Friday, November 4, 2016

अब पनि सेयर कारोबारी भन्न हिचकिचाउने ? कहिले हुन्छ सेयर बजारमा व्यावसायकिता ?

काठमाडौं : पुँजी बजार अब अर्थतन्त्रको एउटा अभिन्न अंग बनिसकेको छ । 

सरकारका लागि राजस्व, कम्पनीहरूको लागि पुँजी संकलनको माध्यम अनि धेरैका लागि रोजगारीको माध्यम बनेको छ, यो बजार । केही वर्षअघिसम्म पनि निकै सानो आकारको हाम्रो पुँजी बजार अहिले निकै बृहत्तर र फराकिलो हुँदै गएको छ । तर अझै पनि सेयर कारोवारी र लगानीकर्ताले भने व्यावसायिक मान्यता र सामाजिक स्वीकार्यता पाउन सकेका छैनन् ।



Source: nepalipaisa

केही समय खर्चेर राम्रो कम्पनीको बारेमा बुझेर लगानी गरौँ ।

बजार अस्वाभाविक रूपमा घट्ने वा बढ्ने भन्ने हुदैन । बजार निरन्तर घटी रह्दा कतिपयले यसलाई सरकार परिवर्तनको दोष दिएका थिए भने कतिपयले अब बजार घट्छ भनेका थिए ।

लगानीकर्ताहरुमा पनि अब बजारले बियरिस ट्रेन्ड लिदै छ भन्ने मनोबैज्ञानिक असर परेको थियो । जसका कारण सोमबार बजारमा भारी गिरावट आयो ।



सेयरमा लगानी गर्दा जान्नैपर्नै ४८ मन्त्र ।

काठमाण्डौ । विलियम ओनिल्सको किताब ‘ट्वान्टी फोर एसेनसियल लेसन्स फर इन्भेष्टमेन्ट सक्सेस’मा स्टक मार्केटमा लगानी गर्न चाहने नयाँ लगानीकर्ताका लागि निकै धेरै उपयोगी टिप्सहरु दिइएको छ । यही किताबको अध्ययनपछि हामीले तपाईंलाई किताबको निश्कर्षको रुपमा ४८ वटा निकै उपयोगी सेयर लगानीका टिप्स तयार गरेका छौ । बिजशाला टिमको विचारमा यो किताबको मुख्य विशेषता भनेको हरेक प्रस्तुतीको सामान्यीकरण पनि हो । विलियमको यो किताब सर्वसाधारण लगानीकर्ताले समेत बुझ्ने हिसाबले तयार गरिएको छ र टिप्सहरुलाई समेत सोही अनुसार प्रस्तुत गरिएको छ ।



Source: bizshala

Thursday, November 3, 2016

आकाशियो सुनको भाउ, चाँदीको पनि बढ्यो !

काठमाण्डौं । आज बिहीवार स्थानीय बजारमा सुनको भाउ उकालो लागेको छ । आज सुनको भाउ ४ सय रुपैयाँले बढ्न पुगेकोछ । आज सुन तोलाको ५७ हजार ७ सय पुगेको हो ।


Source: arthatantra

के-के हेर्ने वित्तीय विवरणमा ? कसरी मुल्यांकन गर्ने कम्पनीको अवस्था ?

हाम्रो शेयर बजारमा बैंक तथा वित्तीय संस्थाको बाहुल्यता रहेको छ । बैंक तथा वित्तीय संस्था लगायतकाको पहिलो त्रैमाशको वित्तीय विवरणहरु धमाधम प्रकाशित पनि भइरहेका छन् ।

वित्तीय विवरण अध्ययन गर्न जानिएन भने संस्थाहरुको अवस्थाको राम्ररी जानकारी हुदैन् । बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण प्रस्तुती शैली एकै किसिमको हुने भएकोले एउटा कम्पनीको वित्तीय विवरण पढ्न सकेमा समग्र क्षेत्रको वित्तीय विवरण बुझ्न गाह्रो हुदैन् ।



Source: aarthiknews

सिनर्जी हाइड्रोले सर्वसाधारणमा २१ लाख कित्ता शेयर जारी गर्ने (कस्तो छ कम्पनी ?)

काठमाडौं, कात्तिक १८ । सिनर्जी पावरले सर्वसाधारणमा २१ लाख कित्ता शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले धितोपत्र बोर्डमा अनुमतीको लागि कात्तिक ७ गते नै आवेदन दर्ता गरेको छ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । कम्पनीले स्थानियलाई ७ लाख कित्ता शेयर जारी गरिसकेको छ ।



Source: aarthiknews

थोरै आशा जगाएको बजारलाई कसरी बुझ्ने ? आगामी साताबाट ट्रेन्ड अनुमान गर्न सजिलो हुने ।

काठमाडौं : तिहारपछि खुलेको सेयर बजारले लगानीकर्तालाई थोरै भए पनि आशा जगाउन सफल भएको छ । 

बजार नाप्ने नेप्से परिसूचक बिहीबार २.५० अंकले बढेर १७६२.२१ विन्दुमा गएर अडिएको छ । नेप्से हरियो हुँदा लगानीकर्ता आशावादी भए पनि भर परिहाल्ने अवस्था भने देखिएको छैन । 

बजारको वास्तविक ट्रेन्ड बुझ्न अझै एकदुई दिनको कारोबार हेर्नुपर्ने देखिएको छ । आइतबार छठ पर्व परेकाले अब बजार सोमबारमात्र खुल्नेछ । कारोबार रकम घट्दा बजारलाई चनाखो भएर हेर्नुपर्ने अवस्था आएको विश्लेषकहरू बताउँछन् ।



Source: nepalipaisa

AddToAny