Monday, September 26, 2016

नेप्सेमा यूटर्न, कारोबार रकम अर्बमाथि ।

बजार हराभरा, बित्तीय संस्थाको मात्रै ७८ करोड बढीको कारोबार

काठमाण्डौ । साताको पहिलो दिन पहिरो गएको पूँजीबजार सोमबार भने यूटर्न भई दोहोरो अंकको बढोत्तरीको रफ्तारमा कुदेको छ । 

अघिल्लो साता सबै कारोबार दिन र आइतबार समेत बजार परिसूचक ओरालो लागेको थियो । लगातारको ओरालो यात्रा सोमबार क्रमभंग भई दोहोरो अंकको वृद्धि हासिल गर्दै माथि कुदेको हो । सबै समूहको सूचक बढ्दा बजारमा हरियो रंगको उमङ्ग छाएको छ । 



Source: bizshala

शेयर बजारमा बिक्रीकर्ताको ओईरो ।

असोज ९, काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा उच्च अङ्कको कमी देखा परेको छ । बजारमा तरलता घट्न थालेपनि ऋण पत्र बट्टादर बढ्न थालेको, कम्पनीहरुको हकप्रद शेयर, आईपीओ निष्काशनमा अर्बौ रुपैयाँ थुप्रिएको, नजिकिँदै गरेको चाडपर्वको लागि शेयर विक्री गर्न थालेपछि त्यसको प्रभाव शेयर बजारमा पनि देखिएको हो । पहिलो कारोबारदेखि घटेको बजारमा सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक ओरालो लागेको हो । होटल समूह, विकास बैङ्क, जलविद्युत र बीमा समूहको परिसूचक उच्च अङ्क करीब ३ प्रतिशतले घटेको छ । आइतवार परिसूचक घटेपनि कारोबार भने केही सुधारिएको छ ।


Source: nepalipaisa

Sunday, September 25, 2016

नेसनल माइक्रोफाइनान्सको चिठा प्रणालीबाट सेयर बाँडफाँट गरिएको नतिजा ।

काठमाडौं : नेसनल माइक्रोफाइनान्सको साधारण सेयर बाँडफाँट गरिएको छ ।

यो सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम १९ कित्तासम्म सेयर परेको छ । चिठा प्रणालीबाट सेयर बाँडफाँट गरिएको हो । पाँच हजारदेखि ८० हजारसम्म लगानी गर्नेलाई चिठाबाट सेयर दिइएको हो ।

यो सेयरमा न्यूनतम पाँच हजारदेखि अधिकतम १० लाख रूपैयाँसम्म आवेदन दिन पाउने व्यवस्था थियो । अधिकतम १० लाख लगानी गर्नेले जम्मा १९ कित्ता सेयर पाएका छन् । 

यस आधारमा आइपीओमा अधिकतम आवेदन पर्न थालेकाले सेयर पार्न मुश्किल पर्न थालेको छ । 


Source: nepalipaisa

पुँजी वृद्धि गर्न नसकेका कमजोर पाँच बैंकहरु ।

हाल नेपालमा २८ वटा वाणिज्य बैंकहरु सञ्चालनमा छन् । नेपाल राष्ट्र बैंकले पुँजीवृद्धिको योजना ल्याएपछि बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक गाभिएर बैंक अफ काठमाण्डू लुम्बिनी बनेपछि बैंकको संख्या २८ मा झरेको हो ।

राष्ट्र बैंकको निर्देशनअनुसार यी वाणिज्य बैंकहरु आगामी असार मसान्तसम्ममा चुक्तापुँजी आठ अर्ब पुर्याउनुपर्ने हुन्छ । सरकारी स्वामित्वमा रहेका राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको पुँजी आठ अर्ब पुगिसकेको छ । नेपाल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक र ग्लोबल आईएमई बैंकको चुक्तापुँजी हाल ६ अर्बभन्दा माथि छ ।


Source: bankingkhabar

असोज १४ देखि साहारा विकास बैंकको १५० प्रतिशत हकप्रद ।

काठमाण्डौ । साहारा विकास बैंकले आफ्ना सेयरधनीलाई १५० प्रतिशत हकप्रद दिने घोषणा गरेको छ । 
आगामी असोज १४ गतेबाट यो बैंकका सेयरधनीले घोषित हकप्रदका लागि आवेदन दिन सक्ने बताइएको छ । 

आइतबार एक सूचना प्रकाशित गर्दै यो विकास बैंकले १४ गतेबाट सुरु भएको हकप्रदका लागि आवेदन भर्न पाउने समय कात्तिक १८ गतेसम्म रहनेछ । 

साहारा विकास बैंकले १ सय रुपैयाँ अंकित मूल्यको कुल ३ लाख ५४ हजार कित्ता हकप्रद निश्कासन गर्न लागेको हो ।


Source: bizshala

भाग्यले साथ दिएर अर्बपति बनेका उपेन्द्र महतो ।

उपेन्द्र महतो, पूर्व एनआएन अध्यक्ष उनी नेपालकै सबैभन्दा धनी मध्येका एक हुन् । जसोतसो एक हजार डलर जम्मा पारेर सुरु गरेको उनको व्यापारले अहिले आधा विश्व ढाक्ने क्रममा छ । परिवारका साथ रसियामा बस्दै आएका उनले रसिया र नेपालमा अथाहा सम्पत्ति लगानी गरेका छन् ।

सिराहा जिल्लाको एउटा सामान्य गाउँ कर्जनहामा पिता श्री रामआशिष महतो तथा माता स्वर्गीय श्रीमती फूलकुमारी महतोको सन्तानको रुपमा सन १९६०मा उनको जन्म भएको थियो । साधारण किसान परिवारमा जन्मेका उनले त्यहीँ विद्यालयस्तरको शिक्षा पूरा गरेका थिए ।

त्यसपछि ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसमा सिभिल इन्जिनियरिङ पढेका थिए । पास गरेपछि एक वर्ष सुनसरी मोरङ सिँचाइ आयोजनामा ओभरसियरको काम गरेका उपेन्द्रले काम गर्दागर्दै तत्कालीन सोभियत संघमा पढ्नका लागि छात्रवृत्ति पाएर रुस पुगेका थिए, जहाँ उनले जलविद्युत्मा एमई र पछि पिएचडी गरे ।



Source: arthatantra

आज आइतबार सेयर बजारमा ३६ अंकको गिरावट, सबै समूहले देखाए रातो रङ ।

काठमाडौं, ९ असोज । साताको पहिलो दिन सेयर बजारमा भारी अंकको गिरावट भएको छ । आइतबार नेप्से परिसूचक ३६ दशमलब २७ अंकले घटेर १७३० अंकमा झरेको छ । बजारमा एक अर्ब ५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १३७ कम्पनीको ११ लाख ५३ हजार कित्ता सेयर किनबेच भएको हो ।



Source: bikashnews

AddToAny