत, भार्गवको शतप्रतिशत हकप्रद पाइपलाईनमा ।

सगरमाथा फाइनान्स लिमिटेडले हकप्रद निष्काशनका लागि धितोपत्र बोर्डबाट स्वीकृती पाएको छ। फाइनान्सले प्रति कित्ता १ सय रुपैयाँका दरले २९ करोड ५४ लाख रुपैयाँ बराबरको २९ लाख ५४ हजार ३ सय ८९ कित्ता हकप्रद निष्काशनको अनुमतिका लागि धितोपत्र बोर्डमा आबेदन दिएको थियो।



Source: bizpati

सेयरमा रातो झण्डा ६५ अंकको गीरावट, तैपनि कुन–कुन कम्पनीले कमाए हेर्नुहोस् !

काठमाडौ । गत साताको अन्त्यमा १७६२.२१ अंकमा रहेको सेयर बजार यो साता १६९७.१७ अंकमा झरेको छ । गत साताको तुलना गर्दा यो ६५.०४ अंकको गीरावट हो । आईतबार बिदाको दिन परेका कारण यो साता ४ दिनमात्र सेयर कारोबार भयो । बजारमा पहिलो ३ दिन दोहोरो अंकको गीरावट आयो । साताको कारोबार अन्तिम दिन ०.३१ अंकको सुधार भएर सेयर बजार बन्द भयो ।



Source: arthatantra

सेयर बजारले फेरि पनि बनायो दोधार ।

काठमाडौं : सेयर बजारले यो साता पनि लगानीकर्तालाई अन्योल नै बनाएको छ ।

दसैंपछि लगानीकर्ताले सेयर बजारको वास्तविक ट्रेन्ड पत्ता लगाउन सकेका छैनन् । बजार घट्ने वा बढ्ने भन्ने दुविधा अहिलेसम्म पनि जारी छ । 

यसअघि धेरैले तिहारपछि बजारको गति आँकलन गर्न सकिने बताएका थिए । तर तिहारपछि एक साताभन्दा लामो समयसम्म कारोबार भइसक्दा पनि बजार फेरि बुल प्रवृत्तिमा फर्किन्छ वा अब बियरिस प्रवृत्ति सुरु भयो भन्ने अनुमान गर्न मुष्किल रहेको विश्लेषकहरू बताउँछन् ।



Source: nepalipaisa

Friday, November 11, 2016

थाहा पाइराख्नुहोस् है, तीन लाख कित्ता साधारण सेयर जारी हुँदैछ !

काठमाण्डौं । लघुवित्त वित्तीय संस्थाले तीन लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । इटहरीमा केन्द्रिय कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्थाले एक सय रुपैयाँ अंकित दरका ३ करोड रुपैयाँ बराबरको तीन लाख कित्ता साधारण सेयर निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिएको हो ।


Source: arthatantra

ट्रम्पको जितपछि ओरालो लागेको विश्व सेयरबजार सुधारोन्मुख ।

कार्तिक २६, २०७३- अमेरिकाको ४५ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प बुधबार निर्वाचित भएलगत्तै ओरालो लागेको विश्वको सेयर बजार भोलिपल्टै सुधारोन्मुख देखिएको छ । एसिया र अमेरिकामा बिहीबार असाधारण रूपमा सेयर बजार माथि उक्लेको समाचार संस्था रोयटर्सले जनाएको छ । यसले युरोपेलीसहितका सेयर बजारमा सन्तोषजनक परिणाम ल्याएको छ ।



Source: ekantipur

आइपीओ स्वतन्त्र मूल्यमा बिक्री गर्न पाइने, एडीबी र आइएफसीलाई बन्ड जारी गर्न बाटो खुला ।

काठमाडौं : अबदेखि आइपीओ पनि स्वतन्त्र मूल्य (फ्रि प्राइसमा) निष्कासन गर्ने बाटो खुला भएको छ । 

अहिलेसम्म आइपीओ (साधारण सेयर) एक सय रूपैयाँ मूल्य तोकेर बिक्री खुला गर्ने गरिएकामा अबदेखि कम्पनीको नेटवर्थसहित समग्र वित्तीय अवस्थाका आधारमा फ्रि प्राइसिङ तोकेर निष्कासन गर्न पाइने भएको हो ।



Source: nepalipaisa

AddToAny